काठमाडौँ – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज आइतबार कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ। आज नेप्से १० दशमलव १ अङ्कले घटेर १ हजार २ सय ५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १ अङ्कले घटी २ सय ६९ दशमलव ६० बिन्दुमा पुगेको छ। नेप्से परिसूचक ओरालो लागेसँगै कारोवार रकमसमेत घटेको छ। कूल १ सय ७२ कम्पनीको १५ लाख ७५ हजार ३ सय ४० कित्ता शेयर रू ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ। विकास बैंक १ दशमलव ५१, वित्त शून्य दशमलव ४ र सामूहिक लगानी कोष शून्य दशमलव ३ अङ्कले बढेको छ। यस्तै बैंकिङ ६ दशमलव ९२, होटल १४ दशमलव ६८, जलविद्युत् १३ दशमलव ३३, जीवन बीमा ८५ दशमलव २७, उत्पादन २९ दशमलव १, अन्य ७ दशमलव ९६, लघुवित्त १५ दशमलव ५ र जीवन बीमा ७३ दशमलव ८८ अङ्कले घटेको छ।

स्टकका अनुसार आज कारोबारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ। सो बैंकको रू. ४ करोड १० लाख १ हजार ३ सय ७५ मूल्यमा शेयर खरीद बिक्री भएको छ। यस्तै, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रू. २ करोड ३२ लाख ७७ हजार, चिलिमे जलविद्युत् कम्पनी रू. २ करोड २८ लाख ६३ हजार, सिभिल बैंकको संस्थापक शेयर रू. २ करोड २३ लाख ८५ हजार, नेपाल बैंक रू. २ करोड २३ लाख ३७ हजार र नेपाल इन्भेस्टमेण्ट बैंकको संस्थापक शेयर रू. १ करोड ९७ लाख १० हजारबराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ।

घटेको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९३ प्रतिशतले कमाएको छ। त्यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९ दशमलव ८२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ८ दशमलव ५९, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव ९८, मितेरी डेभलपमेण्ट बैंक २ दशमलव ७८ र सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १ दशमलव ९७ प्रतिशतले कमाएका छन्।

स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्था ६ दशमलव ५५, शिखर इन्स्योरेन्स कम्पनी ६ दशमलव ४५, सिभिल बैंक लिमिटेडको संस्थापक शेयर ५ दशमलव १२, नयाँ नेपाल लघुवित्त विकास बैंक ५ प्रतिशत र पाँचथर पावर कम्पनीका शेयरधनीले ४ दशमलव ७९ प्रतिशतले गुमाएका छन्। (रासस)

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१