काठमाडौँ – ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु पर्यो। सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए।

महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उहाँलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका थिए। केही समय विवादपछि उनी ढोलाहिटीमा झरेर अर्काे बसमा चढेर घर भइन्।

महर्जन बिहान कलेज पढ्ने र दिउँसो सहकारीमा काम गर्छन्। दैनिक चारपाँच वटासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा कहिले भाडाका निहुँमा, त कहिले झर्ने ठाउँ र सिटका विषयमा चालक तथा सहचालकसँग विवाद गर्नुपर्दा उनी हैरान हुन्छन्। सरकारले विद्यार्थीका लागि दिएको छुट सार्वजनिक यातायातले दिन चाहँदैनन्।

रु २५ भाडा तोकिएको ठाउँमा सहचालकले ‘यति रुपैयाँ त दिएकै छ नि’ भन्ने गरेका छन् । उनले भनिन्, ‘उनीहरुले तोकिएको ४५ प्रतिशत छुट दिन चाहँदैनन्। भक्तपुरकी सिर्जना थापा आफूले महिला सिटमा समेत सिट नपाउने गरेको गुनासो गरिन्। महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालगायतका लागि तोकिएका सिटमा को बसिरहेको छ भन्नेमा चालक तथा सहचालकले ध्यान नदिएको उनले बताइन्।

गर्भवती वा साना सन्तान लिएर सार्वजनिक यातायातमा यात्रा गर्न अझै कठिन भएको उनको अनुभव छ। उनले भनिन्, ‘गर्भवती वा साना नानी लिएका महिला देख्दा न त बसिरहेका अरू महिला वा पुरुष सिट छाड्न खोज्छन् न त त्यहाँका कर्मचारी नै त्यसलाई ध्यान दिन्छन्।’ उपत्यकामा चल्ने सवारीसाधनमध्ये साझा यातायातलगायत थोरैमा मात्रै चालक–सहचालकको व्यवहार राम्रो रहेको थापाले बताइन्।

आरक्षित सिटमा को बसिरहेको छ हेर्नेदेखि बसमा चढ्नासाथ अशक्तलाई सिटमा राख्न कर्मचारी आफैँ लाग्ने गर्छन्। त्यहाँका कर्मचारीको राम्रो व्यवहारकै कारण अरू धेरै बस छाडेर पनि साझा चढ्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘यात्रुसँग कसरी व्यवहार गर्ने भन्ने साझाबाट अरूले सिक्नुपर्छ।’

महर्जन र थापा प्रतिनिधि पात्र मात्रै हुन् काठमाडौँ उपत्यकाका अधिकांश यात्रुले दैनिक यी र यस्तै समस्या भोग्ने गरेका छन्। सार्वजनिक यातायातमा चालक–सहचालकले झर्किएर बोल्ने, तोकिएकोभन्दा बढी भाडा लिने र बस बिसौनीमा समेत नरोक्ने गरेको यात्रुको गुनासो छ। चालक–सहचालकले राम्रो व्यवहार नगरेकै कारण कतिपयले थोरै आम्दानी भए पनि बाध्यताले निजी सवारीसाधन चढ्नु परेको बताउँछन्। कतिपय यात्रु भने सहचालक सानोे कुरामा समेत झगडा गर्ने भन्दै आफूलाई वा अरूलाई अन्याय पर्दा चुपचाप लाग्ने गरेका छन्।

चालक–सहचालकको व्यवहार सुधार गर्न सरकार र यातायात व्यवसायी दुवैले ध्यान दिनुपर्ने यातायात क्षेत्रका अभियानकर्मी राम थापाले बताए। यातायात व्यवसायीले नाफाका केही हिस्सा आफ्ना कर्मचारीको तालीमका लागि छुट्याउनुपर्ने उनको सुझाव छ। सार्वजनिक यातायातमा चालक–सहचालकले यात्रुलाई सम्मान नगर्ने र सानो कुरामा पनि झगडा गर्दा यात्रु सहज वातावरणमा आवतजावत गर्न नपाएको उनले बताए।

उनका अनुसार सार्वजनिक यातायातमा यात्रु र चालक–सहचालकबीच झगडा दैनिक भइरहेको छ। व्यवसायी आफैँले यात्रुले बढी पैसा दिँदा चानचुन छैन भन्दै तोकिएकोभन्दा बढी भाडा लिन चालक–सहचालकलाई भन्ने गरेका छन्। सरकारले सार्वजनिक यातायातमा अनुगमन र गल्ती हुँदा कारवाही गर्नुपर्ने उनको भनाइ छ।

यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले चालक–सहचालकलाई व्यावहारिक तालिम नहुँदा उनीहरुले यात्रुसँग झर्किएर रुखो बोल्ने गरेको बताए। उनका अनुसार सहचालक मात्रै होइन चालकलाई समेत यात्रुसँग गर्ने व्यवहारसम्बन्धी आधारभूत ज्ञान छैन। यातायात व्यवस्था ऐनले चालक अनुमतिपत्र दिँदा नै ऊ परिपक्व चालक बन्ने कल्पना गरेको उनको भनाइ छ।

चालक अनुमतिपत्र सामान्य सडक नियमका बारेमा लिखित परीक्षा र सवारी चलाउने जानेर ‘ट्रायल’ पास गरेपछि चालकलाई दिइन्छ। व्यावहारिक ज्ञानलाई परीक्षाले समेटेको छैन। सहचालक बन्नका लागि भने कुनै पनि मापदण्ड वा परीचयपत्रको समेत आवश्यकता नपर्ने उनले बताए।

पहिले यातायात व्यवस्थापनको जिम्मेवारी नेपाल सरकारको मात्रै भए पनि नेपालको संविधानले यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिएको उनले बताए। सङ्घीय सरकारले नीतिनियम बनाउने भए पनि कार्यान्वयनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको भएको उनले बताए। उनले भने, ‘प्रदेश सरकारले यातायात क्षेत्रमा काम गर्ने मजदूरको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्छ।’ (रासस)

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२