काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नयाँ ध्रुविकरणमा प्रवेश गरेको छ। आफ्नो राजनीतिक प्रतिवेदनलाई लिएर नेकपा पुनः ध्रुविकरणमा प्रवेश गरेको हो।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पुनर्लेखनको पक्षमा देखिए। त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव नेपालसहितका नेताहरूले ओलीको आकांक्षलाई सिधै अस्विकार गरे।

प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिवेदनको पुनर्लेखन गर्ने कुरा र रक्षामन्त्रीसमेत रहेका नेकपाका नेता ईश्वर पोखरेलले जबजलाई छलफलको विषय बनाइनु पर्ने धारणा राखेपछि नेकपा पुन: ध्रुविकरणको बाटोमा प्रवेश गरेको कुरा स्पष्ट छ। पार्टीमा देखिएको यो नयाँ ध्रुविकरणलाई हेरेर फेरि जनताको बहुदलीय जनवाद (जबज) को बहस चलाउन खोजेको हुनसक्ने नेताहरुको विश्लेषण छ।

प्रचण्ड–माधव नेपाल पक्षले भने जबज र २१औँ शताब्दीको जनवादलगायतका सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुंगो लगाउने पूर्व सहमतिबाट तलमाथि गर्न नहुने धारणा राखेका छन्।

शनिबारको बैठकपछि महासचिव विष्णु पौडलले सञ्चारकर्मीसँगको कुराकानीमा राजनीतिक प्रतिवेदनमा अन्तिम सम्पादनको क्रम चलिरहेको जानकारी दिएका थिए।  उनले भने, ‘अध्यक्षद्धयले सम्पादनको प्रक्रिया कसरी अगाडि बढेको छ, कस्ताकस्ता विषयमा छलफल गरेर कुन ढंगले सम्पादन गरेका छौं भनेर जानकारी दिनुभयो। र, यो प्रतिवेदन सिध्र सम्पादन गर्ने र प्रकाशनमा लैजाने बैठकको निर्णय छ।’

नेकपाका नेता वामदेव गौतमका अनुसार बैठकमा जिल्ला इञ्चाज तथा सहइञ्चाज तोक्ने लगायतका विषयमा भने खासै छलफल भएन। उनले भने, ‘आज जानकारी लिने र दिने काम मात्र भयो । कुनै निर्णय भएन।’

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५