पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहहरूका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुदानमार्फत २ अर्ब ४५ करोड ७८ हजार रुपैयाँ वितरण गर्ने भएको छ। प्रदेश सरकारले प्रदेशअन्तर्गतका ८५ वटा स्थानीय तहलाई दामासाहीले रकम विनियोजन गरेको हो।

स्थानीय तहहरूले प्रदेश सरकारले दिएको अनुदान र आफ्नो आन्तरिक स्रोत प्रयोग गरी आफ्नो बजेट बनाउँदै छन्। स्थानीय निकायको विकास निर्माण र पूर्वाधार विकासमा सघाउ पुर्‍याउने उद्देश्यले बजेटको पूर्वसन्ध्यामा सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुदानमार्फत रकमको व्यवस्था गरेको हो।

गण्डकी प्रदेशको अर्थ मन्त्रालयका अनुसार अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुदानमार्फत सरकारले कास्कीको पोखरा महानगरपालिकालाई २ करोड १४ लाख ४४ हजार समानीकरण र सशर्तमा १ करोड रुपैयाँ छुट्याइएको छ। रूपा गाउँपालिकाले समानीकरणमा १ करोड २० लाख ९० हजार र समपूरकमा १ करोड विनियोजन गरिएको छ।

त्यसैगरी, मादी गाउँपालिकाका लागि १ करोड १९ लाख २९ हजार समानीकरण र समपूरकमा १ करोड विनियोजन गरिएको छ। माछापुच्छ्रे गाउँपालिकाका लागि समानीकरणमा १ करोड १९ लाख ४३ हजार र समपूरकमा १ करोड रुपैयाँ नै दिइएको छ। अन्नपूर्ण गाउँपालिकाका लागि १ करोड २० लाख ११ हजार समानीकरण र समपूरकमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै, बागलुङले २ करोड ३० लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ। बागलुङ नगरपालिकाले समानीकरण र समपूरकमा १ करोड २० लाख ५५ हजार र १ करोड रुपैयाँ प्राप्त गरेको छ। काठेखोला गाउँपालिकाले १ करोड २३ लाख ६० हजार समानीकरण अनुदान प्राप्त गरेको छ। सशर्त अनुदान ८० लाख प्राप्त गरेको छ।

यसैगरी, ताराखोला गाउँपालिकाले समानीकरणमा १ करोड २० लाख ६७ हजार र सशर्तमा २० लाख रुपैयाँ पाउने भएको छ। तमाङखोलाले १ करोड २० लाख ९२ हजार समानीकरण र सशर्ततर्फ ८० लाख रुपैयाँ अनुदान पाउने भएको छ। ढोरपाटन नगरपालिकाले समानीकरणमा १ करोड २३ लाख ४६ हजार, समपूरकतर्फ १ करोड रुपैयाँ प्राप्त गरेको छ। निसीखोलाले १ करोड २१ लाख ७३ लाख र सशर्तमा २० लाख रुपैयाँ प्राप्त गर्दै छ। बढीगाडले समानीकरणमा १ करोड २३ लाख ७७ हजार र सशर्तमा १ करोड रुपैयाँ प्राप्त गर्ने भएको छ। गलकोट नगरपालिको समानीकरणमा १ करोड २३ लाख ३३ हजार सशर्तमा ९० लाख रूपैयाँ प्राप्त गर्नेछ। बरेङ गाउँपालिको समानीकरणमा १ करोड २१ लाख १४ हजार र ८० लाख सशर्तमा ८० लाख रूपैयाँ छुट्याइएको छ। जैमिनीको भागमा समानीकरणमा १ करोड २३ लाख ६९ हजार र सशर्तमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

संघ सरकारमार्फत आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले सबैभन्दा कम अर्थात् १२ अर्ब ४६ करोड रुपैयाँ पाएको छ। प्रदेश सरकारले प्रदेशका ११ वटा जिल्लाका ८५ स्थानीय तहहरूलाई वित्तीय समानीकरण, समपूरक, सशर्त र विशेष अनुदानमार्फत रकम दिनेछ।

जिल्लागत विवरणअनुसार प्रदेश सरकारबाट सबैन्दा बढी गोरखाका ११ स्थानीय तहलाई २२ करोड ९५ लाख रुपैयाँ, लमजुङका ८ स्थानीय तहका लागि १७ करोड २२ लाख, तनहुँका १० स्थानीय तहका लागि २० करोड ९१ लाख, प्रदेशकै एक मात्र महानगरपालिकासहित ५ स्थानीय तह रहेको कास्कीले १२ करोड ९४ लाख पाउनेछ भने सबैभन्दा कम ४ गाउँपालिका रहेको मनाङले प्रदेश सरकारबाट ८ करोड ७६ लाख रुपैयाँ पाउनेछ।

पर्वतका ७ स्थानीय तहले १५ करोड ४२ लाख रुपैयाँ, स्याङ्जाका ११ स्थानीय तहले २३ करोड ९५ लाख, हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहले १२ करोड २४ लाख र मुस्ताङका ५ गाउँपालिकाले अनुदानबापत प्रदेश सरकारबाट १० करोड ९३ लाख रुपैयाँ पाउनेछन्। बाग्लुङका १० स्थानीय तहलाई २० करोड २ लाख र कान्छो जिल्ला नवलपुरका ८ स्थानीय तहलाई सरकारले १७ करोड ३९ लाख रुपैयाँ अनुदान दिनेछ। प्रशासकीय भवन, क्रमागत समपूरक र विशेष अनुदानका लागि ६३ करोड रुपैयाँ छुट्याइएको छ।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७