गौशाला – बालिकाको मृत्युपछि आइतबार दिनभरि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज (साेमबार) बिहानैदेखि सञ्चालन भएको छ।

जलेश्वर नगरपालिका–३ खैरा गाउँ बस्ने प्रमोद यादवकी ४ वर्षीया छोरी शिवानी यादवको डाक्टरले उपचार नगरिदिँदा मृत्यु भएको भन्दै उनका परिवारजन र स्थानीयको एक समूहले बालिकाको शव जिल्ला अस्पतालको मूलढोका अगाडि राखेर अस्पतालमा तालाबन्दी गरेपछि आइतबार दिनभरि सो अस्पताल बन्द रहेको थियो।

मृतक बालिकाका परिवारजन तथा युवा समूहले अस्पतालको ओपीडी, स्वास्थ्य कार्यालय, स्वास्थ्य कार्यालय प्रमुख डा. राजीव झाको क्वार्टर र बालिकालाई उपचारका लागि ल्याइएको बेला ड्युटीमा रहेको तर अस्पतालमा उपचारको लागि नआएका डा. केशर चौधरीको क्वार्टरमा तालाबन्दी गरिदिएका थिए। तर, अस्पतालको आकस्मिक कक्ष भने सञ्चालनमा नै रहेको थियो।

आइतबार बिहान ४ बजेतिर अत्यधिक झाडाबान्ता लागेर उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएकोमा ड्युटी भएका डाक्टर केशर चौधरी तथा स्वास्थ्य कार्यालय प्रमुख डा. राजीव झासमेत नआइदिएको र उपचारमा रहेका जुनियरले बालिकालाई उपचारै नगरी जनकपुर रेफर गरिदिएपछि बालिकाको बाटैमा मृत्यु भएपछि आक्रोशित परिवारजनले बालिकाको शव अस्पतालमा राखेर बन्द गराएका थिए।

तालाबन्दीका कारण अस्पतालका ओपीडी सेवा, ल्याब र स्वास्थ्य कार्यालय सञ्चालन नभएपछि सेवाग्राही मारमा परेपछि आइतबार नै जिल्ला प्रशासनमा बसेको पीडित पक्ष र अस्पताल प्रशासनबीच दोषी देखिएका डाक्टरलाई कारवाही तथा स्वास्थ्य कार्यालय प्रमुख झालाई समेत कारवाहीका लागि विभाग र मन्त्रालयमा लिखित रूपमै पत्राचार गरिएपछि आज बिहानैदेखि सो अस्पताल सञ्चालन भएको हो।

दोषी डाक्टर तथा कार्यालय प्रमुख झामाथि कारवाहीका लागि सहमतिपछि बालिकाको शव संस्कारका लागि लगिएको थियो भने आज बिहानैदेखि अस्पताल पूर्ववत् नै सञ्चालन भएको जनाइएको छ। (रासस)

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

२०७६, १ मंसिर आईतवार २१:३६

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

२०७६, १ मंसिर आईतवार १०:३३