काठमाडौँ – सरकारले मनसुनको समयमा बाढीपहिरो र डुबानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्वतयारी गरिएको जनाएको छ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले सबै प्रदेशका विभिन्न रणनीतिक स्थानमा खोज उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताए।

त्यस क्रममा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति भएको, जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याइसकेको तथा स्थानीय तहमासमेत पूर्वतयारी तथा प्रतिकार्यका लागि सक्रिय रहने व्यवस्था मिलाइसकेको उनले जानकारी दिए।

विपद् व्यवस्थापनको आपत्कालीन कार्यको समन्वय गर्न केन्द्रमा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेशस्तरमा २ र ५ मा बाहेक ५ प्रदेशमा आपत्कालीन केन्द्र तथा ५२ जिल्लामा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा रहेको जानकारी दिइयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मानवीय सहायतास्थलबाट गतवर्ष नै सातवटै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा विपद् पूर्वतयारीका लागि टेन्ट (त्रिपाल), डोरी, जेनेरेटर र प्लास्टिक सिट लगायतका सामग्री भण्डारणमा रहेको सरकारले जानकारी गराएको छ।

नेपाली सेनाद्वारा विपद् पूर्वतयारीका लागि इटहरी, काठमाडाैँ र सुर्खेतमा हेलिकप्टरसहितको खोज उद्धार टोली मनसुन सक्रिय भएपश्चात्र तयारी अवस्थामा रहने व्यवस्था मिलाइसकिएको पनि बैठकमा जानकारी दिइयो। केन्द्रीय विपद् व्यवस्थापन कोषमा अहिले रु. १ अर्ब ५३ करोड ३९ लाख २६ हजार रकम मौज्दात रहेको छ।

विषम भू–बनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि, अव्यवस्थित बसोवास र सहरी विकासका कारण नेपालमा प्राकृतिक प्रकोपका घटनाबाट वर्षेनि ठूलो जनधनको क्षति हुँदै आएको छ। विश्वमा प्रकृतिक प्रकोपका धेरै घटना हुने मुलुकको सूचीमा नेपाल २० नम्बरभित्र पर्दछ। प्राकृतिक विपद्का घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण र घटनापछि नागरिकमा पुर्‍याउनुपर्ने आधारभूत सेवामा कमी हुन नदिन पूर्वतयारीले ठूलो भूमिका निर्वाह गर्छ।

समितिले आगामी मनसुनमा बाढी, पहिरो, नदी कटान, हावाहुरी चट्याङ, आँधिबेहरीबाट हुनसक्ने जनधनको क्षतिको आँकलन र विश्लेषण गरी सुरक्षा निकाय, सङ्घीय, प्रादेशिक र स्थानीय समितिको समन्वयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न व्यवस्थित पूर्वतयारी एवं प्रतिकार्य योजना बनाएर काम गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले भनेको छ, विपद् जोखिम व्यवस्थापन कार्यमा एकरूपता ल्याउन, पूर्वतयारी, प्रतिकार्य, पुनर्वास र पुनःनिर्माणका लागि सम्बन्धित निकायबीच समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण यथाशीघ्र गठन गर्नेतर्फ ध्यान दिइयोस्।

यसअघि बैठकमा सांसद रेखा शर्मा, महेश्वरजङ्ग गहतराज, दिलेन्द्रप्रसाद बडू, जनार्दन शर्मालगायतले जोखिम क्षेत्रको पहिचान, खोज, उद्धार र राहतका लागि प्रभावकारी संयन्त्र निर्माण, उचित स्थानमा सामग्रीको भण्डारणको आवश्यक प्रबन्ध मिलाउन सरकारको ध्यानकर्षण गराएका थिए।  (रासस)

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७