काठमाडौँ – सातै प्रदेशका मुख्य मन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको भैँसीपाटीमा भवन निर्माण हुने भएको छ। शहरी विकास मन्त्रालयले आउँदो आर्थिक वर्षबाट भवन निर्माणको काम अघि बढाउने भएको छ।

‘मुख्य मन्त्री तथा प्रदेश प्रमुखका लागि भवन निर्माण हुने भएको हो’, शहरी विकास मन्त्रालयका सह–सचिव कृष्णप्रसाद दवाडीले भने, ‘आउँदो आर्थिक वर्षबाट निर्माणको काम अगाडि बढ्छ।’ भैँसीपाटीमा निर्माण हुने भवनको डिजाइन बनाउने काम अहिले भइरहेको शहरी विकास तथा भवन निर्माण विभागका प्रवक्ता पद्मकुमार मैनालीले जानकारी दिए। भवन निर्माण हुनुभन्दा अघि प्रदेश प्रमुख तथा मुख्यमन्त्री बस्नका लागि अपार्टमेन्टको व्यवस्था गर्ने गरी काम अगाडि बढेको छ।

त्यसका लागि शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय स्थापना गरेर काम अघि बढाएको छ। मुख्य मन्त्री तथा प्रदेश प्रमुखहरूका लागि ललितपुरको धापाखेलमा १५ वटा अपार्टमेन्ट लिने तयारी अन्तिम चरणमा पुगेको छ।

मुख्य मन्त्री तथा प्रदेश प्रमुखहरूले अपार्टमेन्टको निरीक्षण गरेपछि सम्झौता गरिने संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए। सातवटा अपार्टमेन्ट सात जना मुख्य मन्त्रीका लागि र अर्को सातवटा अपार्टमेन्ट सात प्रदेश प्रमुखका लागि भाडामा लिने तयारी भएको हो। एउटा अपार्टमेन्ट अन्य प्रयोजनका लागि लिइने तयारी संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको छ।

प्रत्येक अपार्टमेन्टको भाडा ५१ हजार रुपैयाँ प्रतिमहिना रहेको छ। अपार्टमेन्टमा आन्तरिक सुरक्षा अपार्टमेन्टको व्यवस्थापन पक्षले गर्ने तयारी रहेको छ। सीसी टीभी, अपार्टमेन्टको सुरक्षाका लागि गार्डको व्यवस्था अपार्टमेन्ट व्यवस्थापन पक्षले गर्नेछ। त्यसका लागि सरकारले खर्च गर्नुपर्ने छैन।

पानी, सरसफाइलगायतको सुविधा पनि अपार्टमेन्ट व्यवस्थापन पक्षले नै गरिदिनेछ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अपार्टमेन्टको सिफारिश शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागलाई गरेको छ।

अब अपार्टमेन्ट प्रयोगमा ल्याउन मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुले निरीक्षण गरेर ठीक भएको सिफारिश गर्नुपर्नेछ। मुख्यमन्त्री तथा प्रदेश प्रमुख बसेपछि मात्र भाडा तिर्ने गरी अपार्टमेन्ट भाडामा लिने काम अघि बढाइएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए। मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई अपार्टमेन्टमा बस्न मन नलागेका दुई महिनाअघि सूचना दिएर अन्तै सर्न सकिने गरी संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सम्झौताको काम अगाडि बढाएको हो।

भैँसीपाटीको सरकारी जग्गामा भवन निर्माण सम्पन्न नहुँदासम्म अपार्टमेन्टमै मुख्य मन्त्री तथा प्रदेश प्रमुखलाई राख्ने तयारी सरकारले गरेको छ। यी अपार्टमेन्ट प्रयोगमा आए सरकारले एक महिनामा मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरूको सम्पर्क कार्यालयका लागि मासिक भाडा ७ लाख ६५ हजार तिर्नुपर्नेछ। मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरूले खाने व्यवस्था भने आफैँले गर्नेछन्। आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी पनि उनीहरूले राख्नेछन।

सरकारले केन्द्रमा प्रदेश प्रमुख ताथ मुख्य मन्त्रीहरू आउँदा बैठक, छलफल तथा डेलिगेसनको काममा सजिलो होस् भनेर अपार्टमेन्ट भाडामा लिन लागेको हो। त्यसकै लागि भैँसीपाटीमा पनि भवन निर्माणको काम अगाडि बढेको हो।

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५