वीरगञ्ज – वीरगञ्जमा प्रचण्ड गर्मीको असर त छँदै छ । त्यसमा पनि नारायणी अस्पतालको सर्जिकल वार्डको बेड नम्बर १०९ वरपरको माहौल पनि निकै उदास छ । कारण ‘जिउँदो शहीद’ मन्सी पटेलको नाजुक अवस्थामा उपचार चलिरहेको छ । वीरगञ्ज–२८ बगहीका मन्सी पटेल विगत १३ दिनदेखि अस्पतालको बेडमा छटपटाइरहेका छन् । मधेश आन्दोलनको ‘जिउँदो सहिद’ अस्पतालमा छटपटाइरहँदा आजसम्म कोही पनि मधेशवादी दलका नेता तथा जनप्रतिनिधिहरू उनलाई भेट्न नगएको परिवारजनको गुनासो छ ।

मधेशको मुक्तिका लागि हिँडेको छोरा अहिले अस्पतालमा छटपटाइरहँदा आफ्नाे आँशु नरोकिएको पटेलकी आमा सन्तिया देवी बताउँछिन् । उनी विलाप गर्दै भन्छिन्, ‘बुढेसकालको सहारा नै टुट्ने भो ।’

मधेश आन्दोलनकै बलमा सत्तामा पुगेका मधेशवादी दलका नेताहरूले उनको उपचार तथा राहतमा खासै ध्यान नदिएको मन्सीकी आमा गुनासो गर्छिन् । उनी भन्छिन्, ‘दर्जनौँ मधेशी आमाले छोरा गुमाएका छन् । अहिले प्रदेश २ मा त्यही मधेशवादी दलको सरकार छ । तर, ‘जिउँदो शहीद’को उपचार र राहतको त टाढाको कुरा, भेट्नसम्म कोही पनि आएका छैनन् ।’ अहिले ‘जिउँदो सहिद’को अवस्था निकै नाजुक र पीडादायी बन्दै गएको सामाजिक अभियन्ता प्रकाश थारू बताउँछन् ।

संविधान जारी भएको दिन २०७२ असोज ३ गते वीरगञ्जमा झडप भइरहँदा उनलाई कमरमा गोली लाग्यो । पटेलको शरीरको कम्मरभन्दा मुनिको भाग नचलेको ४ वर्ष भयो । उनको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको अस्पतालका चिकित्सक पप्पु जैसवाल बताउँछन् । उनको थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने अवस्था रहेको पनि उनले बताए ।

मन्सीकी श्रीमती शान्ति देवी बलियो ज्यानका आफ्ना श्रीमान् मुन्सी मधेश आन्दोलनकै कारण जीवनमरणको दोसाँधमा पुगेको बताउँछिन् । उनी भन्छिन्, ‘२४सै घण्टा बेडमा छटपटाइरहेका श्रीमान्को उपचार गर्न सकिएन भने हाम्रो परिवारकै भविष्य अन्धकारमय बन्छ ।’ आफ्ना पति मुन्सीको दिसापिसाब सफा गर्न र उनको हेरचाह गर्नमै दिन काट्ने गरेको बताउँछिन् । उनी भावविह्वल हुँदै भन्छिन्, ‘कहिलेकाहीँ त म मधेशी नेतालाई मनमनै सराप दिने गर्छु।’

‘यस्तो अवस्थामा जिउँदो शहीदलाई हेर्दा मनै कँुडिन्छ, आखिर के गर्दै छन् मधेशका मसिहाहरू,’ सामाजिक अभियन्ता थारूले भने, ‘एक पटक प्रदेश सरकारले सहयोग गरेर पुग्यो ? उसको जीवनरक्षाका लागि कार्यक्रम र बजेट दिनु परेन ? शहीदको परिवार, आँशुको मोल केही छैन ।’ उनले अन्य गैरसरकारी संघसंस्था तथा सरकारी पक्षलाई जिउँदो सहिदको औषधि उपचार गर्न सहयोगका लागि अपिल गरेका छन् ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६