– प्रह्लाद पोख्रेल


सर्वमान्य सधैँ नारी आमाका रूपमा बसी
सर्वसंवेद्य छन् नारी युवती रूप उर्वशी
प्रेयसी प्रीतकी पुञ्ज नारी यौवन कालमा
कमनीय कला–कान्ता किशोरी वय हालमा

नारी जीवनकी ज्योति सृष्टिसौन्दर्यवाहिनी
नारीकै भरमा चल्छन् सृष्टि–मा–नव–जीवनी
अजस्र स्रोत ऊर्जाकी नारी जीवनकी जग
नारीकै नव–ऊर्जाले जिन्दगी बल्छ जग्मग

कतै शासक छन् नारी कतै साहित्य–साधिका
दायित्वसाथ माग्दैछन् हकाधिकार जीविका
कतै वीरा∙ना नारी विदुषी छन् कतै कतै
गृहिणी घरकी लक्ष्मी नारीरत्न जताततै

छन् हाम्रा घरमा नारी साँच्चै सर्वोच्च शासक
परन्तु देशमा छैनन् अझै राम्रा प्रशासक
प्रशासकहरू सम्झून् नारीमहत्त्व के भनी
राजनीतिज्ञले लेखून् संवैधानिक जीवनी !

हिँडून् सञ्चेतना बोकी, लिई उत्कृष्ट सम्बल
नहून् संवेदनाहीन नारी निर्बोध दुर्बल
अग्रणी उर्वरा शक्ति नारी स्रष्टा सनातन
नारीकै स्नेह पाएर हुर्कियोस् जनजीवन

नारी हुन् ममतामूर्ति प्रेरणाकी धरोहर
नारीले लेख्दछन् साँच्चै राम्रा जीवन–अक्षर
नारी अक्षरकी स्रष्टा द्रष्टा जीवनकी यिनी
फक्रेकी सिर्जना–फूल नारी जीवनदायिनी

मुना–मदनमा नारी, गौरी–शङ्करमा अनि
सावित्री–सत्यवान् नारी राधा–कृष्णसँगै पनि
नटुटोस् अस्मिता उच्च नारी नरसमान भै
पाई सर्वोच्च अस्तित्व नारी विशिष्ट छन् सधैँ

नारी समाजकी नेतृ कवयित्री ऋतम्भरा !
जल्ले जीवनमा पार्छिन् सृष्टि–सौन्दर्य उर्वरा
सबैकी शिक्षिका नारी गर्छिन् जागृति सिर्जना
उघारी मनको दैलो भर्छिन् मानव–चेतना

आद्याशक्ति स्थितप्रज्ञा स्नेहसिक्ता सुवासिनी
सरला कल्पना–शिल्पी भवानी भावना–धनी
नारी सरस्वती प्रज्ञा सृजनात्मकता दिने
आर्यामाता स्वयं नारी चिनारी किन बिर्सिने?

आफ्नो विशिष्टतालाई झन् विशिष्ट बनाउँदै
सदैव शिष्टतापूर्ण सृष्टि–सङ्गीत गाउँदै
उठून् सगरमाथाझैँ अस्मिताका चुली चुली
अग्लो गन्तव्य ताकेर फेरियोस् नव–काँचुली

धर्ती आकाश ढाकेका नारीका मनका कुरा
बुझे पुगिन्छ ताकेको अग्लो जीवन–टाकुरा
नसक्ता बुझ्न नारीका पीडा, क्रन्दनका स्वर
लथालि∙ भताभु∙ सारा जीवन–अक्षर ।
(छन्द: अनुष्टुप्)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६