एक समय म हेटौँडा बसेँ थोरै समयका लागि, त्यसबेला त्यहाँ मेरा आत्मीयहरू थिए– कवि निमेष निखिल, साम्ब ढकाल, आर.आर. चौलागाईं। उहाँहरूसँगकै सामीप्यमा ५ वर्षअघि लेखिएको एउटा कविता आज उहाँहरूकै सम्मानमा समर्पण गर्दछु।

– गण्डकी पुत्र
 
तिम्रो नाममा केही पठाउन सकिन मैले
र एउटा कविता पठाउँदै छु
त्यसलाई पढेर तिमीले
मेरो सपनाको तस्बिर बनाउनु,
 
सुन्छु तिमीले
कपालमा सिउरिन मानिनौ रे फूलहरू
मैले आगो साक्षी राखेर
तिमीलाई उपहार दिएको घाम पनि
खस्यो रे तिम्रो सिउँदोबाट
तिम्रो अनुहारको आभा
तिमीलाई छोडेर आजभोलि
नाच्छ रे शिरीषका हाँगाहरूमा
काँच खस्दा आएको
तिखो आवाज जस्तो तिम्रो हाँसो
आफ्नो ओठबाट झिकेर
खोलामा बगाइदियौ रे तिमीले
त्यही हाँसो बोकेर खोला
अचेल बग्छ रे गैरीखेतको बिचैबिच उँधोतिर,
 
किन मन परेन तिमीलाई ?
म हिँडेपछि
फूलहरू
रङ्गहरू
र चराझैँ कावा खाँदै उड्ने उमङ्गहरू
कि तिम्रो चाहनाको गीत खस्यो कतै
कि तिम्रो मनको मीत बस्यो कतै
दिग्भ्रमित म
यो घाम बोकेर आउँ भन्थे
ताराहरू टिपेर ल्याउँ भन्थे,
 
माफ गर
ठ्याम्मै बुझिन मैले तिम्रो कुरा
र तिम्रो नाममा केही पठाउन सकिन
पठाएको छु एउटा कविता
त्यसलाई पढेर तिमीले
मेरो सपनाको तस्बिर बनाउनु।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९