– अनारसिंह कार्की

नेपालका मुख्य राजनीतिक पार्टी अहिले अनौठो भक्तिमार्गतिर उन्मुख हुन थालेका छन्। यसको कारण र परिणामबारे विवेचना र विश्लेषण हुनु उचित हुन्छ। किन पार्टीहरू त्यसतर्फ लागेका होलान्? जब कि कम्युनिष्ट पार्टीहरूजस्ता धर्मविरोधी, जसले विद्रोह कालमा अनेक मठमन्दिर ध्वस्त पारे। र, सनातन हिन्दू परम्पराअनुसार बाबुआमाको काजकिरियामा बसेकाहरू समेतको निर्मम हत्या गरे।

तिनै कम्युनिष्ट पार्टीका नेतादेखि कार्यकर्तासम्म र प्रधानमन्त्रीदेखि वडा सदस्यसम्म एशिया प्यासेफिक फेडरेसनद्वारा नेपालमै आयोजित इशुको पवित्र छोरीको हातबाट होली वाइन खान लाम लागेको कुरा निकै दिन चर्चामा रह्यो। यस सन्दर्भमा यस्तो पनि चर्चा सुनिन्छ, एशिया र अफ्रिकाका कम्युनिष्टहरू धर्मको विरोधका नाममा हिन्दू, बौद्ध र इस्लाम धर्मका ठाउँमा इसाई धर्मलाई स्थापना गर्ने अभियानमा लागेका इसाई धर्म प्रचार र विस्तारकै अर्को एउटा अंग हुन्। यस सम्बन्धमा केही अध्ययन र अनुसन्धान भइरहेका छन् र अझ हुन आवश्यक छ। जसले नेपालजस्ता देशका कम्युनिष्टको मुखको मुखुण्डो हटाउने काम गर्नेछ।

अर्को प्रसंग, नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसका दुई सयजति कार्यकर्ताले हालै सुन्दरीजलको माटो बोकेर विराटनगरको कोइराला निवास पुगेको कुरा समाचारमा आएको छ। यसरी माटो बोकेर त्यहाँ पुर्‍याउनुको अर्थ त्यो ठाउँ नेपाली कांग्रेसका लागि पवित्र स्थल हो। त्यसैले बीपीले लामो जेल जीवन बिताएको सुन्दरीजलको माटो उनको बाल्य निवासमा पुर्‍याउनु एउटा पुण्यको काम हो भन्ने हुनुपर्छ। भक्ति मार्ग भनेको तर्कमा चल्ने कुरो होइन, आस्था र विश्वासमा चल्ने कुरो हो।

इशुको पवित्र छोरीको हातबाट होली वाइन खान लाम लागेको कुरा निकै दिन चर्चामा रह्यो। यस सन्दर्भमा यस्तो पनि चर्चा सुनिन्छ, एशिया र अफ्रिकाका कम्युनिष्टहरू धर्मको विरोधका नाममा हिन्दू, बौद्ध र इस्लाम धर्मका ठाउँमा इसाई धर्मलाई स्थापना गर्ने अभियानमा लागेका इसाई धर्म प्रचार र विस्तारकै अर्को एउटा अंग हुन्।

तर, राज्य भनेको शुद्ध मानवकृत भौतिक विषय हो। त्यसैले राज्य सञ्चालनको नीति राजनीति पनि शुद्ध भौतिक कुरो हो। राजनीतिक पार्टी भनेको निश्चित सिद्धान्तका आधारमा नीति र कार्यक्रम बनाएर राज्य सञ्चालन गर्न इच्छुक मानव जमात हो, जो स्वनिर्मित विधानबाट परिचालित हुन्छन्। यी सम्पूर्ण कुराको निर्माण, निरुपण र निर्धारण आपसी छलफल, बहस र विचार–विर्मर्शबाट हुने गर्छ। त्यसकारण व्यक्तिको कतै, कुनै र केहीप्रति आस्था र भक्ति हुने भए पनि पार्टी भक्ति मार्गबाट चल्न सक्दैन। यस्तो भक्तिले पार्टीलाई निर्जीव भक्त मण्डलीमा परिणत गरिदिन्छ।

यतिबेला हामी जुन कोइराला परिवार भनेर चर्चा गरिरहेका छौँ, त्यो पूर्वको दुम्जा गाउँबाट जागिरको सिलसिलामा मधेस झरेका कृष्णप्रसाद कोइराला; जसले आजको विराटनगरमा बस्ती बसाउने र त्यसलाई एउटा आधुनिक शहर बनाउने कामको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। दोस्रो विश्वयुद्ध र उपनिवेश विरुद्धको स्वतन्त्र संग्रामले एउटा युगलाई समाप्त गरेर अर्को युगमा मानव सभ्यतालाई पुर्‍याउन लागेको समयका एउटा सचेत र क्रियाशील मानिस थिए– कृष्णप्रसाद कोइराला। उनैको विचारले, उनैले बसाएका रीतिथिति, परम्परा र संस्कारबाट चलेको उनका सन्तानको परिवारको हो यो चर्चा गरिएको कोइराला परिवार। नेपालको आधुनिक इतिहासमा नेपाली कांग्रेस र २००७ सालको क्रान्तिले आधुनिकताको ढोका खोलेको हो र त्यसको वैचारिक र सांगठनिक नेतृत्वदायी भूमिकामा थियो कोइराला परिवार।

सुवर्ण शमशेरको उदार र निस्वार्थ आर्थिक योगदान र गणेशमानको निर्भीक लडाकुपनजस्ता धेरैको योगदानको योग हो– नेपाली कांग्रस र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास। त्यसको नेतृत्वमा रहेको कोइराला परिवारको पारिवारिक महत्त्वाकांक्षा र आन्तरिक प्रतिस्पर्धाले प्रजातन्त्रलाई राम्रो मात्रै होइन, अपूरणीय हानि पुर्‍याएको पनि विर्सन हुँदैन। तथापि, नेपाली कांग्रेसको मूल नेता बीपी भएकाले त्यसको जश र अपजशको मूल अधिकारी पनि उनै हुन्। त्यसैले नेपाली कांग्रेसमा बीपीप्रति विशेष श्रद्धा र सम्मान हुनु स्वभाविक हो। तर, त्यसलाई अन्ध भक्तिको रूप दिनु एउटा जीवन्त राजनीतिक पार्टीका निम्ति पतनोन्मुखता हो।

आज कांग्रेसमा बसेर बीपी र कोइराला परिवारको गुण दोष केलाउन सम्भव छैन। त्यसै पनि नेपालजस्ता देशमा राजनीतिक विचारकहरू जन्मन सक्दैनन् यदि जन्मिहाले भने लामो दिन जीवित रहन सक्दैनन्। त्यसैले नेपालमा विचारक होइन, भक्तहरू छन् र तिनीहरूले भक्ति साहित्य र इतिहास सिर्जना गर्छन् र गरिरहेका छन्।

बीपीको जीवनकालमा नै यस्तो अभ्यास शुरु हुन थालेको थियो। त्यसमा बीपीले कुनै दख्खल दिने कोसिस गरेनन्। बीपीले बोलेको ब्रह्म वाक्य हो, त्यसको विरुद्धमा तर्क गर्नु अपराध हो। बीपी र उनको परिवारसँग कसैको पनि तुलना हुन सक्दैन जस्ता प्रवृत्ति मौलाउन थालेका थिए। त्यस प्रवृत्तिविरुद्ध विद्रोह गर्नेहरू एक्लो पर्दै जाने र अन्तमा कांग्रेसभित्र टिक्न नसक्ने परिस्थिति बन्दै जान थालेको थियो। जसले गर्दा विस्तारै सुवर्ण शमशेर, गणेशमान, कृष्णप्रसाद लगायतको योगदान पनि ओझेलमा पर्दै जान थालेको थियो। जो अहिले पूर्ण रूपले झाँगिन थालेको छ।

नेपालको राजनीतिमा योगदानको अनुपातमा सबैभन्दा बढी फाइदा उठाएको कोइराला परिवारले नै छ। नेपालको राजनीतिका नातिजर्नेल हुन् कोइराला परिवारका सदस्यहरू। हुन त यो रोग नेपालको मात्रै होइन, दक्षिण एशियाकै प्रमुख रोग हो। विस्तारै एउटा नेतालाई महामानव बनाउने र त्यसको परिवारलाई अलौकिक स्वरूप दिँदै जाने प्रतिस्पर्धा चल्न थाल्दो रहेछ। आज कांग्रेसमा बसेर बीपी र कोइराला परिवारको गुण दोष केलाउन सम्भव छैन। त्यसै पनि नेपालजस्ता देशमा राजनीतिक विचारकहरू जन्मन सक्दैनन् यदि जन्मिहाले भने लामो दिन जीवित रहन सक्दैनन्। त्यसैले नेपालमा विचारक होइन, भक्तहरू छन् र तिनीहरूले भक्ति साहित्य र इतिहास सिर्जना गर्छन् र गरिरहेका छन्।

२०१७ सालको घटना घट्नुमा राजा महेन्द्र मात्रै दोषी छन् कि बीपीलगायतका नेताहरू पनि दोषी छन्। भारतका शासक वर्ग र राजाले मन नपराउँदा नपराउँदै आफू प्रधानमन्त्री नभएर सुवर्णलाई दिएको भए के हुन्थ्यो? सुवर्णजीले परित्याग गरिसकेको सशस्त्र क्रान्ति बीपीले नदोहोर्‍याएका भए अथवा ०३३ सालमा स्वदेश फर्कनुभन्दा विदेशमा जाँदै नगएको भए बढी राम्रो हुने थिएन होला? बीपीस्तरको नेताले हवाईजहाज अपहरण र टिम्मुरबोटे काण्डजस्ता अपरिपक्व र उरन्ठेउला घटना गराउनु उचित थियो? आदि इत्यदिका बारेमा एक खालका समीक्षक र इतिहासकारहरू बोल्न चाहँदैनन्। बीपीको दोष पक्षलाई पनि देखाउँदा सच्चा महामानवको पगरी खुकुलो बन्न पुग्छ।

दोस्रो पुस्ताका कोइराला परिवारका सदस्यहरू त आम कार्यकर्ताहरू पहाड र मधेसका जेलमा कष्ट भोगिरहँदा वा टिम्बुरबोटे वा नख्खुछेउमा बेवारिसे लास बन्दा तिनीहरू भारतका राम्रा शिक्षालयहरूमा शिक्षा आर्जन गरिरहेका थिए। तिनीहरूलाई नै राणाकालमा नाति जर्नेलजस्तै प्रजातान्त्रिक कालका नाति जर्नेल भनिएको हो।

अर्कातिर यस्तो समूह छ, बीपी भनेको देशद्रोही नै हुन्, विदेशी दलाल हुन् भन्नेहरू पनि छन्। यी अतिवादीको चेपमा परेर बीपीको यथार्थ व्यक्तित्व र योगदानको सही पक्ष ओझेलमा परेको छ। त्यस्तै त्यही कुरो राजा महेन्द्रमा पनि लागू भएको छ। एकथरी राजा महेन्द्रलाई महान् देशभक्त र दूरदर्शी राजा मान्दछन् भने अर्कोथरि लोभी, महत्त्वाकाक्षी र प्रजातन्त्रविरोधी तानाशाह देख्छन्। यी दुवै आफ्ना समयका सर्वोत्कृष्ट नायकका वस्तुगत यथार्थ यी दुई प्रकारका अतिवादले छोपिदिएको छ।

जहाँसम्म कोइराला परिवारको प्रश्न छ, फेरि पनि भन्नैपर्छ– योगदानका अनुपातमा सबभन्दा बढी फाइदा उठाउने परिवार यही हो। पञ्चायत व्यवस्थामा पहिलो पुस्ताका कोइराला परिवारका सदस्यहरूलाई जेलमा वा निर्वासनमा बस्न बाध्य पारिए पनि त्यस्तै अरूको तुलनामा उनीहरूको जीवन अपेक्षाकृत कष्टपूर्ण थिएन किन कि उनीहरूको हैसियत नेताको थियो, कार्यकर्ताको होइन। दोस्रो पुस्ताका कोइराला परिवारका सदस्यहरू त आम कार्यकर्ताहरू पहाड र मधेसका जेलमा कष्ट भोगिरहँदा वा टिम्बुरबोटे वा नख्खुछेउमा बेवारिसे लास बन्दा तिनीहरू भारतका राम्रा शिक्षालयहरूमा शिक्षा आर्जन गरिरहेका थिए। तिनीहरूलाई नै राणाकालमा नाति जर्नेलजस्तै प्रजातान्त्रिक कालका नाति जर्नेल भनिएको हो।

कोइराला परिवारकै अर्को महत्त्वपूर्ण पात्र हुन्– गिरिजाप्रसाद कोइराला। जसले कांग्रेसका नाममा सबैभन्दा धेरै सत्ता, शक्ति र सम्पत्ति उपभोग गरे। अझ गणेशमान र कृष्णप्रसादलाई समेत रिङआउट गरिसकेपछि त कांग्रेसको नाममा एकाधिकार कायम गर्न सफल भए। निष्पक्ष, निर्भीक र निस्वार्थ भएर भन्ने हो भने हामीजस्तो उनको कार्यकर्ता भएर लामो संगत गर्नेहरूलाई थाहा छ, उनीजस्तो आफूमा केन्द्रित मानिस भेट्न दुर्लभ छ।

हाम्रोजस्तो गरिबी, बेरोजगारी र न्यून चेतना भएको समाजमा भ्रष्टाचार, तस्करी र जघन्य अपराधीसँग मिलेर साधनस्रोत जम्मा गर्नु, त्यसलाई समाजमा विस्तार गरेर अथवा आफूले अवैध उपायबाट कमाएको सम्पत्ति बाँडेर सत्तामा पुग्नु र त्यसैका आधारमा सत्तामा टिक्नु भनेको समाजको ठूलो हिस्सालाई अपराधमा सामेल गराएर त्यसको नेता बन्नु हो।

जुनसुकै उपायबाट पनि साधनस्रोत प्राप्त गर्नु, त्यसलाई खुला हातले बाँडेर शक्ति आर्जन गर्नु र त्यसका माध्यमबाट सत्तामा पुगेर त्यो प्रक्रियालाई निरन्तरता दिनु उनको एक मात्र उद्देश्य हुन्थ्यो। पदका निम्ति आफ्नो र अर्काको नभन्ने, सत्ता, सम्पत्ति र शक्तिलाई आफ्नो इच्छाअनुसार चलाउनु र त्यसका निम्ति उनलाई कुनै सिद्धान्त, नैतिकता, मूल्यमान्यताजस्ता कुनै कुराले पनि छेक्न सक्दैन थिए। उनको यही स्वभाव र चरित्रले गर्दा नेपाली कांग्रेसलाई पूर्ण रूपले दिशान्तर नै गरिदिए।

दक्षिण एशियाको राजनीतिको महारोग भनेको अपराधलाई राजनीतीकरण र राजनीतिलाई अपराधीकरण गर्नु हो। हाम्रोजस्तो गरिबी, बेरोजगारी र न्यून चेतना भएको समाजमा भ्रष्टाचार, तस्करी र जघन्य अपराधीसँग मिलेर साधनस्रोत जम्मा गर्नु, त्यसलाई समाजमा विस्तार गरेर अथवा आफूले अवैध उपायबाट कमाएको सम्पत्ति बाँडेर सत्तामा पुग्नु र त्यसैका आधारमा सत्तामा टिक्नु भनेको समाजको ठूलो हिस्सालाई अपराधमा सामेल गराएर त्यसको नेता बन्नु हो। यो हाम्रो प्रजातान्त्रिक व्यवस्थाभित्रको ठूलो रोग हो। यो रोगलाई प्रजातन्त्रको आवरणमा चारै ढोकाबाट भित्र्याउने काम प्रमुख रूपमा गिरिजाबाट भएको हो।

सत्तामा पुग्नु र टिक्नुबाहेक अरू केही होइन भन्ने उनको स्वभावकै कारण जुन विदेशी शक्तिबाट नेपालको अस्तित्व र राष्ट्रियतामाथि खतरा छ भनेर बीपी राजासँग घाँटी जोड्न आएका थिए, त्यही विदेशी शक्तिको निर्देशनमा हिंसात्मक विद्रोही कम्युनिष्टसँग १२ बुँदे सहमति गर्न पुगे। त्यसमा केही हदसम्म तत्कालीन सरकारले भक्तबहादुर कोइराला आयोगबाट धमिजा र लाउडा भ्रष्टाचारमा बाबुछोरीलाई जेल हाल्ने अपराध बोधको त्रासको मनोविज्ञानले पनि काम गरेको हुनुपर्छ।

आफ्नोे मुख्य समर्थक र जनाधार कुन हो र त्यसैका सापेक्षमा नीति, नेतृत्व र संगठनको पुनर्गठन गर्ने कुनै जिजीभिषा त्यसभित्र बाँकी छ? अहिलेसम्म त देखा परेको छैन। बुझ्नैपर्ने कुरा के हो भने राजनीतिक पार्टी भक्ति मार्गबाट होइन, निर्वाध छलफल, बहस र विचार–विमर्शबाट अघि बढ्छ। यो तत्त्व कांग्रेसभित्र जीवित छ कि छैन? यसको भविष्य त्यसैमा निर्भर छ।

यसरी गिरिजाप्रसादले भित्र्याएको त होइन तर फैल्याएको राजनीतिक संस्कार र संस्कृतिका उपज हुन्– खुमबहादुर खड्का, सुजाता जोष्ट, शेरबहादुरहरू आदि। त्यसैले गिरिजाप्रसादले सुरु गरेको संस्कार र संस्कृतिबाट मुक्त गरेर अथवा कोइराला परिवारको मानसिक दासताबाट कांग्रेसलाई मुक्त गर्न सक्ने एउटा जमात, जसले माटो बोक्ने भक्तिमार्ग छोडेर बीपीलगायत सबै नेता र तिनीहरूको परिवारको वस्तुगत र तथ्यका आधारमा निर्भीक र पूर्वाग्रहरहित भएर मूल्यांकन, अध्ययन र विश्लेषण गरोस्।

आजको सन्दर्भ र परिपे्रक्षमा नेपाली कांग्रेसको लक्ष्य उद्देश्य, सिद्धान्त र नीतिमा व्यापक बहस र छलफल गरेर त्यसको मिल्न सक्ने शक्ति र संस्था कुन कुन हुन् र मिल्न नसक्ने कुन हुन्। आफ्नोे मुख्य समर्थक र जनाधार कुन हो र त्यसैका सापेक्षमा नीति, नेतृत्व र संगठनको पुनर्गठन गर्ने कुनै जिजीविषा त्यसभित्र बाँकी छ? अहिलेसम्म त देखा परेको छैन। बुझ्नैपर्ने कुरा के हो भने राजनीतिक पार्टी भक्ति मार्गबाट होइन, निर्वाध छलफल, बहस र विचार–विमर्शबाट अघि बढ्छ। यो तत्त्व कांग्रेसभित्र जीवित छ कि छैन? यसको भविष्य त्यसैमा निर्भर छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८