वीरगन्ज – पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न २ भारतीय र ६ जना नेपाली गरी ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार मोतिहारीका सुनील प्रसाद, विहार पूर्वीचम्पारण भवानीपुर चैनपुरका गुलाब साह, वीरगन्ज– ६ गहवाका चन्दन सर्राफ, वीरगन्ज–५ रामटोलका राकेशकुमार सिंह, विन्दवासिनी गाउँपालिका–२, बहुअर्वाका सुजित कुमार, छिपहरमाई गाउँपालिका– २, चरगाहा गाउँका राजकुमार साह, रौतहट चन्द्रपुरका विनोद सोनार भनिने सूर्यबहादुर बडाल रहेका छन्।

माईस्थानको सय मिटर दक्षिणमा रहेको कन्हैया साह सोनारको केपी स्वर्णकला सुन पसलमा सवा ३ बजे छापा मारी ती ८ जनालाई नियन्त्रणमा लिएको पर्साका डीएसपी अन्नतराम शर्माले बताए। पर्सा प्रहरीका प्रवक्तासमेत रहेका शर्माका अनुसार छापा मार्दा उनीहरूको साथबाट ४१ लाख ९२ हजार नेपाली रुपैयाँ, २ केजी ९० ग्राम चाँदी फेला पनि परेको छ।

प्रहरीका अनुसार बरामद रकम सुन पसलभित्र रहेको एउटा कोठाबाट बरामद गरिएको हो। प्रहरीले रू. १ हजार, रू. ५ सय र रू. १०० को नोट फेला परेको जनाएको छ। पक्राउ पर्नेमा सुन पसलमा काम गर्ने कामदार तथा केही ग्राहकसमेत रहेको प्रत्यक्षदर्शीको आशंका छ। प्रहरीले गोप्य सूचनाका आधारमा उक्त सुन पसलमा छापा मारेको थियो।

प्रहरीको टोली सुन पसलमा पुग्दा तीन÷चारवटा बिलहरू सुन पसलका स्टाफहरूले च्यातेपछि प्रहरीको आशंका झन् बढेको र अनुसन्धानका क्रममा ठूलो रकम बरामद भएकाले हुन्डीको कारोबार गर्न पैसा मगाइएको हुन सक्ने प्रहरीको ठम्याइ छ। यस सम्बन्धमा विस्तृत अनुसन्धान गरी चाँडै नै पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने पर्सा प्रहरीले बताएको छ।

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१