पर्वत – नेपालका उत्कृष्ट सय पर्यटकीय गन्तव्यभित्र अटाएको पर्वतमा रहेको महाशिलाको पर्यटकीय विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ।

महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिला भनी दाबी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्ने योजनाका साथमा डीपीआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिए।

विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थल निर्माणका लागि शिलामा १ सय ८ फिट अग्लो हुने गरी भगवान् शिवको मूर्ति निर्माण गर्ने योजना अगाडि सारिएको छ।

यस्तै, शिलाको बीच भागमा सिसाको पुल निर्माण गर्ने, शिलाको शिर भागमा त्रिकोणात्मक सिसाको पुल निर्माण गर्ने, आश्रमस्थल निर्माण गर्ने, उद्यान बनाउने, योगकक्ष निर्माण गर्ने तथा ढुङ्गाको बगैँचा निर्माण गर्ने काम डीपीआरमा समावेश गरिएका उचैले जानकारी दिए।

पर्यटनमार्फत पर्वतवासीको आर्थिक समृद्धिका लागि यो योजना निकै महत्त्वपूर्ण हुनसक्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख राजु पौडेलले बताए।

कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन रोक्ने निर्णय

पर्वतको जलजला गाउँपालिकामा भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य वस्तु उत्खननमा रोक लगाइने भएको छ। गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असारदेखि भदौ १५ सम्म नदीमा उत्खनन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो।

यसअघि कालीगण्डकी नदीमा गाउँपालिकाकै मिलेमतोमा नदीबाट स्काभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन भएको आरोप खेप्दै आएको जलजला गाउँपालिकाले यसपटक वर्षायामका ३ महिना पूर्णरूपमा उत्खनन रोक्ने निर्णय गरेको हो। पर्वतमा नदीजन्य पर्दाथको सबैभन्दा बढी उत्खनन हुने जलजला गाउँपालिकाभित्र असार, साउन र भदौमा नदीबाट स्काभेटर प्रयोग गरेर बढी मात्रामा बालुवा उत्खनन हुँदै आएको थियो।

वर्षायाममा नदीजन्य पदार्थ उत्खनन गर्न ऐन कानूनले समेत रोक लगाएका कारण यसलाई पूर्णरूपमा कार्यान्वयन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए। (रासस)

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार २०:५०

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

२०७६, ३ मंसिर मंगलवार १७:१५

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

पारस र सोमपालसहित ७ नेपाली क्रिकेटर पीएसएलको ड्राफ्टमा

पारस र सोमपालसहित ७ नेपाली क्रिकेटर पीएसएलको ड्राफ्टमा

२०७६, २ मंसिर सोमबार १५:५१