काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान) लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी जुलाईमा फुकुवा गर्ने दाबी गरेका छन्। उनले आज आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो चारवर्षे कार्यकालको प्रगतिविवरणबारे जानकारी दिँदै जुलाईमा बस्ने आईसीसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने दाबी गरेका हुन्। भोलि कार्यकाल सकिँदै गरेका विष्टले यदि आफ्नो कार्यकाल दोहोरिएको खण्डमा आईसीसीको हेडक्वार्टरमै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताए।

क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया शुरू गर्नुपर्नेमा पनि उनले जोड दिए। केही स्वार्थी तत्वहरूका कारण क्यान विवाद समाधान हुन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा क्यान निलम्बनमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए। क्यानको विवादित कमिटीले अदालतमा मुद्दा दायर गरेर समस्या सामाधानमा अवरोध गरेको पनि उनको आरोप छ।

विगतमा पटकपटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आगामी डिसेम्बर १ देखि प्रतियोगिता शुरू हुने विष्टको जिकिर छ। प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि उनले बताए। उनका अनुसार डिसेम्बरमा पनि नेपालले यो प्रतियोगिता गर्न नसके प्रतियोगिता आयोजनाको जिम्मेवारी नै गुमाउन सक्ने विष्टको भनाइ छ। उनले भने, ‘संरचना निर्माण धमाधम भइरहेको छ। नीतिगत समस्या केही छैन । बजेटका विषयमा अध्ययन भइरहेको छ। अब डिसेम्बरमा बल, विवेक, क्षमताको प्रयोग गरेर प्रतियोगिता सम्पन्न गर्नुपर्छ । हुँदैन कि भन्ने आशंका नगर्नुस्।’

सदस्यसचिव विष्टले आफ्नो नियुक्ति निकै संकटग्रस्त समयमा भए पनि सफलतापूर्वक काम गरेको दाबी गरे। भूकम्पपछि खेलकुद संरचना ध्वस्त भएको, राजनीतिक अस्थिरता, सबैजसो खेलकुद संघमा विवाद, बजेटको अभावजस्ता समस्यालाई चिर्दै आफूले कार्यकाल सफल बनाएको उनको दाबी छ। उनले आफ्नो कार्यकालमा इतिहासमै पहिलोपटक राखेपको तर्फबाट श्वेतपत्र जारी, खेल विश्वविद्यालय, खेल अस्पताल, वैदेशिक प्रशिक्षण, अन्तर्राष्ट्रिय पदक जित्नेलाई आजीवन भत्ताको व्यवस्थाजस्ता कार्यहरू गरिएको बताए।

त्यसैगरी, विगतमा एक सयभन्दा कम योजना बन्ने गरेकोमा आफ्नो कार्यकालमा खेलाडीको स्वास्थ्य, दुर्घटना र जीवन बीमाजस्ता ७ सयभन्दा बढी योजना बनाएर आफ्नो कार्यकाल स्वर्णिम बनाएको उनले दाबी गरे। विभन्न खेलका लागि आवश्यक भौतिक संरचना बनाएको, कतिपय बन्ने क्रममा रेहको र केहीको प्रक्रिया शुरू गर्न लागिएको विवरण पनि उनले सुनाए।

फुटबल, कराँते, कुस्ती, बक्सिङजस्ता खेल संघमा भएको विवाद समाधान गर्नु पनि आफ्नो कार्यकालको ठूलो सफलता भएको उनको भनाइ थियो। २–२ वर्षमा गर्नुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसकिरहेको अवस्थामा आफूले नियमित गराएको जानकारी पनि विष्टले दिए। उनका अनुसार विगतमा नभएको पारा नेशनल खेल प्रतियोगिता, जेष्ठ नागरिकका लागि खेल र तेस्रो लिङ्गीलाई पनि खेल क्षेत्रमा सहभागी गराइएको छ। आफ्नै कार्यकालमा क्रिकेटले एक दिवसीय मान्यता पाएको, भलिबल, कबड्डी खेलले पहिलोपटक अन्तराष्ट्रिय पदक जित्न सफल भएको छ, तयस आफू सन्तुष्ट रहेको उनले बताए।

विगतमा एक सयभन्दा कम अन्तर्राष्ट्रिय पदक नेपाल भित्रिने गरेकोमा यस वर्ष त्यो संख्या ११ सय पुगेको पनि उनले बताए। आफ्नो कार्यकालमा महिलालाई खेल क्षेत्रमा सक्रिय बनाउन गाउँगाउँमा प्रशिक्षक पठाएको र आत्मरक्षाको तालिमसमेत प्रदान गरिएको उनले जानकारी दिए।

आफूले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्ने अवधारणा ल्याएको बताउँदै विष्टले हाई अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि हेलम्बुमा अध्ययन भइरहेको पनि बताए। उनले भने, ‘समग्रमा मैले आफ्नो चारवर्षे कार्यकालमा सम्पन्न गरेका राम्रा कामकै कारण पनि मलाई सदस्यसचिव बनाउँदा विरोध गर्ने र मन नपराउनेले समेत अहिले मेरो प्रशंसा गर्न थालेका छन्।’

भाेलि साेमबारसम्म मात्रै कार्यकाल रहेका विष्टले दोस्रो पटक पनि सदस्यसचिवको जिम्मेवारी पाउने अपेक्षा गरेका छन्।

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१