राजकुमार पराजुली, काभ्रेपलाञ्चोक – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ (प्रबलीकरण) गरी धनीलाई हस्तान्तरण गरिएको छ।

आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक शुरुआत गरेका थिए।

भूकम्पले घर चर्किएको करिब ४ वर्षपछि शुरु गरिएको रेट्रोफिटिङ अभियानअन्तर्गत निर्माण सम्पन्न भएको परिवारको दुईतले घर प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले घरधनीलाई हस्तान्तरण गरेका हुन्। बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी)को आर्थिक सहयोगमा विल्ड चेन्ज र यूएन ओप्स् नामक गैरसरकारी संस्थाले उक्त रेट्रोफिटिङ नमुना घर निर्माण गरेका हुन्।

डीएफआईडीले नेपालको भूकम्प प्रभावित जिल्लाका ५ सय ६२ स्थानीय तहमा एकवटा हुने गरी करिब एक हजार आंशिक क्षति घरलाई रेट्रोफिटिङ गरी नमुना घर बनाउने सम्झौता गरेको छ। घर हस्तान्तरणका अवसरमा श्रेष्ठले कच्ची घरलाई रेट्रोफिटिङ गरेर भूकम्प प्रविधियुक्त मजबुत बनाइएको बताए। उनले भने, “थोरै रकममा घर रेट्रोफिटिङ गर्न सकिन्छ, यसबाट मौलिकता जोगाउन मद्दत पुग्छ।”

भूकम्पप्रभावित जिल्लामा पुनःनिर्माण गरिएका अधिकांश दुईकोठे घर ‘बाकस घर’जस्ता देखिएकोमा चिन्ता व्यक्त गर्दै उनले रेट्रोफिटिङमा सूचीकृतलाई अब पूर्ण लाभग्राहीमा नलैजाने बताए। उनले भने, “आंशिकलाई पूर्ण लाभग्राहीमा लैजाँदा नकारात्मक सन्देश गयो, यसको नीतिगत रूपमै परिवर्तन गर्नु जरुरी छ।”

नेपालका इञ्जिनीयरलाई यससम्बन्धी अध्ययन गर्न समय लागेकाले सरकारद्वारा चर्किएका घर रेट्रोफिटिङ गर्न ढिलाइ हुन गएको श्रेष्ठले बताए। “विभिन्न देशका विज्ञसँगको अध्ययन, अनुसन्धान र परीक्षणबाट पास भएका प्रविधिमार्फत हालैमात्र रेट्रोफिटिङ प्रयोगमा ल्याइएको हो,” उनले भने। भूकम्प प्रभावित ३२ जिल्लामा करिब ६२ हजार आंशिक लाभग्राही रहेकोे र हाल १ सय १४ घरको रेट्रोफिटिङ भइरहेको श्रेष्ठले जानकारी दिए।

घरधनी परिवारले भूकम्पले चर्किएको आफ्नो घर उस्तै बलियो बनेकामा खुशी व्यक्त गरे। “भूकम्पले चर्केको घरमा बस्न डर मानिरहेका थियौँ, अहिले हामी खुशी छौँ, हाम्रो घर जस्ताको तस्तै, बलियो बनाइदिनुभयो,” उनले भने। उक्त घरमा परिवारका ७ जना बस्दै आएका थिए। छत्रबहादुर बसेको वडा नं. ५ मा १ सय २७ घर आंशिक लाभग्राहीमा सूचीकृत छन्।

केही संस्थाले यसअघि अनौपचारिक रूपमा घरलाई रेट्रोफिटिङ गरेको भए पनि सरकारले प्राधिकरणमार्फत औपचारिक रूपमा रेट्रोफिटिङको काम काभ्रेपलाञ्चोबाट शुरु गरेको हो। प्राधिकरणले नमुनाका रूपमा रेट्रोफिटिङ गरेको परिवारको घर प्राविधिकलाई थप अनुभव तथा स्थानीयवासीलाई यससम्बन्धी जानकारी भएको अपेक्षा गरिएको छ।

कार्यकारी सदस्य श्रेष्ठले भने, “यस नमुना रेट्रोफिटिङ घरबाट प्राविधिक तथा सर्वसाधारणले सिक्नेछन् र आंशिक लाभग्राही यसप्रति आकर्षित हुनेछन् भन्ने हाम्रो अपेक्षा हो।” उनले छत्रबहादुरको घर ज्ञानकेन्द्रका रूपमा स्थापित भएको उल्लेख गर्दै रेट्रोफिटिङप्रति लाभग्राहीलाई प्राधिकरण आफैँले चेतनशील बनाउनु आवश्यक रहेको बताए। आंशिक लाभग्राहीमा सूचीकृतलाई रु. १ लाख दिने प्राधिकरणको नीति छ।

विल्ड चेञ्जका इञ्जिनीयर अनिल बस्नेतले ‘स्ट्राेङ ब्याक फिटिङ’ विधिबाट प्रवलीकरणको काम भएको बताए । उनका अनुसार यस्तो विधिबाट काम गर्दा क्षति कम होस् भनेर शुरुमा घरलाई बाहिरबाट बाँध्ने काम गरिन्छ, त्यसपछि जगमा डीपीसी गर्दै घरको भित्री भागबाट माथिसम्मै आवश्यकताअनुसार पक्की पिलर बनाइन्छ र निदाल तथा दलिनलाई फलामले कस्ने काम गरिन्छ।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५