बुटवल – पानीका आन्तरिक मुहानहरू सुक्दै गएको बेला बुटवलमा ‘एक वन एक पोखरी निर्माण’ अभियान शुरू गरिएको छ। जलवायु परिवर्तनले नकारात्मक असर पारिरहेको अवस्थामा त्यसको प्रभावलाई न्यूनीकरण गर्न र आन्तरिक पानीका स्रोतहरूको संरक्षणका लागि पोखरी निर्माण कार्य शुरू गरिएको हो।

वनहरूमा निर्माण हुने पोखरीले पानीका मूलहरूमा समेत सकारात्मक प्रभाव देखिने विश्वास बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको छ। उनी भन्छन्, ‘पोखरीका कारण त्यसभन्दा तलका स्थानमा पानीको मूलमा सुधार आउँछ, सिमसार बन्दै हरियाली वातावरणले सुन्दरतासमेत बढाउनेछ।’

सुवेदी भन्छन्– ‘वनमा निर्माण गरिएका पोखरीले वनजन्तु तथा पशुपन्छीका लागि पानीको आहार हुन्छ, साथै त्यसरी पोखरीमा जमेको पानीले जमीनमुनिको पानीलाई रिचार्ज गर्छ यस्को दोहोरो फाइदा छ।’ पछिल्लो समय पुराना पोखरी मासिँदै जाँदा जमीनमा पानी ‘रिचार्ज’ नभएपछि पानीका मुहान नै सुक्दै गएर पानीका स्रोतमा अभाव बढ्दो छ।

पहिलो चरणमा बुटवलमा रहेका २० वटा सामुदायिक वन मध्य हाल सातवटा वनमा पोखरी निर्माण भएको छ। बुटवलमा हालसम्म चारपाला, शिवनगर, बुटवल, चुरे, जितेश्वरी, रामनगर र तिनाउखोला नियन्त्रण सामुदायिक वनमा पोखरी निर्माण भइसकेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। बाँकी वनमा थप अध्ययनपछि अर्को वर्ष पोखरी निर्माणको काम अगाडि बढाइने भएको छ।

यी सबै वनमा पोखरी निर्माणका लागि उपमहानगरले चालू आवमा मात्रै २८ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। उपमहानगरपालिकाका प्रवक्ता रेग्मीका अनुसार उपमहानगरको यो अभियानमा प्रदेश सरकार र सामुदायिक वन उपभोक्ताहरूको पनि लागत रहेको छ। गत वर्षको नगरसभाबाट पारित भएको कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा बताउँछन्।

बुटवलको चिडिया खोला क्षेत्र पानीको एउटा स्रोत भएको क्षेत्र मानिन्छ। यो क्षेत्र तुलनात्मक रूपमा अन्यत्रभन्दा चिसो छ। यही ठाउँको माथिपट्टि तिनाउ गाउँपालिकाको सिमानामा चुरे सामुदायिक वन पर्दछ। सोही वनको एउटा मुहान क्षेत्रमा बुटवलले पोखरी निर्माण गरेको वनका अध्यक्ष कमल केसीले बताए। उनले चिडियाखोलाको माथि रहेको चिसापानी, ओखलढुंगा भन्ने ठाउँमा पोखरी निर्माण गरिएको बताए।

यो ठाउँमा पानीको पुरानो प्राकृत्तिक सानो मूल छ। तर, संरक्षणको अभावमा भासिँदै र नासिँदै गएको छ। त्यहाँ वन्यजन्तुले समेत पानी पिउनसक्ने अवस्था छैन। त्यहीँ ठाउँमा १५ मिटर लम्बाई र १२ मिटर चौडाईको पोखरी खनिएको छ। यो ठाउँको तलतिर रहेका पानीका अरू मूलहरूलाई रिचार्ज गर्नेगरि यो पोखरीको डिजाइन गरिएको उपमहानगरका योजना प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए।

यस्तै, चारपाला सामुदायिक वनको प्रगतिनगरदेखि पानी रहेको पुरानो नर्सरीमा पोखरी खनिएको छ। त्यहाँ वर्षात्को पानी संकलन गर्ने लक्ष्य रहेको वनका अध्यक्ष रामबहादुर पुनको भनाइ छ। त्यहाँको केही पर रहेको पानीको प्राकृत्तिक मूल भासिएको अवस्थमा छ। त्यसलाई रिचार्ज गर्न मिल्ने गरि पोखरी डिजाइन गरिएको बताइएको छ।

बुटवल–७ को शिवनगर सामुदायिक वनस्थित आँपखोलामा पनि नयाँ पोखरी खनिएको छ। त्यहाँ नजिकै रहेको पानीको प्राकृत्तिक मूललाई संरक्षण गर्दै पाइपमार्फत पानी पोखरीमा ल्याइनेछ। वन्यजन्तुका लागि र पानीको सिम्सार बढाउनका लागि पोखरी खनिएको अध्यक्ष नारायणबाबु बस्नेतले बताए।

मुलुकका कुनै पनि नगरको हरियाली क्षेत्रमा बुटवलको हरियाली सबैभन्दा धेरै रहेको पाइएको छ। हालै भएको एक प्राविधिक अध्ययनले यहाँको हरियाली ५३ प्रतिशतभन्दा माथि रहेको पाइएको छ। अध्ययनमा खटिएका इन्जिनियर कुमार धमलाका अनुसार गत वर्ष गरिएको अध्ययनमा हरियाली क्षेत्र बुटवलको धेरै पाइएको हो। धमलाको नेतृत्वमा रहेको प्राविधिकहरूको टोलीले मुलुकका महानगर, उपमहानगर र नगरपालिकाको हरियाली क्षेत्र, पानीका प्राकृत्तिक स्रोतको क्षेत्रको अध्ययन गरेको थियो। बुटवलमा पानीको सतह भन कमजोर रहेको इन्जिनियर धमलाले बताए। पानीका प्राकृत्तिक स्रोतहरूको संरक्षण गर्दै मूल जोगाउने काममा वनमा पोखरी निर्माण एउटा महत्वपूर्ण माध्यम हुने बताइएको छ।

वनहरूमा पोखरी निर्माणको कामलाई वातावरण विद्हरूले पर्यावरणमैत्री रहेको टिप्पणी गरे। वातावरणविद् डा.इन्जिनियर खेटराज दाहालले ‘एक वन एक पोखरी’ को नीति पर्यावरणमैत्री रहेको बताए। सरकारले शुरू गरेको अभियानलाई बुटवलले व्यवहारमै उतारेर नमूना कामको थालनी गरेको उनको भनाइ छ। वन विनाश, जलवायु परिवर्तन, सुक्खा खडेरी तथा विनाप्राविधिक इष्टिमेट खनिएका सडकका कारण भूमिगत मुहान सुक्ने र दबिने क्रमले खानेपानी समस्या बढेको भन्दै वनमा पोखरी बनाउने काम उदाहरणीय रहेको उनको भनाइ छ।

प्रदेश सरकारले पनि पर्यावरण सन्तुलनका काममा चासो दिएको छ। प्रदेश सरकारको उद्योग चालू आर्थिक वर्षमा २२ करोड रूपैयाँ बजेट विनि, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरणको क्षेत्रमा योजन गरेको छ, जसमा सहरी जलाधार क्षेत्र संरक्षण कार्यक्रमका लागि ६ करोडसम्म बजेट विनियोजन भएको छ।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५