वीरगन्ज – वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी आफूलाई सुझबुझका साथ प्रस्तुत गर्दै शान्तिपूर्ण हिसाबले नगरसभा सम्पन्न गर्ने दिशामा सकारात्मक देखिएका छन्। आज सोमबारदेखि वीरगन्जको होटल पूजनमा शुरू भएको दुईदिने पाँचौँ नगर सभामार्फत उनले चालू आवको तुलनामा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा करिब ८२ करोड ७३ लाख घटाएर कुल रू. ४ अर्ब ४८ करोड १३ लाखको बजेट ल्याउन लागिएकाे बताएका छन्। उद्घाटन सत्रमा उनले चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ३० करोड ८६ लाख बजेट विनियोजन गरेकोमा राजस्व संकलन डगमगाएका कारण आगामी वर्षमा बजेट घटाउन लागिएको उनले स्पष्ट पारे।

उनले भने, ‘चालू आवमा आन्तरिक आयतर्फ ५५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्नुपर्ने अनुमान गरिएकोमा असार मसान्तसम्ममा जम्मा ५२ प्रतिशतका दरले ३२ करोड मात्र उठाउन सकियो, त्यस कारण यसपालिको बजेट कम गर्न बाध्य भयौँ।’

उनले राजस्वको महत्वाकांक्षी लक्ष्य, करको दर उच्च भएका कारण, करको दायरा बढ्न नसक्नु एवं कर घट्ने अफवाह, स्वयं कर पालनाको कमी र कर प्रशासनमा कडाइ नगरिएकाले लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको हो, त्यसले गर्दा नगर विकास खर्च व्यवस्थापनमा संकुचन आएको बताए। महानगरले ल्याउन लागेको आगामी वर्षको बजेटमा चालूतर्फ १ अर्ब ३८ करोड २४ लाख (३०.८५ प्रतिशत), पूँजीगततर्फ ३ अर्ब ३ करोड ८९ लाख (६७.८१ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ रू. ६ करोड (१.३४ प्रतिशत) गरी विनियोजन गर्न भनिएको छ।

कुल खर्चमध्ये आर्थिक विकास क्षेत्रमा रू. २ करोड ३४ लाख, पूर्वाधार विकासतर्फ २ अर्ब ९४ लाख, सुशासन तथा अन्तरसम्बन्ध क्षेत्र (वन, वातावरण तथा विपद समेत) मा ३ करोड ३२ लाख, कार्यालयतर्फ ७६ करोड ३४ लाख, मुख्य योजनाहरूमा आरयूडीपी तथा एसटीआईयूईआईपीमा २ अर्ब २८ करोड ४२ लाख, वडास्तरीय योजनामा १९ करोड ७० लाख, म्याचिङ फन्डमा २३ करोड १२ लाख, लक्षित कार्यक्रममा १ करोड १५ लाख, तराई मधेश समृद्धि कार्यक्रममा १ करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा १ करोड ५० लाख, प्रधानमन्त्री रोजजगार कार्यक्रममा ४५ लाख ९४ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ २० लाख, सामाजिक सुरक्षातर्फ २० करोड, वडा भवनतर्फ ४ करोड, उज्यालो वीरगन्जमा ३ करोड, शैक्षिक विकासतर्फ ५२ करोड ४१ लाख, स्वास्थ्यतर्फ १० करोड ७५ लाख, कृषितर्फ ५६ लाख, पशु विकासतर्फ २५ लाख, जनसहभागितातर्फ ४ करोडलगायत गरी छुटपुट योजनाका लागि योजना बैंकमा स्रोतको उपलब्धताका आधारमा कार्यक्रम सञ्चालन गरिने भनिएको छ।

महानगरपालिकाले पोहोरको आर्थिक वर्ष २०७४/०७५ का लागि जम्मा ४ अर्ब ३० करोड ५६ लाखको बजेट ल्याएको थियो।

दुई वर्षमा विगतमा वर्षमा दुईवटा नगरसभाको हिसाबले चारवटा नगर सभा भएका छन्, जसमा हरेकमा कुनै न कुनै विवाद हुन्थ्यो। तर, आज आयोजित नगर सभा विवादरहित रह्यो। यसको कारण वीरगन्जका मेयर सरावगी बजेट बाँडफाँटको सवाल र करको दरमा गम्भीर बन्दै सबैको अपनत्व हुने गरी बजेट ल्याएका छन्। उनले बजेट ल्याउनुभन्दा पहिले वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिकाका सदस्य तथा विभिन्न सरोकारवाला, उद्योगी, पत्रकार, व्यापारी, महिला, अर्थविद्, शिक्षाविदलगायत क्षेत्रका व्यक्तिहरूसँग सुझाव संकलन गरेका थिए। पहिलेको हाकिमभन्दा हालका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत पनि स्थानीय तहमा लामो समयदेखि काम गर्दै आएकाले पनि कंक्रिट किसिमको बजेट आएको जानकारहरूको विश्लेषण छ। अर्कोतर्फ दुई वर्ष लगभग बितेकाले सबै जनप्रतिनिधिमा आफ्नो नगरको विकासका लागि परिपक्वता पहिलेभन्दा बढी देखिएको छ। पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न नगर सभामा प्रदेश सांसदहरू ओमप्रकाश शर्मा, करिमा वेगम, विभा यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नगर सभा सफल गराउन चालू आर्थिक वर्षमा वीरगन्जमहानगरको ४० जना बोर्ड सदस्य र ३ जना कर्मचारीलाई गरी ४३ वटा पल्सर बाइक र मेयर सरावगीका लागि २ करोडको मित्सुबिसी कार किनेकोमा चर्को आलोचना भएको छ। कार्यपालिका सदस्य सुरज कुर्मीले मेयर साहेबले मेयर बन्दा एउटा गाडी नलिने भन्नुभएको थियो, तर अहिले २ करोडको गाडीको चर्चाले महानगरको स्रोत साधन उहाँले नै दोहन गरिरहनुभएको छ। अर्कोतर्फ बोर्ड सदस्यलाई २/२ लाखको पल्सर मोटरसाइकलले पनि महानगरको छवि धमिल्याएको उनले बताए। त्यसैगरी, नगर परिषद् सदस्य जतन राउत कुर्मीले पछि थपिएको १६ वडा निकै पछाडि परेकाले बाँकी तीन वर्षसम्म कुनै कर नलिन पनि बन्द सत्रमा सुझाव दिएका छन्।

लोकप्रिय

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

२०७६, २९ कार्तिक शुक्रबार १८:२८

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

निरुता अहिलेसम्म किन सिंगल छिन्?

निरुता अहिलेसम्म किन सिंगल छिन्?

२०७६, २९ कार्तिक शुक्रबार १२:१२

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

२०७६, २९ कार्तिक शुक्रबार १७:५४

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

भारत बीसँग नेपाली युवा टिम पराजित

भारत बीसँग नेपाली युवा टिम पराजित

२०७६, २९ कार्तिक शुक्रबार १६:४३

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

राजु लामाको नयाँ गीत ‘विस्तारै–विस्तारै’ सार्वजानिक (भिडियो सहित)

राजु लामाको नयाँ गीत ‘विस्तारै–विस्तारै’ सार्वजानिक (भिडियो सहित)

२०७६, २९ कार्तिक शुक्रबार १८:१४

टेष्ट क्रिकेटमा दोहोरो शतक हान्दै मयङ्कले रचे यस्ताे किर्तिमान

टेष्ट क्रिकेटमा दोहोरो शतक हान्दै मयङ्कले रचे यस्ताे किर्तिमान

२०७६, २९ कार्तिक शुक्रबार १७:१८

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

दोस्रो विकेट पतनसँगै भारत बी दबाबमा

दोस्रो विकेट पतनसँगै भारत बी दबाबमा

२०७६, २९ कार्तिक शुक्रबार १४:४०

विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण

विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण

२०७६, २९ कार्तिक शुक्रबार १३:१३

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

२०७६, ३० कार्तिक शनिबार १३:५८