महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले भौतिक विकासले मात्रै समृद्धि सम्भव नहुने बताएका छन्। भीमदत्त नगरपालिकाको पाँचौ नगरसभालाई सम्बोधन गर्दै राज्यमन्त्री रावलले यस्तो बताएका हुन्।

पछिल्लो समयमा भौतिक विकासमा मात्रै जोड दिन थालिएको बताउँदै राज्यमन्त्री रावलले सामाजिक विकासलाई पनि सँगसँगै लैजानु पर्ने धारणा राखे। ‘सडक निर्माण लगायतका भौतिक विकासमा मात्र सबैको जोड छ। तर सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘हामी सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा छौँ। त्यसका लागि भौतिक विकाससँग सामाजिक विकास पनि जोड्नु अत्यन्त आवश्यक छ।’ उनले जनचेतना अभिवृद्धिलगायत विभिन्न सामाजिक विकासका नीति तथा कार्यक्रम बनाउन स्थानीय तहलाई निर्देशनसमेत दिए।

भीमदत्त नगरपालिका जिल्लाकै ठूलो बजेट ल्याउने नगरपालिका रहेको उल्लेख गर्दै राज्यमन्त्री रावलले बजेट कार्यान्वयनमा पनि ध्यान दिन आवश्यक रहेको औँल्याए। उनले बजेटको आकारभन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण भएको भन्दै बजेटलाई पारदर्शी तरिकाले जनचाहाना अनुरुप विकास निर्माणका योजनामा ध्यान दिनुपर्ने बताए।

सुदूरपश्चिम सरकारको आगामी आर्थिक वर्षको बजेटले उद्योगको क्षेत्रलाई प्राथमिकतामा राखेको मन्त्री रावलले बताए। उनका अनुसार आगामी आर्थिक वर्षमा कञ्चनपुरलगायत सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा समिति बनाएर विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ।

साथै महाकाली अञ्चल अस्पताल विकास समिति तत्काल गठन गरी विनियोजित बजेट कार्यान्वयन गरिने, बन्द रहेको मझगाउँ विमानस्थलको जग्गा अतिक्रमणबाट जोगाउन चालू आर्थिक वर्षमा घेराबार गरिने राज्यमन्त्री रावलले बताए।

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४