वीरगञ्ज – वीरगञ्जमा निर्माणाधीन नयाँ कार्पेट उद्योग आगामी साउनदेखि सञ्चालनमा आउने भएको छ। केडिया अर्गनाइजेशन र भैरहवाको रिलायन्स समूहको गरी ६० करोडको लगानीमा बनेको उक्त यती कार्पेट प्रालि वीरगञ्ज महानगरपालिका–३२, चोर्नीमा सञ्चालनमा आउन लागेको हो। नयाँ उद्योगको करिब ९० प्रतिशत काम सकिइसकेको उद्योगका इन्जिनियर धर्मेन्द्र यादवले जानकारी दिए।

केडिया परिवारको लगानी रहेको भक्तपुरको यती कार्पेट उद्योग दुई वर्षअगाडि आगलागी भएपछि बन्द रहेको थियो। उद्योगमा आगलागी हुँदा करिब ४० करोडको क्षति भएको थियो। उद्योगका सञ्चालक अनिल केडियाले भने, ‘आगलागीपश्चात् उक्त उद्योग सञ्चालनमा आउन सकेको थिएन। अब सोही ब्राण्डलाई निरन्तरता दिन लागेका हौँ। अहिले भैरहवाको रिलायन्स समूह पनि थपिएर लगानी बढेको छ। अब पहिलेकै ब्राण्डमा तर नयाँ प्रविधिका साथ उत्पादन शुरू गर्ने गरी वीरगञ्जमा नयाँ उद्योग स्थापना गरेका हौँ।’

रिलायन्सका नारायण टोडी र केडिया अर्गनाइजेशनका अनिल केडिया सञ्चालक रहेको उक्त उद्योग एक वर्षअघिदेखि निर्माण शुरू गरिएको हो। ६ विगाह क्षेत्रफलमा फैलिएको उक्त उद्योग चोर्नीको टेढा चोकबाट एक किलोमिटर उत्तरमा निर्माण गरिएको छ। ६ वर्षअघि हेटौँडाको यती पोलिकेमदेखि शुरू भएको यी दुई समूहको साझेदारीले नेपाली बजारमा केही समयपहिले लोकप्रिय बनेको यती कार्पेट पनि फेरि बजारमा आउने भएको छ।

सञ्चालक अनिल केडियाले भने, ‘हामीले ६ वर्षपहिले हेटौँडाको उद्योगमा लगानी गरेर पीभीसी प्लोरिङ उत्पादन गर्दै आएका छौँ, त्यो उद्योगको पूँजी अहिले ७५ करोड पुगेको छ, वीरगञ्जको उद्योगमा पनि साझेदारीमै लगानी गरेका हौँ।’

इन्जिनियर यादवका अनुसार अहिले उद्योगमा मेशिन जडान तथा परीक्षणको काम शुरू भएको छ। साउनदेखि मेशिन सञ्चालन गर्ने लक्ष्य लिएका छौँ।’ व्यवस्थापन पक्षले जर्मनी कम्पनी विचिङको अटोमेटिक प्रविधि भित्र्याएको छ। चीनबाट भारत कोलकत्ता हँुदै मेशिनहरू वीरगञ्ज पुगेका थिए। उद्योगका सञ्चालक अनिल केडियाका अनुसार उक्त उद्योगको १२ घण्टामा करिब ७५ हजार मिटर लम्बाइमा कार्पेट उत्पादन गर्ने क्षमता रहेको छ ।

यसअघि यती कार्पेटको नेपाली बजार हिस्सा ५५ प्रतिशत थियो। तर, दुई वर्षदेखि कम्पनीको बजार हिस्सा खस्किएको छ। भक्तपुरको उद्योग जलेर नष्ट भएपछि अहिले यती पोलिकेम हेटौँडाको उत्पादन मात्र बजारमा विक्री वितरण भइरहेको छ। यति कार्पेट सन् १९९२ मा स्थापना भएको र त्यसपछि विराटनगरको एसटी कार्पेट, काठमाडौंको हेरिटेज र भैरहवामा पनि आशी कार्पेट सञ्चालनमा छन्। सञ्चालक अनिल केडिया भन्छन्, ‘पहिले कम उद्योग थिए, मार्केट सानो थियो। तर, अहिले कार्पेट उद्योग बढ्दै गएको र बजारको माग पनि वृद्धि भएकाले खासै फरक पर्दैन।’

उनका अनुसार उद्योगले बेल्जियम, चीन र भारतबाट फाइबर कच्चा पदार्थ ल्याई कार्पेट उत्पादन गर्नेछ। साउनदेखि उत्पादन हुने ननउभन क्वालिटीको कार्पेटको दाम प्रतिरनिङ मिटर रू. ४ सयदेखि ६ सय रुपैयाँभित्र पर्ने कम्पनीले बताएको छ।

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१