काठमाडौँ – यात्राका लागि सबैलाई सवारीसाधनको आवश्यकता हुन्छ। यस्तै, सर्वसाधारणका लागि सहज, सजिलो र छिटो सवारीसाधन हो मोटरसाइकल। अहिले हरेक मानिसको परिवारसँग एक वा एकभन्दा बढी सवारीसाधन हुने गर्दछ। पछिल्लो समय उपत्यकाभित्र बढ्दो मानिसहरूको चापसँगै दुईपाङ्ग्रे सवारी (मोटरसाइकल) को संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ।

बढ्दो सवारी साधनसँगै मोटरसाइकल चोरी हुने क्रम पनि बढ्दो रूपमै रहेको तथ्यांकले देखाएको छ। हराएका मोटरसाइकलमध्ये केही मात्रामा भेटिन्छन् भने धेरैजसो भेटिँदैनन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रत्येक दिन तीनदेखि चारवटासम्म मोटरसाइकल हराउने गरेको छ। गत पाँच वर्षको महाशाखाको तथ्यांक हेर्ने हो भने मोटरसाइकल चोरी गर्नेहरूको संख्या पनि बढ्दै गएको छ।

महानगरीय ट्राफिक महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ मा हराएका निवेदन ७ सय ४० दर्ता भएका थिए। त्यसमध्ये अनुसन्धानमा ल्याएको संख्या ३ सय ६६ रहेको छ। यसैगरी, चोरी भई समातिएका २ सय ४ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको तथ्यांकमा उल्लेख छ। त्यस्तै, मोटरसाइकल नियन्त्रणमा ल्याइएको तर सवारी धनी सम्पर्कमा नआई भन्सारमा बुझाइएको संख्या २ सय ७ रहेको छ।

त्यसैगरी, आव २०७१/७२ मा ४ सय ७१ हराएको निवेदन दर्ता गरिएकोमा र बेवारिसे ठाउँमा भेटिएको गरी अनुसन्धानमा ल्याइएको संख्या ७ सय ११ रहेको छ। त्यसमा अनुसन्धानपछि सवारी ३६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ। त्यस्तै, चोरी भई नियन्त्रणमा लिएर सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको संख्या १ सय १४ रहेको छ, जसमध्ये ४ सय भने भन्सारमा पठाइएको थियो।

आव २०७२/७३ मा ७ सय ३३ हराएको निवेदन दर्ता भएकोमा ३ सय ६६ अनुसन्धानमा ल्याइएको थियो। साथै, अनुसन्धानपछि धनीलाई जिम्मा लगाइएको संख्या ६२ रहेको छ भने चोरी भई धनीलाई जिम्मा लगाएको संख्या १ सय ३१ रहेको छ। यस्तै सम्पर्कमा नआएका मोटरसाइकलमा १ सय ८८ भन्सार पठाइएको महाशाखाले जनाएको छ।

आव २०७३/७४ मा १ हजार १४ महाशाखामा हराएको निवेदन दर्ता भएकोमा अनुसन्धानमा २ सय ९२ वटा मोटरसाइकलहरू ल्याइएको देखिन्छ। अनुसन्धानपछि सवारीधनीहरूलाई जिम्मा लगाउनेको संख्या ३५ रहेको छ। यस्तै, चोरी भई धनीलाई जिम्मा लगाएको संख्या १ सय ८३ छ भने सम्पर्कमा नआई भन्सारमा बुझाइएको संख्या ५१ रहेको छ।

यस्तै, २०७४/७५ मा १ हजार ३ सय ८१ हराएका मोटरसाइकलको उजुरी परेकोमा अनुसन्धानमा ३ सय ७६ वटा मोटरसाइकल ल्याइएको थियो। अनुसन्धानपछि ३४ सवारी धनीलाई जिम्मा दिएको महाशाखाको तथ्यांकमा उल्लेख छ। त्यस्तै, चोरी भई नियन्त्रणमा ल्याएर सम्बन्धित धनीलाई जिम्मा लगाएको मोटरसाइकलको संख्या २ सय ५१ रहेको छ।

त्यसैगरी, २०७५/७६ मा १ हजार ५ सय ५० हराएको निवेदन दर्ता भएकोमा अनुसन्धानमा ल्याइएको संख्या ४ सय ६७ छ। अनुसन्धानमा ल्याइएका ५५ वटा मोटरसाइकल सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको छ। त्यस्तै, चोरी भई सवारीधनीलाई जिम्मा दिएको संख्या २ सय २० छ भने भन्सारमा ४२ वटा मोटरसाइकलहरू बुझाइएको छ।

गत पाँच वर्षको तथ्यांक हेर्ने हो भने वर्षेनि मोटरसाइकल चोरीको संख्या बढ्दै गएको पाइन्छ। त्यसमध्ये केही मात्रामा अनुसन्धानमा ल्याएर सवारीधनीलाई जिम्मा लगाइए पनि अधिकांश मोटरसाइकल नभेटिएको अवस्था तथ्यांकले देखाएको छ। केही सवारीधनीहरू सवारी लिन सम्पर्कमै नआएका कारण त्यस्ता सवारीसाधन भन्सारमा पठाइएको संख्या पनि धेरै रहेको तथ्यांकले देखाएको छ।

चोरी हुनेमा मोटरसाइकल मात्र होइन, चारपाङ्ग्रे सवारी पनि रहेको देखिन्छ। तर, पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा चारपाङ्ग्रे सवारीसाधनको चोरीमा भने कमी आएको पाइन्छ। गत पाँच वर्षको तथ्यांकअनुसार चारपाङ्ग्रे सवारीसाधन हराएको निवेदन १७ जनाले दर्ता गरेकोमा बेवारिसेसमेत गरी महाशाखाले हालसम्म नियन्त्रणमा लिएका चारपाङ्ग्रे सवारी कार, जीपको संख्या १ सय ५५ रहेको छ। यस्तै, गाडीधनीलाई २६ वटा जिम्मा लगाइएको छ भने १ सय ४५ वटा भन्सार पठाइएको तथ्यांकमा उल्लेख छ।

महाशाखाले धनी नखुलेका चोरीका मोटरसाइकलहरू पनि धेरै संख्यामा नियन्त्रणमा लिएको तथ्यांकमा उल्लेख छ। यस्तै, धनी नखुलेका मोटरसाइकलहरू भन्सार कार्यालय पठाउने गरेको महानगरीय प्रहरी कार्यालयका डीएसपी पदमबहादुर विष्टले जानकारी दिए। उनले भने, ‘भन्सार कार्यालयले पनि हकदाबी गर्न आउनका लागि भने सूचना निकाल्छ। सूचना निकालेको समयावधिमा व्यक्तिले भन्सार कार्यालयमा सम्पर्क गरेन भने मोटरसाइकल लिलामी हुन्छ।’

डीएसपी विष्टका अनुसार कतिपय गाडीहरू भारतबाट ल्याएर बेवारिसे अवस्थामा छोडिएको हुन्छ। मोटरसाइकल रातको समय र पार्किङ गरेको अवस्थामा बढी चोरी हुने उनले बताए। चोरी भएको मोटरसाइकलहरू धेरैजसो राजधानीनजिकका जिल्ला सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोटतिर नै बढी लैजाने गरेको उनले नेपाली पब्लिकसँगको कुराकानीमा भने। प्रायःजसो मोटरसाइकलहरूका पार्टपूर्जाहरू फेरेर नजिकको बजारमा विक्री गर्ने पनि गरेको पाइएको पनि उनले बताए।

डीएसपी विष्टले भने, ‘मोटरसाइकल चोरी गर्नेहरूलाई महानगरीय प्रहरीले पक्राउ पनि गरेको छ। विगतमा चोरहरूका लागि कडा सजायको व्यवस्था नभएकाले पनि बढी चोरी हुने गरेको हो भनिन्थ्यो। तर, पछिल्लो समय चोरीसम्बन्धी कडा कानूनी व्यवस्था हुँदासमेत मोटरसाइकल चोरी हुने क्रम घटेको छैन। यसका लागि हामीले सक्दो कम गर्ने प्रयास भने गरेका छौँ।’

लोकप्रिय

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

२०७६, १४ माघ मंगलवार १६:४१

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

२०७६, १४ माघ मंगलवार १७:२७

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

२०७६, १४ माघ मंगलवार १७:०९

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

२०७६, १४ माघ मंगलवार १७:१७

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

२०७६, १४ माघ मंगलवार १६:१६

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

२०७६, १४ माघ मंगलवार १२:०९

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

२०७६, १३ माघ सोमबार १९:०५

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

२०७६, १३ माघ सोमबार १७:०९