नवीन नेपाली, नारायणपुर- प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमानसँग कुरा गर्थिन्  । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नूनतेल र साहुकाे ऋणका बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा । वि.सं. २०७२ को तिहार मानेर कतार उडेका दाङकाे लमही नगरपालिका– ८, बीचगाउँका फुलीराम चौधरी यही दशैँमा घर आउने पक्कापक्की थियो । यस्तै चलिरहेको थियो दैनिकी ।

सधैँजस्तै जेठ ३१ गते शुक्रबार पनि कतारबाट फोन आयो सम्झनालाई । तर, त्यो फोन फुलीरामको थिएन, फुलीरामको मृत्युको खबर पुर्‍याउने कुनै एक व्यक्तिको थियो । सधैँजस्तै काम गरेर सुतेका फुलिराम बिहान मृतावस्थामा भेटिएको खबरले सम्झनाको सिङ्गो जिन्दगीमा कहालीलाग्दो पहिरो गयो । मृत्युको खबर पाएकी सम्झनाको आँखा ओभाएका छैनन् । ‘कतार गएको चार वर्ष भइसकेको थियो, आउनै मान्नुभएको थिएन, राम्रै पैसा कमाएर मात्र आउँछु भनेर बस्नुभयो,’ २७ वर्षीया सम्झनालाई बोल्न गाह्रो भयो, ‘दशैँमा आउने कुरा थियो, मान्छे आउलान् भनेको यस्तो खबर पाे आयो ।’

घरपरिवारलाई सुखले राख्ने सपना लिएर विदेश उडेका फुलीराम जिउँदो फर्किन सकेनन् । पाँच दिनदेखि बीचगाउँ शोकमा छ । ३६ वर्षीय फुलीरामलाई बीचगाउँवासी सबैले सम्झना गरिरहेका छन् । पक्की घर बनाउने सपना छरछिमेकमा ठूला घर भए । फुलीरामलाई यही चिन्ता थियो, नेपालमा बसेर ठूलो सिमेन्टको घर बनाउन सकिँदैन भन्ने लागेपछि कतार उडेका फुलीरामको सपना अधुरै रह्यो । अहिले पनि घरको आर्थिक अवस्था निकै कमजोर र खरको छानो र माटोले पोतेको कच्ची घर छ ।

घरपरिवारलाई पक्की घरमा राख्ने ठूलो सपना बोकेर फुलीराम चौधरी कतार हिँडेका थिए । फुलीरामको परिवारमा अहिले पनि १७ सदस्य छन् । आफ्नै जग्गा नभएका कारण खानलाउनसमेत राम्रोसँग नपुग्ने भएपछि बाध्यताले घर छाडेका फुलीरामले बेलाबखत पैसा पठाउने गरेको श्रीमती सम्झनाले बताइन् । ‘घर बनाउने हो भन्नुहुन्थ्यो, खै पैसा कति कमाउनुभयो, केही थाहा छैन, कहिलेकाहीँ पैसा पठाउनुहुन्थ्यो,’ सिटाले बारेको घर हेर्दै सम्झनाले आँशु पुछिन् अनि भनिन्, ‘अब त सबै सक्कियो ।’

सम्झना र फुलीरामको विवाह भएको करिब १० वर्ष बित्यो । अहिलेसम्म सन्तान पनि जन्मेका छैनन् । फुलीरामको सपना अधुरै रहँदा त्याे खरले छाएको घरभित्र सन्नाटा छाएको छ । चुलो बलेको छैन । कसैलाई भोक पनि लागेको छैन । ‘चार वर्षपछि आउन लागेको खबरले सबै खुशी हुनुहुन्थ्यो, तर जिउँदो देख्नै पाइएन ।’ (रासस)

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

२०७६, ६ माघ सोमबार १७:२१

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

२०७६, ७ माघ मंगलवार १४:१५

अँगालो हालेर सुताउने अचम्मको जागिर!

अँगालो हालेर सुताउने अचम्मको जागिर!

२०७६, ७ माघ मंगलवार १४:२२

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

२०७६, ६ माघ सोमबार ११:०२