सुर्खेत – कर्णाली प्रदेशमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकोे नेकपा माओवादीले मंगलबार आव्हान गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ। सार्वजनिक सवारीसाधन फाट्टफुट्ट चले पनि निजी सवारीसाधन सामान्य अवस्थामाजस्तै चलेका छन्।

प्रदेशका १० वटै जिल्लाको जनजीवन आंशिक प्रभावित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रदेश प्रहरी कार्यालय सूचना शाखाका सई खगेन्द्र सुनारले हुम्ला र डोल्पामा ६० प्रतिशत बजार खुल्ला हुनुका साथै आवतजावतमा कुनै समस्या नरहेको बताए। जाजरकोट, कालिकोट र रुकुम पश्चिममा ३० प्रतिशत बजार खुलेको उनको भनाइ छ।

जाजरकोटको बारकोट गाउँपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेपछि सदरमुकाम खलंगाबाट सेनाको डिस्पोजल टोली घटनास्थल गइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै जुम्लामा छोटो दुरीका सवारी साधन चलिरहेका छन् भने लामो दुरीका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरेर पुर्‍याउने गरेको उनी बताउँछन्। जुम्लामा ५० प्रतिशत बजार खु्ल्ला रहेको छ। यसैगरी दैलेख र सल्यानमा ४० प्रतिशत बजार खुल्ला हुनुका साथै छोटो दुरीका सवारी साधन चलिरहेका छन्। मुगुमा लामो दुरीका सवारी साधन आवत जावतमा सहजताका लागि प्रहरीले स्कर्टिङ गरिरहेको छ।

यता प्रदेश राजधानी सुर्खेतमा आंशिक रुपमा बजार, शैक्षिक संस्था, कलकारखाना बन्द रहेका कारण सडकमा यातायातको चाप भने कम छ। बन्दका कारण लामो दूरीका गाडी चल्न सकेका छैनन्। छोटो दूरीका गाडी भने निर्वाध रुपमा चलिरहेका छन्। बन्दका कारण बिहानै आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भएको थियो। अहिले कर्णाली राजमार्गसँगै रत्न राजमार्गमा समेत छिटफुट सवारी साधन गुडिरहेका छन्। यात्रु र सवारी साधनको सुरक्षाको लागि स्कर्टिङ भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए।

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

पानी परेपछि किसान हर्षित

पानी परेपछि किसान हर्षित

२०७६, १ आश्विन बुधबार १७:०९

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

२०७६, १ आश्विन बुधबार ११:५९

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

२०७६, १ आश्विन बुधबार १३:०७

झापामा विद्यालयस्तरिय  सडक दौड सम्पन्न

झापामा विद्यालयस्तरिय सडक दौड सम्पन्न

२०७६, २ आश्विन बिहीबार १६:४२

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२०७६, २ आश्विन बिहीबार १४:४७

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

२०७६, २ आश्विन बिहीबार ०९:५८

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

२०७६, १ आश्विन बुधबार १७:०३

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

के तपाईंको घाँटी खसखस गर्छ ?

के तपाईंको घाँटी खसखस गर्छ ?

२०७६, १ आश्विन बुधबार १७:२९

सौर्य बत्तीले बजार झिलिमिली

सौर्य बत्तीले बजार झिलिमिली

२०७६, १ आश्विन बुधबार १३:५०

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

२०७६, १ आश्विन बुधबार १७:१५