वीरगञ्ज – नेशनल मेडिकल कलेज वीरगञ्जमा कार्यरत चिकित्सक डा. नीलम साहले आफ्नै श्रीमानले आयोजना गरेको पत्रकार सम्मेलनमा अचानक पुगेर ताण्डव मच्चाएकी छिन्। उनले गरेको पत्रकार सम्मेलनको दुई दिन नबित्दै श्रीमान् डा. राजेश साहले पनि आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरेका छन्। उक्त कार्यक्रमस्थलमै पुगेर डा. नीलमले विभिन्न आरोप लगाउँदै श्रीमानकाे भनाइलाई खण्डन गर्दै उनीसँगै जीवनभरि बाँच्ने बताएकी हुन्।

कार्यक्रम सकेर जाने बेलामा डा. राजेश साहलाई आफ्नो पछ्यौरामा केही बेर बाँधी उनलाई जबर्जस्ती नियन्त्रणमा लिएकी थिइन्। डा. नीलमले भनिन्, ‘म तपाईंको शरीरको सर्ट हो ? जुन बेला मन लाग्यो लगायो, जुन बेला मन लाग्यो फुकालेर फाल्यो।’

पत्रकार सम्मेलनमा कडा र आक्रोशित रूपमा प्रस्तुत भएकी डा. नीलमले हर हालतमा डा. राजेशकै पत्नी भएर जीवनभरि बाँच्न चाहेको खुलासा गरिन्। ‘तपाईं भन्नुहुन्छ, म सँगै बस्दिनँ, तर म तपाईंसंगै बस्छु, तपाईंकै टाउकोमा चढेर बस्छु,’ घरपरिवारबाट माया नपाएको चर्चा गर्दै उनले भनिन्,‘तपाईं कोकोसँग के गरी टाढा बस्नुहुन्छ, सबै मलाई थाहा छ।’

यता, पत्रकार सम्मेलनमा डा. राजेशले कुनै पनि हालतमा पत्नी डा. नीलम साहलाई स्वीकार्न नसक्ने बताए। डा. नीलमका कारण आफ्नो चरित्रहत्या भएको र घरपरिवारको इज्जतसमेत खराब भएकाले अब उनीसँग बस्न नसक्ने भनाइ डा. राजेशको थियो। उनले चीनमा दुवै जना डाक्टरी पढिरहेको अवस्थामै डा. नीलम अर्कै केटासँग जान खोजेको खुलासा पनि गरे। उनले डा. नीलमलाई घरेलु हिंसा नगरेको दाबी गर्दै भने, ‘म सधैँ वीरगञ्जबाहिर नै बस्थेँ, कसरी र कुन अवस्थामा डा. निलमलाई मैले घरेलु हिंसा गरेँ।’

‘डा. नीलमले मिडियामार्फत पति तथा ससुरालाई स्वागत गर्न चाहेकी छु भनेर भनेकी छिन्,’ डा राजेशले भने, ‘मिडियाले के गर्छ ? श्रीमान्लाई खोजेर ल्याउँछ, उनले के बाँकी राखेकी छिन् र ? सबै सखाप पारेकी छिन्।’ डा. नीलमलाई २ करोडको धम्की र सांघातिक हमला गराउने प्रयाससमेत नगरेको उनको दाबी थियो।

डाक्टर दम्पतीको सम्बन्धविच्छेद र अंशको मुद्दा अहिले पर्सा जिल्ला अदालतमा विचारधीन अवस्थामा छ। वीरगञ्ज– ८, मास्थानका डा. राजेशसँग बारा मटिअर्वाकी डा. नीलमको ७ वर्षपहिले मागी विवाह भएको थियो। चिकित्सा शास्त्रको पढाइका क्रममा दुवैको पारिवारिक सम्धन्ध चिसिँदै गएको थियो। हाल विगत ६ महिनादेखि दुवैबीच पतिकै घरमा बस्ने विषयमा विवाद शुरू भएको छ। डा. नीलमले संरक्षनात्मक आदेशका लागि अदालतमा दिएको मुद्दामा अदालतले वैशाख १६ गते बस्न र खान दिने गरी संरक्षनात्मक आदेश दिएपछि पतिकै घरमा डा. नीलम बस्दै आएकी छिन्। जेठ २६ गते ससुरा पक्षले घरको ताल्चा तोडेर डा. नीलमसँग दुव्र्यवहार गरेको यसअघिको पत्रकार सम्मेलनमा डा. नीलमले बताएकी थिइन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९