– प्रभुनारायण बस्नेत

धर्म निरपेक्षताको नाममा अहिले तीव्र गतिमा इसाईकरण भइरहेको छ। हिन्दू धर्म र सनातन संस्कृतिमाथि लगातार आक्रमण भइरहेको छ। त्यसरी आक्रमण गर्नेहरु आन्तरिक र बाह्य दुवै शक्ति छन्। हिन्दू धर्मावलम्बीहरुलाई सम्पूर्ण शक्ति प्रयोग गरेर इसाई बनाउने अभियान यता केही वर्षदेखि निकै जोडतोडले चलेको छ। नेपाली जनताको गरिबी, अशिक्षा र अन्धविश्वासमाथि टेकेर तिनले मानिआएको धर्ममाथि निरन्तर आक्रमण भइरहेको छ। रोगीलाई प्रभू येशुले निको पारिदिन्छ भन्दै, गरिबलाई पैसा र अवसरको प्रलोभन देखाएर हिन्दू धर्ममा भएका छुवाछूत, भेदभावलाई देखाएर हिन्दूहरुको आस्थामाथि आक्रमण गर्ने अभियान सञ्चालन हुन थालेको निकै भयो।

वि.सं. २०४६ को आन्दोलनपछि धर्म निरपेक्षताको आवाज झिनो रुपले उठेको थियो। तर त्यो बेला तिनले विजय हासिल गर्न सकेनन्। संविधानमा धर्म निरपेक्षताको व्यवस्था गरी खुलेआम धर्मपरिवर्तनको धन्धा सञ्चालन गर्न नपाए पनि एनजीओको नाममा प्रवेश गरी पश्चिमी शक्तिले नेपालको धर्मसंस्कृति, परम्परा र राजनीतिमाथि निरन्तर आक्रमण गर्न थाल्यो। एमालेलाई एनजीओमार्फत र माओवादीलाई कथित जनयुद्धमार्फत लगानी गरेर हिन्दू धर्मसस्कृति विनाशमा सहभागी गरायो। त्यस अभियानको नेतृत्व युरोप, अमेरिकाका गुप्तचर संस्था, ठूलाठूला चर्च र स्वयं राज्यशक्ति संलग्न भएको चर्चा चलिरह्यो। तिनले नेपाली राजनीतिज्ञ, कर्मचारी, व्यापारी, उद्योगीलाई प्रयोग गरेर विपन्न वर्ग, दुर्गम क्षेत्र, जातीय भेदभावको शिकार भएको समूदाय र शिक्षामा पछि परेका जनतालाई निशाना बनाएर आफ्नो कार्यक्रम अघि बढाए।

अहिले उच्च तहको राजनीतिक नेता बुद्धिजीवी र मर्यादाको ख्याल नराख्ने विदेशी कुटनीतिज्ञले नेपालको अविकासको एकमात्र कारण यहाँको धर्मसंस्कृति र परम्परा हो भनेर प्रचार गरिरहेका छन्। कतिसम्म देखियो भने नेपालका एकमात्र पीएचडी प्रधानमन्त्री बाबुराम भटराईले ‘हिन्दू धर्म र सनातन संस्कृतिलाई खोलामा बगाइदिए हुन्छ’ भनेर भाषण ठोके। नेपाली मिडियाका सबैभन्दा सक्रिय बुद्धिजीवी सुरेन्द्र केसीले क्रिश्चियन धर्म वैज्ञानिक धर्म हो। पश्चिमाहरुको विकासको कारण क्रिश्चियन धर्म अपनाईनु हो भनेर टीभीमा अन्तर्वार्ता नै दिए। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरेको अमेरिका भ्रमणका क्रममा उनको गुरु आमाले बाइबल उपहार दिइन्। अहिलेका प्रधानमन्त्री कहिले होली वाइन प्रकरणमा संलग्न हुन्छन् त कहिले आफ्नो पछौटे प्राज्ञिक व्यक्तित्व उज्याल्याउन क्रिश्चियन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको उपहार लिन्छन्। यो तिनको हिनताबोधको पराकाष्टा हो। हाम्रा सभामुखको क्रिश्चियन दिक्षाको चर्चा त बाराम्बार भइरहेकै छ।

नेपालका एकमात्र पीएचडी प्रधानमन्त्री बाबुराम भटराईले ‘हिन्दू धर्म र सनातन संस्कृतिलाई खोलामा बगाइदिए हुन्छ’ भनेर भाषण ठोके। नेपाली मिडियाका सबैभन्दा सक्रिय बुद्धिजीवी सुरेन्द्र केसीले क्रिश्चियन धर्म वैज्ञानिक धर्म हो। पश्चिमाहरुको विकासको कारण क्रिश्चियन धर्म अपनाईनु हो भनेर टीभीमा अन्तर्वार्ता नै दिए।

यसरी के देखिन्छ भने अहिले नेपालमाथि विदेशीले आक्रमण गर्ने आधार धर्म संस्कृतिलाई बनाएका छन्। संसारमा एउटै मात्र हिन्दू राष्ट्र रहेको नेपालमाथि आक्रमण गर्न पश्चिमाहरुले ठूलो धनराशी खर्च गरे संविधान निर्माणको क्रममा कथित सल्लाहकार पठाए। र राज्यस्तरवाटै चर्को दबाब दिए। त्यति गरेर तिनले धर्मनिरपेक्ष राष्ट्र बनाउन सफल भए। जसले इसाईकरणको ढोका खोलिदियो। त्यही संवैधानिक सुविधाको लाभ उठाउँदै अहिले क्रिश्चियन अभियन्ताहरु सिटामोलका चक्की बोकेर पैसाको पोको र बाइबल तथा कथित प्रभूका वचनका पुस्तिका लिएर गाउँगाउँ पुगेका छन्। तिनले निमुखा र सोझा साझा नेपालीलाई अनेक प्रलोभन, त्रास र डर देखाएर, अझ धम्की नै दिएर तिनले मान्दै आएको धर्म परम्परा छोड्न बाध्य पार्दैछन्। र क्रिश्चियन बनाउँदै छन्।

हालै एउटा अमेरिकी धार्मिक प्रतिनिधि र नेपालस्थित अमेरिकी दूतवासले नेपाल सरकारलाई धर्म परिवर्तनको नीति खुकुलो बनाउन दबाब दिएको कुरा सार्वजनिक भएको छ। दूतावास र प्रतिनिधिले हिन्दूहरुले इसाईमाथि आक्रमण गरेको, नेपालको संविधान र कानूनले दिएको धर्म परिवर्तनको अधिकारबाट बञ्चित गराएको, बाँकेमा क्याथोलिक चर्चमा हिन्दू जागरण नेपालका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ। ‘रिर्पोट अन इन्टरनेशनल रिलिजियस फ्रिडम २०१८’ नामको प्रतिवेदनमा हिन्दूहरुले क्रिश्चियनमाथि ज्यादती गरेको, धर्म परिवर्तन अभियानमा संलग्न विदेशीलाई स्वदेश फिर्ता पठाएको उल्लेख छ। जुन २१ मा सार्वजनिक गरिएको त्यो प्रतिवेदनमा सरकारी अधिकारी र मानव अधिकारवादीप्रति गुनासो गर्दै संविधान र अपराध संहिताविपरित धर्म परिवर्तन गराउनेमाथि कडाई गरिएको, क्रिसमसको बिदा कटाइएको, नेताहरुबाटै इसाईमाथि आक्रमण गराइएको आरोप लगाइएको छ। त्यस प्रतिवेदनमा धर्म परिवर्तन र इसाईकरणलाई खुकुलो बनाउनुपर्ने माग राखिएको छ। जबकि नेपालको संविधान र कानूनले जबर्जस्ती धर्म परिवर्तनमा रोक लगाएको छ।

अमेरिकामा नै सरकारले मुस्लिम धर्ममाथि प्रतिबन्ध लगाएजस्तै कठोर नीति अपनाएको छ। आतंककारीको नाममा मुस्लिमप्रति अमेरिकी सरकार कठोर बनेको पनि धेरै वर्ष भइसकेको छ। आफ्नो देशमा पूर्ण धार्मिक स्वतन्त्रता नदिने तर अर्काको देशमा चियोचर्चो गर्ने, अर्काको आन्तरिक मामिलामाथि दक्खल दिन खोज्ने साम्राज्यवादी प्रवृत्ति अमेरिकाले नेपालको धार्मिक मामिलामा पनि प्रदर्शन गरेको छ।

नेपालमा गएको २०७२ सालको भूकम्पमा परी घाईते भएकालाई उपचार गर्ने क्रममा पाटन अस्पतालमा क्रिश्चियन डाक्टरहरुले बाइबल बाँडेर ‘यो पाठ गर्नु, प्रभू येशुले निको पार्नुहुन्छ’ भनेपछि र राहत सामग्रीमा बाइबल राखिएपछि पाटन अस्पतालका डाक्टरहरु विरोधमै उत्रिनु परेको थियो। विश्वविद्यालयमा अर्कै काम लिएर आउनेहरु धर्म प्रचार र धर्म परिवर्तनमा संलग्न हुन्छन्। अनेक नामका प्रोजेक्टमा काम गर्ने विदेशीहरु खुलेआम धर्म परिवर्तनको काममा संलग्न हुन्छन्। यसले तिनको नियतमाथि मात्र प्रश्न उठाउँदैन बरु नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा लुकेको स्वार्थ प्रष्ट रुपमा देखापर्छ।

धर्म प्रचारको नाममा पश्चिमाहरुले नेपाललाई गुप्तचरी गर्ने अखडामा परिणत गर्दैछन्। नेपालजस्तो चीन–भारत दुवैप्रति समदुरीको दृष्टिकोण राख्नुपर्छ, व्यवहार गर्नुपर्छ भन्ने राष्ट्रलाई धार्मिक अतिवादको चपेटामा पार्ने षडयन्त्र हुँदैछ। पश्चिमा शक्तिले नेपालीलाई धर्मको नाममा आफ्नो कब्जामा लिने र चीन भारत दुवै उदयमान राष्ट्रमाथि आक्रमक बनाउने उसको नीति छ।

धर्म व्यक्तिको विल्कुलै निजी मामिला हो। धर्म मान्ने कि नमान्ने, कुन धर्म मान्ने, कुन धर्म परम्परा अपनाउने भन्ने उसको आस्था र विश्वासमा निर्भर गर्छ। यसमा कसैको पनि हस्तक्षेप उचित होइन। हिन्दू धर्म त झन् उदारताका लागि निकै प्रसिद्ध छ। यो धर्मले कुनै अर्को धर्म मान्नेलाई नराम्रो दृष्टिले हेर्दैन र त्यसलाइ परिवर्तन गराएर आफ्नो मतमा ल्याउने सोचाईसम्म राख्दैन। तेत्तीसकोटी देवतामा विश्वास गर्ने हिन्दूहरु बुद्धलाई भगवान विष्णुको अवतार मान्छन्। मोहम्मद र क्राईष्टलाई समेत देवता मान्छन्। यस्तो उदार र सहिष्णुतामा आधारित अर्को धर्म यो दुनियाँमा छैन। तर दुर्भाग्यपूर्ण कुरा के छ भने यस्तो उदार धर्मलाई समाप्त पारेर असहिष्णु, हिंस्रक र आफ्नो एकछत्र साम्राज्य कायम हुनुपर्छ भन्ने धर्मलाई स्थापित गर्ने षड्यन्त्र चलिरहेको छ। धर्मलाई आधार बनाएर संसारका धेरै मुलुकलाई साम्राज्यवादीले कब्जा गरेका छन्। सम्पदाका खानी अफ्रिकामा बाइबल लिएर जानेहरुले कब्जा जमाए। के भनिन्छ भने– बाइबल दिएर आँखा चिम्लेर प्रार्थना गर्न लगाउने र आँखा खोल्दासम्म पश्चिमाहरुले अफ्रिकीहरुको सारा सम्पत्ति र स्वतन्त्रता खोसिसकेका थिए। तिनले सारा अफ्रिकालाई धर्मप्रचारकै बहानामा कब्जा गरेर आफ्रिकीलाई दास बनाएर किनबेच गरे तिनको सम्पत्ति र स्वतन्त्रता मात्र खोसेनन्। सयौँ वर्ष दास बनाएर काम लगाए। यो सबै तिनले धर्म, प्रभू येशु र बाइबललाई आधार बनाएर गरे।

अब तिनले नेपालमा पनि त्यही स्थिति ल्याउन खोजिरहेका छन्। तिनले नेपालको राजनीति, प्राकृतिक सम्पदा, पुरातत्वलाई आफ्नो मुठीमा पार्न बाइबलकै सहारा लिइरहेका छन्। धर्मको नाममा नेपालको स्वतन्त्रता खोस्न साम्राज्यवादीहरु डरलाग्दो षड्यन्त्रका तानाबाना बुन्दैछन्। सामान्य धर्म प्रचार गर्न नै त कसैलाई कुनै आपत्ति हुँदैन तर अबौँ खर्च गरेर गाउँ–गाउँमा प्रचारक खटाएर कथित प्रभूको सन्देश बाँडेर अभियान चलाउनुको अर्थ के हो? त्यसलाई धर्मप्रचारको अर्थमा मात्र बुझ्नु गलत हुन्छ?

धर्म प्रचारको नाममा पश्चिमाहरुले नेपाललाई गुप्तचरी गर्ने अखडामा परिणत गर्दैछन्। नेपालजस्तो चीन–भारत दुवैप्रति समदुरीको दृष्टिकोण राख्नुपर्छ, व्यवहार गर्नुपर्छ भन्ने राष्ट्रलाई धार्मिक अतिवादको चपेटामा पार्ने षडयन्त्र हुँदैछ। पश्चिमा शक्तिले नेपालीलाई धर्मको नाममा आफ्नो कब्जामा लिने र चीन भारत दुवै उदयमान राष्ट्रमाथि आक्रमक बनाउने उसको नीति छ। त्यसमा उसले यहाँका ठूलाठूला राजनीतिज्ञ, विद्धान, उद्योगी, व्यवसायी, कलाकार, पत्रकार सबैलाई प्रयोग गर्दैछ। बाबुरामजस्ता मार्क्सवादी स्कुलबाट दीक्षित नेतालाई बाइबल भिडाइदिएर ‘हिन्दू धर्मलाई खोलामा बगाइदिए हुन्छ’ भन्न किन लगाइन्छ? के हिन्दू धर्म मान्ने लाखौँलाख नेपालीको आस्थामा चोट पुर्‍याउने अधिकार बाबुरामलाई छ? हो, उनले इसाई धर्म मान्न पाउँछन्। धर्मै नमान्ने पनि स्वतन्त्रता छ। तिनलाई। तर पूर्वीय दर्शन र त्यसका धरोहरहरुमाथि आक्रमण गर्ने, तिनका ग्रन्थ, तिनको सम्पत्तिलाई खोलामा बगाउँछौँ भनेर उकास्ने छुट तिनलाई छैन।

इसाई राष्ट्र बनाउनासाथ चर्च निर्माण, पादरीको व्यवस्था गर्ने भनेर गुप्तचरको सञ्जाल विस्तार गर्ने पश्चिमा साम्राज्यवादीको डिजाइनमा नेताहरु फस्दै जादैछन्। अमेरिकाले दलाई लामाका मान्छेलाई तालिम दिएर गुम्बा निर्माणका नाममा भूमिगत संरचना तयार पारेर अत्याधुनिक हातहतियारले युक्त गराउनुलाई स्वभाविक मान्न सकिन्छ?

सुरेन्द्र केसीलाई त पूर्वीय दर्शन, परम्परा, शास्त्र, यहाँको साहित्य कला, संस्कृति नै विकासको बाधक हो भन्ने लाग्छ। हिसांप्रिय इसाईहरु जसले संसारमाथि अत्यन्त क्रुर व्यवहार गरे, ति न्यायप्रेमी लाग्छन्। र संसारभरिबाट लुटेर लगेको सम्पत्ति जायज लाग्छ। यो कस्तो विडम्वना हो? किन तिनीहरु क्रिश्चियन धर्ममार्फत पश्चिमाको गोटी बन्दैछन्? यो डरलाग्दो षडयन्त्रको चक्रव्यूहमा मुलुकलाई धकेलेर पश्चिमाहरु आफ्नो स्वार्थ पूरा गर्न उद्यत छन् भन्नेमा कुनै शंका छैन। नेपालमा धर्म परिवर्तन गराउन देउ भनेर दबाब दिनु, बिस्तारै धर्म निरपेक्षताबाट इसाई राष्ट्र बनाउने योजना हो। इसाई राष्ट्र बनाउनासाथ चर्च निर्माण, पादरीको व्यवस्था गर्ने भनेर गुप्तचरको सञ्जाल विस्तार गर्ने पश्चिमा साम्राज्यवादीको डिजाइनमा नेताहरु फस्दै जादैछन्।

यो काल्पनिक कथा होइन। घटनाक्रमले यसलाई सिद्ध गर्दै लाँदैछन्। अमेरिकाले दलाई लामाका मान्छेलाई तालिम दिएर गुम्बा निर्माणका नाममा भूमिगत संरचना तयार पारेर अत्याधुनिक हातहतियारले युक्त गराउनुलाई स्वभाविक मान्न सकिन्छ? सकिदैन भने त्यो मिसन असफल भएपछि आफ्ना गुप्तचरलाई बाइबल र सिटामोल बोकाएर गाउँगाउँ पठाउने, धर्म परिवर्तनको नाममा सबै कुराको जानकारी लिने र सारा कुरा कब्जा गरी आफ्नो आधिपत्य कायम गर्ने योजनामा अमेरिका र युरोपियनहरु लागेको तथ्यतर्फ हाम्रो ध्यान पुग्नुपर्छ। र समय छँदै होसियारी अपनाउनुपर्छ। यदि हामी त्यसमा चुक्यौँ भने पछि पश्चाताप गर्नुबाहेक अर्को विकल्प रहँदैन।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८