काठमाडौँ – ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा आएको छ। शनिबार राजधानीको कुञ्ज थियटरमा एक कार्यक्रमका बीच कथासंग्रह ‘मोहपथ’ को आख्यानकारहरु नयनराज पाण्डे, प्रगती राई, हाङयुग अज्ञात र लेखक विष्टले संयुक्त रुपमा लोकार्पण गरेका छन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले मनोवैज्ञानिक लेखन पद्धति नेपालमा भित्रिएको धेरै भइसकेको स्मरण गर्दै उनले पछिल्लो समय चिन्तन गर्ने परम्परा हराउँदै गएकोमा चिन्ता प्रकट गरे।

नेपालको पश्चिम क्षेत्रको सांस्कृतिक र सामाजिक परम्परालाई केन्द्रमा राखेर विष्टले ‘मोहपथ’ लेखेको वक्ताहरूको भनाई थियो। प्रगति राईले भनिन्, ‘ललितलाई पश्चिमको प्रतिनिधि मान्न पाइयोस् र पश्चिमले पनि नेपाली साहित्यमा एक प्रतिनिधि आवाज पाएकोमा गर्व गर्न सकोस्।’

समिक्षकको रुपमा बोल्दै आख्यानकार नयनराज पाण्डेले शक्तिशाली भएर नेपाली आख्यान क्षेत्रमा आएको भन्दै लेखक विष्टलाई स्वागत गरेका छन्।

उनले यस्तै कृति आएमा नेपाली कथा साहित्यको भविष्य उज्ज्वल रहेको दाबी गरे। उहाँ मेरो पुस्तालाई झस्काउने गरी आउनु भएको छ। यसको अर्थ नेपाली कथा साहित्यको भविष्य उज्ज्वल छ। सुमुधुर छ,’ पाण्डेले भने।

कार्यक्रममा लेखक विष्टले आफ्नो जीवनकै पुस्तक प्रकाशन तथा लोकार्पणमा साथ, सहयोग र हौसला दिने सबैप्रति अभार प्रकट गरे। उनले भने, ‘मेरा कथाहरु डार्कनेस, इलुजन र म्याडनेसको वरिपरि छन्,’ लेखक विष्टले भने, ‘रातको बयान गर्दा कथा पढ्दै गर्दा पाठकलाई पक्कै पनि रात नै परिरहेको भान हुने गरी कथा बुन्न प्रयास गरेको छु।’ विष्टको कथा संग्रह ‘मोहपथ’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५