काठमाडौँ – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ९० अङ्कले बढेर १ हजार २ सय ६४ दशमलव ३६ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ८ अङ्कले वृद्धि भई २ सय ७१ दशमलव ६० बिन्दुमा पुगेको छ।

परिसूचक उकालो लागेपनि कारोबार रकम भने सस्तैमा समेटिएको छ। कूल १ सय ७१ कम्पनीका १३ लाख ७५ हजार ५ सय ४१ कित्ता शेयर रू ३७ करोड ५३ लाख १५ हजार २ सय ४ मा खरिद बिक्री भएको छ। स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर घटेको छ। वित्त शून्य दशमलव ३९, निर्जीवन बीमा ७ दशमलव ६६ र उत्पादन १२ दशमलव ८८ अङ्कले घटेका छन्।

लघुवित्त र होटल उपसमूहका शेयरमा भएको वृद्धिले बजारमा सकारात्मक प्रभाव परेको हो। यस्तै बैंकिङ ६ दशमलव ९, होटल ८ दशमलव ४४, विकास बैंक ५ दशमलव १, जलविद्युत् ७ दशमलव ४, अन्य ४ दशमलव २६, लघुवित्त १३ दशमलव ६८, जीवन बीमा ३ दशमलव ५८ र सामूहिक लगानी कोष शून्य दशमलव २ अंकले वृद्धि भएको छ।

स्टकका अनुसार आज कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको रू ३ करोड ३ लाख १३ हजार २ सय ९९, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रू २ करोड ६४ लाख २ हजार ६ सय ५५, नेपाल बैंक लिमिटेड रू २ करोड ४० लाख १२ हजार २ सय ५४, प्रभु बैंक रू १ करोड ९८ लाख ५ हजार ७ सय १, मेगा बैंक १ करोड ६६ लख ४३ हजार ३ सय २३ र एनआइसी एसिया बैंकको रू १ करोड ४२ लाख ७३ हजार ७ सय ७५ मा खरिद बिक्री भई शीर्ष स्थानमा रहेको छ।

बढेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ५ दशमलव २६, कर्पोरेट डेभलपमेन्ट बैंक ३ दशमलव २२, गुराँस लाइफ इन्स्योरेन्स २ दशमलव १७, युनिलिभर नेपाल १ दशमलव ९९ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले १ दशमलव ९३ प्रतिशतले गुमाएका छन्। यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ८७ प्रतिशतले कमाएको छ। मल्टीप्रपोज फाइनान्स ९दशमलव ७७, खानीखोला हाइड्रोपावर ७ दशमलव ३५, स्वदेशी लघुवित्त वित्तीय संस्था ६ दशमलव ३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ८९ र पाँचथर पावर कम्पनीका शेयरधनीले ५ दशमलव ८० प्रतिशतले कमाएका छन्। (रासस)

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७