मुग्लिन – चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ। सो मन्दिरको शनिबार प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाले शिलान्यास गरिन्।

मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिकस्थलको संरक्षणमा जुट्न सबैलाई आग्रह गरिन्। उनले मन्दिर पुनःनिर्माणका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिइन्। जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले इच्छाकामना धार्मिक र पर्यटकीयस्थल भएको बताए।

गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनाको विकासविना समृद्ध चितवन बन्न नसक्ने भन्दै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको विकासमा विशेष जोड दिनुपर्ने बताए। सबैको आस्थाको धरोहर इच्छाकामना मन्दिरको प्रचारप्रसार र विकासका लागि गाउँपालिका लागिपरेको उनले बताए।

उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले इच्छाकामनाको धार्मिक धरोहरलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताए। कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले मन्दिर पुनःनिर्माणका लागि रु. ५० लाख प्रदेश सरकारबाट प्राप्त भएको बताए। उनका अनुसार काठ किन्न मात्र रु. ३५ लाख लाग्नेछ। मन्दिर पुनःनिर्माणका लागि करिब रु. ३ करोड लाग्ने बताउँदै उनले आवश्यक सहयोगका लागि पहल गरिदिन सबैलाई अनुरोध गरे।

गोरखाको शहीद लखन गाउँपालिका–२ मा रहेको मनकामनामा माताको मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छ्याएको पूरा हुने धार्मिक विश्वास छ। मनकामनामाईको सात दिदीबहिनी थिए। तीमध्ये एक बहिनी रहेको किंवदन्ती रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए।

इच्छाकामनामा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछिकाे पञ्चमी तिथिमा ठूलो मेला लाग्ने गर्छ। मोटर बाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताए। मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउँछन्। (रासस)

लोकप्रिय

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

अस्तव्यस्त फोहोर व्यवस्थापन

अस्तव्यस्त फोहोर व्यवस्थापन

२०७६, ५ कार्तिक मंगलवार १९:११

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

२०७६, ६ कार्तिक बुधबार २०:२५

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

२०७६, ५ कार्तिक मंगलवार १७:४१

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

२०७६, ६ कार्तिक बुधबार १७:५८

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

२०७६, ५ कार्तिक मंगलवार १२:५३

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

२०७६, ६ कार्तिक बुधबार १७:३२

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

२०७६, ५ कार्तिक मंगलवार १७:०८

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

२०७६, ६ कार्तिक बुधबार १३:२३

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

२०७६, ६ कार्तिक बुधबार १९:२१

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७