सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विज्ञापनसम्बन्धी विधेयक २०७६ मा फेरि लफडा शुरू भएको छ। यस विधेयकको विरुद्धमा नेपालका केवल टेलिभिजन प्रसारकहरुले विदेशी च्यानल प्रसारण २४ घण्टा बन्द गरे। जबकी यो विधेयक वास्तवमै नेपालको हितमा छ। यस विधेयकले कानूनको रूप लिएपछि नेपालको विज्ञापन व्यवसायलाई थप टेवा पुग्नेछ। तर, सरकारको यो सही कदमको समेत केवल टेलिभिजन व्यवसायीहरूले विरोध गरिरहेका छन्।

यसअघि नै विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भइ क्लिन फिडलाई अनिवार्य बनाएको छ। यो विधेयकको दफा ६ (१)ले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) सामग्री प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ। यसैगरी, यही दफाको उपदफा २ ले विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था गरेको छ। यो ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरूले नेपालमा प्रसारण गर्ने कुनै पनि कार्यक्रमका बीचमा विज्ञापन घुसाएर बजाउन पाउने छैनन्।

सञ्चार तथा सूचना मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा १ सय ५० वटा विदेशी च्यानलले प्रसारण अनुमति लिएका छन्। यि सबैमा विदेशी विज्ञापन बजाइन्छ। नेपाली दर्शक (उपभोक्ता)लाई यसरी जबरजस्ती विज्ञापन सुनाउनु र हेर्न बाध्य पारिनु आफैँमा मानिसको व्यक्तिगत अधिकार विरोधी कार्य हो। यसरी विदेशी च्यानलले नेपाली जनतालाई विदेशी विज्ञापन हेर्न बाध्य पारेर ‘खाए खा, नखाए घिच्’ भन्नेजस्तै बनाएको छ।

एकातिर यस कार्यले नेपाली जनताको वैयक्तिक अधिकारको हनन् भएको छ भने अर्कोतर्फ नेपाली विज्ञापनको बजारसमेत खुम्च्याइ दिएको छ। अन्तर्राष्ट्रिय प्रचलनलाई दृष्टिगत गर्ने हो भने विदेशी च्यानलले कुनै पनि मुलुकमा विज्ञापन सहितको प्रसारण गरेको खण्डमा ग्राहकबाट कुनै पनि शुल्क लिन नपाउने व्यवस्था छ। विज्ञापनरहित प्रसारण गर्दा भने ग्राहकबाट शुल्क लिने पाउने अन्तर्राष्ट्रिय प्रचलन छ। तर, हामी नेपालीलाई जबरजस्ती विदेशी विज्ञापन हेर्न र सुन्न बाध्य पारेर हामीसँग शुल्कसमेत असुली रहेका छन्।

सरकारले प्रस्तुत गरेको विधेयक पारित भई कानून बनेपछि विदेशी विज्ञापनलाई नेपालका संचारमाध्यमहरूले डबिङ गरेरसमेत प्रसारण गर्न पाउने छैनन्। कानूनले गरेको उक्त व्यवस्थाविरुद्ध कसैले काम कारवाही गर्यो भने त्यस्ता व्यक्तिलाई पाँच लाख रुपैयाँ जरिवाना गरिने छ। नेपालको विज्ञापन बजारलाई परिस्कृत गर्ने हो भने यो विधेयक उपयुक्त र सही छ। नेपाली उपभोक्तका निम्ति पनि यो सुपाच्य हुनेछ।

अहिले केवल टेलिभिजन प्रसारकहरू एक स्वरले यो विधेयकको विरोध मात्रै गरिरहेका छैनन्, यो विधेयक सरकारले पारित गर्यो भने व्यवसाय नै बन्द गर्ने धम्की दिइरहेका छन्। यस्तै धम्की गुठी विधेयकमा पनि सरकारले भोग्नुपर्यो। जबकी आम नागरिक र किसानका निम्ति गुठी विधेयक नितान्त कल्याणकारी थियो। गुठीका नाममा हजारौँ रोपनी जमिनको हेराफेरि गर्दै मोजमजा लुटिरहेका गुठीयार र मठाधीशहरूले काठमाडौँका आमजनतालाई दिग्भ्रमित तुल्याई सडकमा उतार्न सफल भए। यसैबाट सरकार डराएर तत्कालै यो विधेयक फिर्ता लियो। जबकी यो विधेयक फिर्ता नलिई परिमार्जन गर्नुपर्ने आवश्यकता थियो र आज पनि त्यो आवश्यकता त्यत्तिकै छ।

आज फेरि विज्ञापन विधेयकको विरोध भइरहेको छ। केवल टेलिभिजन व्यवसायीहरूले विदेशी च्यानलसँग मिलेर अहिलेसम्म जसरी नेपाली उपभोक्तालाई लुटिरहेका छन्, अब त्यो बन्द हुनुपर्छ। यो विधेयक लागू हुँदा विदेशी च्यानलहरू बन्द हुन्छन् भने पनि त्यसका लागि हामी तयार रहनुपर्छ। तर अब यो विधेयक फिर्ता लिने वा परिमार्जन गर्ने काम गरिनुहुन्न। सरकारले आजसम्म गरेका केही राम्रा काम छन् भने यो विधेयकको प्रस्तुति पनि एउटा हो। तर, मानव अधिकार, मिडिया काउन्सिल र सुरक्षासम्बन्धी विधेयकप्रति भने हाम्रो असहमति यथावत छ।

सरकारले आजसम्म जे गलत गरिरहेको छ, त्यो त गलत छँदैछ। तर जुन असल मनसायका साथ जनमुखी कामहरु गरिहको छ, त्यसको समेत विरोध भइरहको छ। यो कमजोरी भनेको सरकारले आफूले गरेका राम्रा कामलाई जनसमक्ष पुर्‍याउन नसक्नुबाट नै उत्पन्न भएको हो।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:१२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

२०७६, २८ कार्तिक बिहीबार १७:४५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन सुझाव

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन…

२०७६, २८ कार्तिक बिहीबार १८:३३

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

२०७६, २८ कार्तिक बिहीबार १९:१९

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

२०७६, २७ कार्तिक बुधबार ११:५५

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

२०७६, २८ कार्तिक बिहीबार १७:२६

एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा चारजना घाइते

एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा चारजना घाइते

२०७६, २८ कार्तिक बिहीबार २०:०९