काठमाडौँ – विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बनेको आरोप लगाउँदै मिडिया विधेयक फिर्ता गर्न माग गरेका छन्। बिहीबारको संसद बैठकमा बोल्दै सांसद गच्छदारले अभिव्यक्ति स्वतन्त्रताको लागि र परिवर्तनका लागि नेपाली सञ्चार जगतले ठूलो भूमिका खेलेको भन्दै मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गरेका हुन्।

आफू २०४८ सालमा तीन वर्ष निरन्तर सञ्चारमन्त्री भएर काम गरेको स्मरण गराउँदै उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि जेल बसेका र जीवन बलिदान गरेका पत्रकार जगतमाथि नियन्त्रण गर्न खोजेको हो? यसमा कांग्रेस लड्न तयार छ। यो हामीलाई स्वीकार्य छैन। मेरो कार्यकालमा जम्मा एउटा रेडियो थियो । एउटा टीभी थियो। आज रेडियोको संख्या पाँच सय छ। टीभीको संख्या एक दर्जन पुगेको छ। हचुवाको भरमा विधेयक ल्याएर तर्साउन खोज्ने?’

उनले प्रधामन्त्री पद आफैँमा सर्वशक्तिमान हुने कुरा प्रधानमन्त्री ओलीले बिर्सेर अरु थप शक्तिको खोजीमा भौतारिरहेको टिप्पणी गरेका छन्। उनले भने, ‘प्रधानमन्त्री दुई तिहाईको जनमत, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पति शुद्दीकरण विभाग आफ्नो नियन्त्रणमा राख्नुको कारण के हो? सबै अधिकार आफूले लिएर अधिनायकवाद लाद्न खोज्दै हुनुहुन्छ।’ ‘त्यस कारण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको लागि छुट्याइएको खर्चमा एक सय घटाइयोस् भनेर प्रस्ताव गर्छु,’ उनले व्यंग्यात्मक शैलीमा भने।

प्रतिपक्षी दलका आवाजहरू सुनेर प्रधानमन्त्रीले जवाफ दिनबाट भागेको आरोप लगाउदै सांसद गच्छदारले संस्कार, संस्कृति र परम्परामाथि सरकारले हमला गरेको बताए। सरकार बनेको १६ महिनासम्म पनि काम गर्ने र संविधानअनुसार अघि बढ्ने काममा असफल भएको बताए।

उनले भने, ‘म धेरै उदाहरण दिन चाहन्न। गुठी विधेयक फिर्ता भयो। जनसागर उर्लियो। विधेयक ल्याउनुअघि छलफल गर्नुपर्ने थियो कि थिएन? दुई पटक प्रधानमन्त्री भएको व्यक्तिले हचुवाको भरमा विधेयक ल्याउने? संविधानविपरित विधेयक ल्याउने? फिर्ता गर्ने कुरालाई बहादुरी नमाने हुन्छ। गल्ति विधेयक ल्याएर गल्ति गरेकोमा प्रधानमन्त्रीले नैतिक रुपमा जिम्मेवारी लिनुपर्छ।’

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१