सुर्खेत – कर्णालीका महिला अधिकारकर्मीहरूले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीको राजीनामा माग गरेका छन्। महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका ९ महिला अधिकारवादी संस्थाका प्रमुखले सामूहिक रूपमा राजीनामा माग गरेका हुन्।

महिला अधिकारवादीको संयुक्त हस्ताक्षरित साेमबार जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र अधिकार हनन गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ।” महिलाहरूले राखेको माग सरकारले सुनुवाइ नगरे देशभरिका महिलाले सडक तताउने चेतावनी दिएका छन्। अश्लील अभिव्यक्ति दिने र महिलाको सम्मानमा प्रहार गरेकाले कारवाहीका लागि माग गरिएको आवाज महिला अधिकारवादी संस्था सुर्खेतका प्रमुख पवित्रा शाहीले जानकारी दिइन्।

“जननिर्वाचित प्रतिनिधिले सार्वजनिक स्थानमै महिलाको अस्मितामाथि दाग लाग्ने खुलेआम अभिव्यक्ति दिने नगर प्रमुख कुर्चीमा बस्न योग्य छैनन्,” अध्यक्ष शाहीले भनिन्, “समग्र महिलाको बेइज्जत गरेकाले नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्छ।” सामाजिक, कानूनी र मानवीय अपराध गरेको व्यक्ति जनताको प्रतिनिधि हुन नसक्ने उनको जिकिर थियो।

पदीय मर्यादा नाघेर अभिव्यक्ति दिने नगर प्रमुख चौधरी जननिर्वाचित प्रतिनिधि हुन नसक्ने महिला मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधि निशा पौडेलले जिकिर गरे। यता एकल महिला समूह सुर्खेतका अध्यक्ष शीतलसिंह राठौरले नगर प्रमुखले पदको दुरुपयोग गरेको आरोप लगाइन्। यसरी महिलाको आत्मसम्मानमा आँच आउनेगरी बोल्ने नगर प्रमुख चौधरीलाई रतिभर पनि नछोड्ने उनको भनाइ थियो।

नगर प्रमुख चौधरीले केही दिनअघि सार्वजनिक रूपमा बोलेको भिडियो भाइरल भएको थियो। उनको विरुद्धमा आवाज संस्था, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, सङ्कल्प सञ्जाल, मगर महिला सङ्घ कर्णाली प्रदेश, वाम संस्था, सुन्दर नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घ, बेजिङ कमिटी र मगर महिला सङ्घ सुर्खेतले संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरेका छन्। (रासस)

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५