
चितवन – कारागार कार्यालय भरतपुरमा शनिबार राति १ कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।
काफ्लेका अनुसार थापा विसं २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए। थापालाई क्यान्सर रोगको सङ्क्रमण देखिएपछि १ महिनाअघि चितवन पठाइएको थियो।
यसैबीच बाघको आक्रमणमा परी घाइते भएका माडी नगरपालिका–६ कल्याणपुरका गङ्गाधर सुवेदीको निधन भएको छ। भरतपुर अस्पतालमा उपचारको क्रममा सुवेदीको शनिबार निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उपचारको क्रममा सुवेदीको टाउकोको शल्यक्रियासमेत गरिएको थियो।
असार ३ गते दिउँसो माडीको सिमरा गाउँनजिकै काँसघारीमा गाईवस्तु चराउन गएका ६७ वर्षीय सुवेदीलाई बाघले आक्रमण गरेको थियो। (रासस)


लोकप्रिय

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने
२०७६, २५ मंसिर बुधबार १८:१३

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…
२०७६, २६ मंसिर बिहीबार २०:१३

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर
२०७६, २५ मंसिर बुधबार १५:५३

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार
२०७६, २५ मंसिर बुधबार १८:०४

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या
२०७६, २५ मंसिर बुधबार १५:५३

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद
२०७६, २५ मंसिर बुधबार १५:०७

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प
२०७६, २६ मंसिर बिहीबार २०:४७

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!
२०७६, २५ मंसिर बुधबार १६:४९

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै
२०७६, २५ मंसिर बुधबार १४:१९

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा
२०७६, २६ मंसिर बिहीबार १७:१६

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने
२०७६, २६ मंसिर बिहीबार १७:०२

प्रहरी सक्रियतामा रोकियो बालविवाह
२०७६, २६ मंसिर बिहीबार ०९:५६

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट
२०७६, २६ मंसिर बिहीबार २१:०५

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)
२०७६, २६ मंसिर बिहीबार १७:१५

चुरोट पिउने महिलामा हुने १० खतराहरू
२०७६, २६ मंसिर बिहीबार १८:५९
