महोत्तरी – महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ। गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रूपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो। अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररूप लिएको प्रहरी इन्स्पेक्टर किशोर आचार्यले बताए।

यता कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी इन्स्पेक्टर आचार्यले बताए। सोही क्रममा उपप्रमुख पक्षको राजपा नेता ज्ञानु झा घाइते भएका छन्। उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

असार मसान्तको समयमा पनि कार्यालयमा नियमित रूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसारको कामकाज समयमै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।  (रासस)

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

२०७६, १४ फाल्गुन बुधबार ०८:४२