– डमरुबल्लभ भट्टराई

जाजरकोट – प्र.जि.अ.को हैसियतमा मेरो तेस्रो जिल्ला। मध्यम किसिमको डाँडाको शिर, सुरक्षित पुरानो राजाको दरबारमा कार्यालय। चारैतिर खुला, निकै पर देखिने पहाडहरू। दरबारबाट प्रस्ट देख्न सकिन्छ, तलतिर नागबेली आकारमा सुन्दर, शान्त भेरी नदी अनवरत् आफ्नै गतिमा। चौरजहारी एयरपोर्ट, समय समयमा आउने–जाने जहाजहरूलाई नजिकैबाट नियाल्न सकिन्छ।

विकाससँग सम्बन्धित प्रमुखहरू, कर्मचारीहरू प्रायः भेटिँदैनन्। दुर्गम जिल्ला – खास आकर्षण छैन। तराई आउन जान पैदल यात्रा मात्रै एउटा विकल्प छ। जहाजको ठेगान हुँदैन, केही महँगो पनि। जिल्लाका चर्चित व्यक्तिहरू प्रायः बाहिरै बस्छन्। हाटबजारको चलन छैन। सदरमुकाम खलङ्गामा स–साना केही पसल छन्। ईश्वरी बाबुसाहेबको पसल–चौतारी हाम्रो जमघटको थलो जस्तै छ। चक्रबहादुर शाहको पसल केही सुसज्जित छ।

थाप्ले मा.वि.तिरको घुमफिरले केही ठाउँ लिन्छ। थोरै राम्रो जङ्गल छ। टाढा–टाढा देखिने पहाडहरू पनि चट्टानी प्रकृतिका लाग्छन्। यताउता चारैतिर निरश, सुनसानजस्तो लाग्छ। जङ्गल छ तर घनत्व छैन। घुमाइ–फिराई विश्राम लिने थलो त्यही दरबारको कम्पाउन्ड छ। ऐतिहासिक कालखण्डदेखि सुरक्षालाई पूरा ध्यान दिँदै दरबार बनेको छ। मिलेको निकै ठूलो कम्पाउन्ड। त्यसैमा जिल्ला पञ्चायत र जिल्ला कार्यालय छन्। छेउमा छ, स्थानीय सामग्रीबाट सामान्य तरिकाले हालै बनेको चिटिक्क परेको प्र.जि.अ. क्वार्टर।

दुई वर्षकोे स्थायी साथी त्यही कम्पाउन्ड, चौतारी बनेको छ। त्यसले भेटघाटको सहजता प्रदान गरेको छ। सुनसान एकान्तको साथी पनि। चारैतिरको दृश्य अवलोकन गर्दै पुराना दिनका घटना–दुर्घटनाहरू भेट र बिदाइका झलकहरू, सम्पर्क–सम्बन्धहरू अनायसै ताजा बनाउने थलो बनेको छ। शान्ति चिर्दै भेरी नदीको मधुरो सुसाइले यदाकदा ध्यान भङ्ग गर्छ। सायद विचलित, थकित मनलाई थप ऊर्जा दिँदो हो।

सदरमुकाम खलङ्गामा तत्कालीन राजाको चहलपहल भएको बेलाका नातेदारहरू, सहयोगीहरू तथा आश्रितहरूको राम्रै बसोबास छ। खलङ्गा आफैँ पनि साँघुरो, विस्तारको अवसर कम छ। अलिअलि ग्रामीण प्रकृतिका घरहरू थपिँदै छन्। लाग्छ, बजारको रौनक ल्याउन सजिलो छैन। ०३७ को जनमत सङ्ग्रहको कालखण्डमा पुगेको छु। मेरो प्रमुख जिम्मेदारी त्यसको सहज अवतरण हुनेछ।

जिल्ला कार्यालयमा कार्यबोझ विल्कुलै छैन, जिल्ला शान्त छ। कुनै त्यस्तो विशेष योजना कार्यक्रम देखिँदैन। आवतजावत त्यति छैन। समयमा खाद्य सामग्री जोहो गर्नुपर्छ, सहज उपलब्ध छैन। वरपरका जमिन पनि तरकारी, फलफूल आदि उब्जाउ प्रकृतिको लाग्दैन। तरकारी खाने चलन कमै छ। सर्वसाधारणमा नून–पिरे–रोटी भनेको सुनिन्छ। त्यसको आफ्नै कथा, व्यथा होला।

सदरमुकाम खलङ्गामा तत्कालीन राजाको चहलपहल भएको बेलाका नातेदारहरू, सहयोगीहरू तथा आश्रितहरूको राम्रै बसोबास छ। खलङ्गा आफैँ पनि साँघुरो, विस्तारको अवसर कम छ। अलिअलि ग्रामीण प्रकृतिका घरहरू थपिँदै छन्। लाग्छ, बजारको रौनक ल्याउन सजिलो छैन। ०३७ को जनमत सङ्ग्रहको कालखण्डमा पुगेको छु। मेरो प्रमुख जिम्मेदारी त्यसको सहज अवतरण हुनेछ। सञ्चार सम्बन्धबाट टाढिएको छु। टेलिफोन छैन। एकमात्र साधन रेडियो नेपाल। त्यो पनि राम्ररी सुन्न सकिँदैन। जिल्ला कार्यालयकै सानो कोठामा एकीकृत ग्रामीण विकासको वायरलेस सेट रहेछ। मुस्किलले कहिलेकाहीँ चल्ने। यताबाट बोल्ने, “रज” भनेर पर्खने – उताबाट जवाफ दिने, “रज” भन्नुपर्ने। शुरुका दिनहरूमा नै मन स्थिर छैन। सुन्दैछु, सहज हुँदाहुँदै पनि नसोचेको विशेष अप्ठ्यारो अगाडि छ। सामना गर्नुपर्ने बाध्यता निकट छ। अपरिहार्य छ। वरपर सम्झन्छु – कहाँ छ कमजोरी, केको विवशता?

म त्यहाँ पुग्दा भर्खरै सरुवा भएका प्र.जि.अ. गिरीराज गौतमका बारेमा टिप्पणीहरू पत्रिकामा आइरहेका छन्। भ्रष्टाचारको कुरा लिएर काठमाडौँमा जिल्ला पञ्चायत सभापतिले प्रेस सम्मेलन गरेको भन्थे। यो अचानक बढेको वितृष्णाको कारण धेरै महत्त्वपूर्ण नभएको चर्चा छ।

प्रसङ्ग छ, भेरी नदीको किनारामा जीर्ण केही देवल छन्। मर्मत गर्न आर्थिक वर्षको अन्त्यतिर केही रकम आउँछ। ठेक्का दिन तयारी गरिन्छ। काठमाडाैँबाट सभापति फर्कने प्रतीक्षामा रकम ल्याप्स हुने स्थिति बन्दै छ। अन्ततः घटीवालालाई काम गर्न प्रजिअले स्वीकृति दिन्छन्। ठेक्का पाउने बटालासँग सभापतिको सम्बन्ध हालै चिसिएको रहेछ। यसअघि सभापति र प्र.जि.अ. जुन बेलामा पनि साथै हुने। एकदमै मिल्ने। एक जनालाई भनेपछि सबै काम हुने। रातको १२/१ बजेसम्म पनि सँगसँगै भेटिने। दुई शरीर एक आत्माजस्तो थियो, भनिन्थ्यो। जीर्ण देवस्थलले आपसमा दुर्नाम र वितृष्णा ल्याएको छ। त्यसको पूर्ण उचाइको बेलामा म पुगेको रहेछु।

पैङ्क गा.पं. निवासी तेजबहादुर रोकायाको नेतृत्वमा तदर्थ समिति गठन भइसकेको छ। अब पूर्वसभापतिका गतिविधिहरू विशेष गतिमा चल्न थाल्छन्। प्रमुख निशानामा म छु। दरबारदेखि विभिन्न निकायमा उजुरी, पत्रपत्रिकामा अन्तर्वार्ता आउन थाल्छन्। जिल्लामा कर्मचारीहरू क्रमशः बहुदल र निर्दलतिर खुल्दै छन्। निर्दलका लागि छुट्ट्याइएका प्रचार सामग्रीहरू केन्द्रदेखि नै बुझेर कतै राखेको होला, प्रचारमा आएन।

सुन्छु, सभापति विशेष व्यक्तित्वको धनी हुनुहुन्छ। उहाँको संकेतबेगर हाकिमहरूले पनि केही गर्न नसक्ने। एकताका जाजरकोट राज्यसँग जोडिएको नाताले प्रमुख खलङ्गावासीहरू अझै पनि जिल्लालाई नै आफ्नो सम्पत्ति ठान्छन् भनिन्थ्यो। त्यो स्वभाविक र यथार्थ पनि होला। केन्द्रमा पनि सबैतिर पहुँच छ। तेजविक्रम शाह विशेष धाक र रवाफ भएका सभापतिमध्ये हुनुहुन्छ। चित्त नबुझेमा कर्मचारी सार्न, मुद्दा लगाउन, रकम निकास गर्न, हरेक कुरालाई माथि–तल पार्न सक्ने। केन्द्र होस् वा जिल्ला टेबुल–टेबुलमा पुग्न सक्ने, निरन्तर दबाब दिनसक्ने, चित्त नबुझेमा जरैदेखि निर्ममतापूर्वक प्रहार गर्न पछि नपर्ने सामर्थ्य छ – भनिन्छ। विशेष सहयोगी भूमिका प्रेसको हुँदोरहेछ। प्रायः केन्द्रमै बस्ने हुँदा तल्लो तहसम्म प्रभाव विस्तारका लागि प्रेस सहज माध्यम हुन सक्दथ्यो।

चाहेर वा नचाहेर दृश्य माहोल सभापतिको अनुकूल छ। उहाँले नचाहेमा केही नहुने। जि.पं.को बैठक भरसक नबोलाउने। भएजति अधिकार आफैँ प्रयोग गर्ने हुँदा परम्परादेखि नै सम्पूर्ण अधिकार स्वतः सभापतिमा केन्द्रित। पञ्चायत निरीक्षण अधिकारीले पनि विरोध गर्न नसक्ने वा नचाहने, उल्टै थपसेवा सुविधा पुर्‍याई खुसी राख्न प्रयत्न गर्नुपर्ने अवस्था। त्यसैमा उनीहरू पनि आफ्नो भलाइ देख्ने होला। उच्च शारीरिक तथा मानसिक सक्रियता। चुनाव क्षेत्र साकिया गाउँपञ्चायत थियो। त्यहाँ सामान्य स्थितिमा पुग्न ३ दिन लाग्ने। तर उहाँ रातारात हिँड्ने, डेढ दिनमै त्यो बाटो पूरा गर्न सक्ने। त्यस्तै अनुकरणीय साधा जीवन। त्यसबेला आफ्नो खाना आफैँ बनाउने – स्वयं पाक्य पनि भन्थे।

जनमत सङ्ग्रहको तयारीमा सबै जुटका छन्। क्रमशः सत्तापक्ष पञ्चायततिर धल्केदै गएको शङ्का हुन्छ। तर, खुलेर कतैबाट केही आएको देखिँदैन। एक दिन गृहमन्त्री हेलिकप्टरबाट केही छिनका लागि आइपुग्नु हुन्छ। त्यसबेलासम्म पनि सभापति केन्द्रमा नै। सबै काम रोकिएको छ। गृहमन्त्री पनि उहाँसँग आजित भएको हुनुपर्छ। मैले वास्तविकता देखाएँ। जि.पं. विघटन गरी नयाँ बनाउने कुरा आयो। त्यसपछि सीमाभित्र रहेको मेरो अन्तरद्वन्द्व बाहिर आएको छ। जनमत सङ्ग्रहमा सर्वसाधारणको मन आकृष्ट गर्न अनुकूल नरम व्यक्तिहरूको तदर्थ जिल्ला पञ्चायत गठन गरेमा प्रभावकारी होला भन्ने केन्द्रको धारणा हुन सक्दछ।

पैङ्क गा.पं. निवासी तेजबहादुर रोकायाको नेतृत्वमा तदर्थ समिति गठन भइसकेको छ। अब पूर्वसभापतिका गतिविधिहरू विशेष गतिमा चल्न थाल्छन्। प्रमुख निशानामा म छु। दरबारदेखि विभिन्न निकायमा उजुरी, पत्रपत्रिकामा अन्तर्वार्ता आउन थाल्छन्। जिल्लामा कर्मचारीहरू क्रमशः बहुदल र निर्दलतिर खुल्दै छन्। निर्दलका लागि छुट्ट्याइएका प्रचार सामग्रीहरू केन्द्रदेखि नै बुझेर कतै राखेको होला, प्रचारमा आएन। पञ्चायतका जिल्ला पदाधिकारीहरूसम्म पनि पुगेन। यद्यपि जि.पं.मा काम गरेको वर्षाैं भइसकेको छ। त्यसताक यदाकदा जिल्लामा आउँदा पनि जि.पं.को बैठकमा सायदै भाग लिन मौका पाउँथेँ। अब फरक प्रसङ्ग छ, विघटित सभापति जि.प. पुनर्बहालीको प्रयासमा लागेको स्थिति छ। तुरुन्तै आउँदैछु भनी सर्वत्र प्रचार–प्रसार छ। के हो, के हो? यो मानिस त दरो छ। जे पनि गर्न सक्छ भन्ने सबैमा छ।

त्यो बाटो भेरी नदीको किनारै किनार जिल्ला पञ्चायत उपसभापति मल्लको घरगाउँ हुँदै जाने रहेछ। तल्लु गाउँको चट्टानी प्रकृतिको डाँडाको ठाउँठाउँमा खर देखिने फेदी, भेरी नदीको किनारामा मल्ल बाबुसाहेबको घर छ। आँगनबाटै भीरमा जीवजन्तु दौडेको, उफ्रेको देख्न पाइने। रङ्गीन दुनियाँदेखि धेरै टाढा, प्रकृतिको सुन्दर काखमा हराउँ, हराउँजस्तो मुग्ध पार्ने परिवेश।

गाउँ पञ्चायतहरूमा पनि नयाँ तदर्थ समितिका पदाधिकारीहरूको प्रभावकारिता देखिँदैन। जिल्ला सदरमुकाममा खर्च गरेर २/४ दिन बस्न चाहने कमै छन्। गाउँपञ्चायतहरू घुम्न झनै गाह्रो। जल्दोबल्दो पूर्वसभापति जस्तो हस्तीसँग मुकाबिला गर्न सबै एकठाउँमा हुँदा पनि सम्भव लाग्दैन। सभापतिको भनाइ नै थियो – यी गोठालाहरूले जि.प. चलाउने ∕ यिनीहरूलाई तपाईंले कति दिन बोक्ने हो सीडीओ साहेब। वास्तविक द्वन्द्व म र सभापतिबीच भएकोजस्तो।

त्यो बेलाको गाउँको अवस्था दयनीय छ, चरम गरिबी छ, अशिक्षा छ, यत्रतत्र रोगव्याधीहरू छन्। यसलाई हल गर्नुपर्छ भन्ने चेतनासम्म छैन। कतै केही आवाज छैन। एकपटक हामी नायकवाडासम्म पुग्ने लक्ष्य लिएर भ्रमणमा निस्केका छौँ। झाप्रा गाउँ पञ्चायत हुँदै अघिल्लो गाउँमा बास छ। यो पहिलो बासमा नै बेलुकी ११ बजेसम्म पनि खाना तयार छैन। समस्या के रहेछ भनी बुझ्दा हामीलाई खाना ख्वाउन गाउँभरिबाट अलिअलि गरी मुठीदानका रूपमा दाल, चामल उठाउन थालिएको रहेछ। यस्तो छ, गरिबीको बोलवाला। मुस्किलले एकछाक खाना जुटेको छ। गरिबी, अभाव र रोगको स्थिति देखेर कार्यक्रम त्यही स्थगित गरी भोलिपल्ट नै फिर्ता भयौँ। त्यसबेला किनेर खान दश जनाका लागि एकमुष्ठ खाद्यान्न जुट्न सकेको थिएन।

धेरै कुरामा तराईका बजारमा निर्भर हुनुपरेको छ। यातायात सुगम छैन। खाद्य संस्थानले केही भरथेग गर्छ। स्थानीय उत्पादन घ्यू, मह, फलफूल पर्याप्त छ। तर, बजार छैन। नगन्य मूल्यमा सित्तै दिनुपर्ने जस्तो अवस्था छ। केही किलो घ्यू, मह खोज्न गाउँ पठाउँदा खुद्रा छैन, १८ किलोको डिब्बा छ, त्यो नै लैजाउ, पैसा जति दिन्छौ देऊ भनेछन्। यसलाई कुन शब्दले असल भनौँ या कमसल? खलङ्गाबाट दल्ली, तल्लु हुँदै डोल्पा छुने निर्माणाधीन गोरेटो बाटो अवलोकन गर्दाको यो मर्मस्पर्शी अनुभव थियो।

त्यो बाटो भेरी नदीको किनारै किनार जिल्ला पञ्चायत उपसभापति मल्लको घरगाउँ हुँदै जाने रहेछ। तल्लु गाउँको चट्टानी प्रकृतिको डाँडाको ठाउँठाउँमा खर देखिने फेदी, भेरी नदीको किनारामा मल्ल बाबुसाहेबको घर छ। आँगनबाटै भीरमा जीवजन्तु दौडेको, उफ्रेको देख्न पाइने। रङ्गीन दुनियाँदेखि धेरै टाढा, प्रकृतिको सुन्दर काखमा हराउँ, हराउँजस्तो मुग्ध पार्ने परिवेश। लाग्छ, सृष्टिको विविधतालाई कुन शब्दले व्यक्त गरुँ।

“खेती गर्ने ठाउँ कम छ। उब्जाउले खान पुग्दैन। काम गर्न जाने ठाउँ छैन। शरीर पनि बलियो छैन। परिवार छोड्न सकिँदैन। फुर्सदमा सजिलो गरी बनाउन सकिने त्यही चरेश थियो। त्यसले अलिअलि नुनतेल, लत्ताकपडालाई भरथेक हुन्थ्यो। अलिअलि लिएर तराईतिर जाँदा कसै कसैले किन्छन्। कुर्न पनि पर्छ। भाउ नमिल्दा उनीहरूले नै पक्राउ पनि गराउँछन्।

त्यति मात्र कहाँ हो र? प्रकृतिको बरदान भनुँ, चरेश पनि यत्रतत्र छ। तर, त्यो अभिसाप बनेको छ। त्यससँग सम्बन्धित एउटा प्रसङ्ग बिर्सन सक्दिनँ। जिल्ला कार्यालयमा चरेशसँग जोडिएका लागूऔषधसम्बन्धी मुद्दाहरू रहेछन्। लामो समयदेखि टुङ्गिएका छैनन्। तारेख चालू छ। म त्यहाँ पुगेको धेरै भएको छैन। त्यसैले नि होला, सरोकारवालासँग भेटघाट छैन।

मेरो भेटघाटको थलो त्यै खुला चौतारी छ। दुई जना कार्यालयबाट बाहिर निस्कन्छन्। फाटेको झुत्रा कपडाले शरीर बेरेजस्तो। फाटेको टोपी, जुत्ता छैन। लाग्छ, कामका लागि आएका होलान्। मलाई चिन्दैनन्। त्यही चौतारोको छेउमा बस्न सङ्केत गर्दै मैले भनेँ, “कति कामले आया हुन्” सायद भाषा–भाव मिलेन होला, अल्मलिन खोज्छन्। खुल्न चाहँदैनन्। म आफ्नो परिचय दिन्छु। सबै कुरा आश्वस्त पार्न चाहन्छु। तै पनि दूरी छ। जवाफ पर्याप्त लाग्दैन। यसरी मुद्दा बोक्नेहरूसँग भेट्ने क्रम पछिसम्म हुन्छ। वस्तुस्थिति यस्तो रहेछ:

“खेती गर्ने ठाउँ कम छ। उब्जाउले खान पुग्दैन। काम गर्न जाने ठाउँ छैन। शरीर पनि बलियो छैन। परिवार छोड्न सकिँदैन। फुर्सदमा सजिलो गरी बनाउन सकिने त्यही चरेश थियो। त्यसले अलिअलि नुनतेल, लत्ताकपडालाई भरथेक हुन्थ्यो। अलिअलि लिएर तराईतिर जाँदा कसै कसैले किन्छन्। कुर्न पनि पर्छ। भाउ नमिल्दा उनीहरूले नै पक्राउ पनि गराउँछन्। गाउँघरदेखि यो समस्या छ। मन नमिल्नेहरूले पुलिसकोमा खबर पुर्‍याउँछन्, दुःख दिन्छन्, मुद्दा चल्छन्। एकपटक तारेख लिन चार पाँचदिन यसै जान्छ। वर्षमा चारपाँच पटक त धाउनै पर्छ। कहिले हुन्छ, के हुन्छ, हामीलाई थाहा हुँदैन। हामी गरीबको कसले सुन्ने?

लाग्छ, यस्तो पीडा पुर्न कति सम्भव होला। उनीहरूले आफ्नो गल्ती स्वीकार गरेका छन्। बचाउ पक्षमा केही भन्नु छैन तर पनि तारेख चलेकै छ। सायद यस्तै परिस्थिति वा परिबन्ध बुझेर होला, मुद्दा छिन्न कोही अगाडि बढेन। अघि–अघि जफत भएका चरेश कति होलान्। हेरुँजस्तो लाग्छ। कार्यालयको प्रायः नखोलिने अँधेरो कोठाभित्र पुराना सामान थन्क्याउने कुनामा कतै चरेशका पोकाहरू। यस्तो परिबन्ध परिस्थितिमा चाँडो मुद्दा छिन्नुबाहेक राहतको पक्षमा के नै गर्न सकिन्थ्यो र ? लाग्छ, विधिको विडम्बना भनौँ।

लाग्छ, कहाँ छ त कमी कमजोरी, केको विवशता हो? स्थिति कसरी देवत्वकरणतिर गयो होला। त्यसमा मूलतः तत्कालीन जाजरकोट दरबारभित्रको परम्परागत संस्कार, संस्कृति वा विकृतिका अवशेषहरूको जग होला। यसलाई अझ बलियो र धारिलो बनाउने कार्य कर्मचारीहरूको जानी–नजानीकन जिहजुरीको तुष्टीकरणको नीतिले बल दियो होला।

जनमत सङ्ग्रहपछि प्रत्यक्ष मतदानबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनाव भयो। यसअघि अप्रत्यक्ष निर्वाचनबाट छोटो अवधिका लागि दीपबहादुर सिंह हुनुहुन्छ। त्यसबेलासम्म पनि उहाँको मतदाताहरूसँग राम्रो परिचय छैन। गाउँघरमै बस्ने र त्यहीँ रमाउने, सम्पत्ति कमाउन केन्द्रित हुने भनिन्थ्यो। सभापति तेजविक्रमसँग डराउने, अगाडि विरोध गर्न नसक्ने, बहस गर्ने क्षमता पनि नराख्ने, कद नै छोटो भन्दा रहेछन्। जि.पं. विघटन भएपछि जनमत सङ्ग्रहपश्चात् रा.प.स.को उम्मेदवार तोक्ने बेलासम्म पनि पूर्वसभापतिको केन्द्रमा सम्बन्ध सुधार भइनसकेकाले होला, दीपबहादुर सिंह नै सरकारी उम्मेदवार बन्नुहुन्छ। तर, जित्न सजिलो छैन। जित्छु भन्ने आत्मबल पनि छैन। म सरकारी उम्मेदवार भएकाले मैले स्वतः सबैका मत पाउनुपर्छ, हकदाबी छ। आफ्नो औचित्य प्रमाणित गर्ने सामथ्र्य छैन।

सरकारी उम्मेदवार सरकारले नै जिताउने हो, लाज नमानीकन भन्ने। हार्नु भनेको सरकारले नै हार्नु जस्तै। उता पूर्वसभापति म सरकारी उम्मेदवार हुँ भनी दाबी गर्ने। मतदाताले नपत्याउने आधार पनि थिएन। व्यक्ति–व्यक्तिसँग उहाँको सम्पर्क छ। जित्ने पर्याप्त आधारहरू छन्। निर्वाचनमा खटिने कर्मचारीहरूलाई आफ्नो पक्षमा परिचालन गर्न विशेष प्रयास गरिरहेका बेला सरकारी उम्मेदवार दीपबहादुर गाउँघरमा बसेर घरगोठ गरिरहेका हुने। प्रचारप्रसार, जनसम्पर्कको मतलब छैन। त्यो उम्मेदवारी उहाँका लागि उचाल्नै नसकिने भारी छ। उता पूर्वसभापतिले जितेमा विघटनबाट खुसी हुनेहरूको उठिबास नै हुन्छ भनेर केही मतदाता डराइरहेका पनि छन्।

जिल्लाका अधिकांश गतिविधि प्रायः काठमाडौँ केन्द्रित भएर हुने गर्दा रहेछन्। त्यहीँबाट सन्देश प्रवाहित हुन्छन्। प्रबुद्ध भनाउँदाहरू सबै जिल्लाबाहिर छन्। प्रतिस्पर्धा गर्ने व्यक्ति देखा पर्दैन। व्यवहारमा क्रमशः एकमात्र शक्तिको स्रोत बनेको छ, बन्दै छ। हरेक कुरामा उहाँको राय, आशय, संकेत आवश्यक मानिँदो छ।

लाग्छ, कहाँ छ त कमी कमजोरी, केको विवशता हो? स्थिति कसरी देवत्वकरणतिर गयो होला। त्यसमा मूलतः तत्कालीन जाजरकोट दरबारभित्रको परम्परागत संस्कार, संस्कृति वा विकृतिका अवशेषहरूको जग होला। यसलाई अझ बलियो र धारिलो बनाउने कार्य कर्मचारीहरूको जानी–नजानीकन जिहजुरीको तुष्टीकरणको नीतिले बल दियो होला। केन्द्रको पनि केही सहयोगी भूमिका भयो होला। अनभिज्ञता वा स–सानो स्वार्थका लागि सबैको आ–आफ्नो तहमा समर्पण होला। निर्देशनमुखी बनेका होलान्। कर्मचारीहरूलाई जिल्लाभित्र बसे पनि – नबसे पनि, काम गरे पनि – नगरे पनि, सर्वसाधारणलाई मर्का परे पनि – नपरे पनि फरक नपर्ने स्थिति बनेको छ। कतैबाट खोजी हुँदैन। खोजी भइहाले संरक्षण गर्ने बलिया हात तयार छन्। सबैले खोजेको यस्तै यस्तै न होला। त्यसैले पनि सभापतिको जयजयकार हुँदैछ। एकछत्र शक्तिको स्रोत बन्न बल पुगेको छ।

फर्केर हेर्दा – लाग्छ, तेजविक्रम शाहजस्तो योग्यता, क्षमता, सक्रियता, अठोटजस्ता प्रशंसनीय गुणहरू एकै थलोमा पाउन गाह्रो छ। कार्यशैली सम्झेपछि पुनः खिन्नता आउन थाल्छ। उता नायकवाडा गाउँमै सीमित, समाजका लागि आफ्नो औचित्य देखाउन नसक्ने, थपना मात्र हुन चाहने, निष्क्रिय व्यक्तिलाई जनताले मौका दिनु परेको छ।

कता–कता अस्पष्ट, मधुरो आवाज कानमा पर्ने गर्छ, ०३७ सम्म पनि तत्कालीन राजा नजिकका देखिने केही अग्रणीहरू अरूलाई दोस्रो दर्जाको नागरिकजस्तै हेर्छन्। गाउँलेहरूलाई जस्तै कर्मचारीहरूलाई पनि उनीहरूकै आज्ञापालकभन्दा बढी देख्न चाहँदैनन्। तर, सबै खलङ्गावासीहरूको त्यो हैसियत, त्यो चाहना कहाँ छ र? यो त तत्कालीन सत्ता भोग्ने र नजिक देखिने केहीको चाहना हो, पीडा हो।

मेरो लागि यो परिवेश नयाँ छ। मभन्दा ठीक अघि सरुवा भइजाने प्र.जि.अ.सँगको सभापतिको प्रगाढ मित्रता र अन्तिम समयमा कटुताको पराकाष्ठा प्रेसमा छताछुल्ल पारेको भर्खरैजस्तो लाग्छ। त्योभन्दा अघिल्लो प्र.जि.अ.ले अवैध सम्बन्ध राखेको भन्दै एक महिलालाई तत्कालीन राष्ट्रिय पञ्चायतसम्म पुर्‍याएको कुरा पनि सुनेको छु। अझै पनि यस्तै कुराले कताकता चिमोटिरहन्छ। भेरी अञ्चलाधीश मेहबूब शाहको सौजन्यता पनि होला, मेरो कार्यकाल सकुशल बितेको छ।

फर्केर हेर्दा – लाग्छ, तेजविक्रम शाहजस्तो योग्यता, क्षमता, सक्रियता, अठोटजस्ता प्रशंसनीय गुणहरू एकै थलोमा पाउन गाह्रो छ। कार्यशैली सम्झेपछि पुनः खिन्नता आउन थाल्छ। उता नायकवाडा गाउँमै सीमित, समाजका लागि आफ्नो औचित्य देखाउन नसक्ने, थपना मात्र हुन चाहने, निष्क्रिय व्यक्तिलाई जनताले मौका दिनु परेको छ। विकल्प नै भएन भन्ने जनभावना अर्काेतिर छ। समस्याको चुरो कहाँ छ त? यिनै र यस्तै उतारचढाव बेहोर्दै दुई वर्ष बिताएर बिदा भएको छु। धन्य परिवर्तनको लाभांशबाट टाढै रहेका निरपेक्ष जाजरकोटवासी जनता। बाँकी अन्वेषककै जिम्मा।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७