बुटवल – रूपन्देही जिल्लामा रहेका छवटा नगरपालिकाले बजेट सार्वजनिक गरिसकेका छन्। जिल्लाको दक्षिणी क्षेत्रमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाले मात्र अहिलेसम्म बजेट प्रस्तुत गर्न सकेको छैन। उक्त नगरपालिकाले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेको छ। बजेट सार्वजनिक गर्ने सबै नगर सरकारले कृषि र पर्यटनलाई नै मुख्य प्राथमिकता दिएको पाइएको छ।

प्रदेशको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ, जसमा चालूतर्फ १ अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पूँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ।

संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानसमेतलाई समावेश गर्दै गत वर्षभन्दा करिब ३५ करोड बढीको बजेट प्रस्तुत गरिएको हो। उपमहानगरले चालू आवका लागि १ अर्ब ६६ करोड ५० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको थियो।

बजेटको स्रोतका रूपमा स्थानीय आन्तरिक स्रोत (कर, सेवा शुल्क, दस्तुर) तर्फ जम्मा रू. ५१ करोड ९४ लाख ४० हजार, राजस्व बाँडफाँटतर्फ जम्मा रू. १६ करोड ७४ लाख १४ हजार, संघीय सरकारको तर्फबाट प्राप्त हुने समानीकरण, सशर्त, पूँजीगत अनुदानसमेत रू. १ अर्व १ करोड ३१ लाख, प्रदेश सरकारको तर्फबाट प्राप्त हुने जम्मा रू. १० करोड ७५ लाख ९६ हजार, अन्य आय जम्मा रू. ५ करोड ७४ लाख ५० हजार, गत वर्षको अ.ल्या. जम्मा रू. ३ करोड ५० लाख समेत गरी जम्मा आम्दानी रू. १ अर्ब ९० करोड हुने अनुमान गरिएको छ।

जिल्ला सदरमुकाम समेत रहेको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १८ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले पर्यटन, कृषि, खेलकुद, फोहोर व्यवस्थापन, पूर्वाधार विकासलगायतलाई मुख्य प्राथमिकतामा राखेको छ।

बजेटमा पूँजीगततर्फ १ अर्ब रूपैयाँ र चालूतर्फ सामाजिक सुरक्षासमेत २६ करोड ५९ लाख १८ हजार विनियोजन गरिएको छ, जसमा समानीकरणतर्फ १८ करोड १२ लाख, राजस्व बाँडफाँटबाट १० करोड, सशर्त अनुदानबाट १८ करोड ५६ लाख, सामाजिक सुरक्षातर्फ ७ करोड, र सडक बोर्डबाट १ रुपैयाँ प्राप्त हुने जनाइएको छ। यस्तै, प्रदेश सरकारबाट समानीकरणतर्फ ४९ लाख ७६ हजार, राजस्व बाँडफाँटबाट १ करोड १७ लाख ७३ हजार र समपूरकबाट २ करोड प्राप्त हुनेछ।

बजेटले आन्तरिक आम्दानीतर्फ १२ करोड ७० लाख १५ हजार प्राप्त गर्ने लक्ष्य राखेको छ। नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाबाट ४० करोड, नगर विकास कोषबाट १ करोड ५ लाख, अन्य राजस्व बाँडफाँटबाट २ करोड प्राप्त हुने उल्लेख छ। बजेटमा अन्य आम्दानीबाट ४ करोड ३७ लाख प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले लक्षित वर्गतर्फ ४८ लाख, नगर स्तरीय योजनातर्फ १८ करोड ३१ लख, वडास्तरीय योजनातर्फ ८ करोड ३१ लख, र विषयगततर्फ २ करोड ३५ लाख बजेट छुट्टयाएको छ। विषयगतमा कृषितर्फ २५ लाख, शिक्षातर्फ १ करोड १५ लाख, सहकारीतर्फ ५० लाख, महिला विकास कार्यक्रमतर्फ ३५ लाख, पशुसेवा तर्फ ४० लाख र स्वास्थ्यतर्फ १५ लाख विनियोजन गरेको छ। यस्तै, क्षेत्रीय शहरी विकास आयोजनातर्फ ४३ करोड ५ लाख, मेशिनरी औजारलगायतमा ५० लाख, खानेपानी तथा सरसफाइतर्फ ३२ लाख, सशर्त अनुदानतर्फको खर्च १८ करोड ५६ लाख हुने उल्लेख छ। बजेटले दीगो विकासका ५ स्तम्भहरू पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारीलाई विशेष प्राथमिकतामा राखेको छ।

तिलोत्तमा नगरपालिकाले आगामी आव २०७६/७७ का लागि १ अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो बजेट चालू आवको भन्दा झण्डै १९ करोड बढी हो। चालू आवमा तिलोत्तमाले १ अर्ब ३५ करोडको बजेट ल्याएको थियो।

आगामी आवको बजेटमा चालू खर्चतर्फ ५३ करोड ३९ लाख अर्थात् ३४ दशमलव ५९ प्रतिशत र पूँजीगत खर्चतर्फ एक अर्ब ९९ लाख ४० हजार अर्थात् ६५ दशमलव ४१ प्रतिशत रूपैंयाँ विनियोजन गरिएको छ। बजेटले ‘समृद्ध नगर  खुशी नगरवासी’ लाई मुख्य नाराका रूपमा अगाडि सारेको छ। बजेटमा आम्दानी स्रोतको रूपमा आन्तरिक राजस्वबाट ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत २ करोड ५० लाख, गतवर्षको मौज्दात १ करोड रहेको छ।

खर्चतर्फ शिक्षामा सबैभन्दा बढी अर्थात् ३१ करोड ६६ लाख २७ हजार विनियोजन गरिएको छ। स्वास्थ्यतर्फ ५ करोड ३३ लाख ७६ हजार, कृषि, पशुपालन र सिँचाइतर्फ ७ करोड २७ लाख ५७ हजार बजेट विनियोजन गरिएको छ। तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोशेली घर, सीपमूलक तालिम सञ्चालनसमेतका विभिन्न कार्यक्रम कार्यान्वयन गर्न १ करोड १२ लाख रकम विनियोजन गरिएको छ। वन, वातावरण, हरियाली प्रवर्द्धनमा ४ करोेड १५ लाख, खेलकुद र युवातर्फ १ करोड ९७ लाख ३० हजार रकम विनियोजन गरिएको छ।

सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि कुल ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। कुल विनियोजित बजेटमध्ये चालूतर्फ ४४ करोड ११ लाख १० हजार र पूँजीगततर्फ ४६ करोड ७४ लाख ४१ हजार विनियोजन गरिएको छ।

उक्त बजेटमा आम्दानीको स्रोतमा संघीय सरकारबाट प्राप्त अनुदान ६६ करोड २ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान ४ करोड ८६ लाख ५५ हजार, जिल्ला समन्वय समितिबाट ३ करोड १८ लाख ८२ हजार ५ सय ५५ रुपैयाँ, आन्तरिक स्रोतबाट १३ करोड १५ लाख ५५ हजार र ३ करोड ६२ लाख ५८ हजार ४ सय ४५ बचत तथा अन्यबाट पूर्ति हुने उल्लेख छ।

बजेटमा सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सरलीकृत, जेष्ठ र अपाङ्ग नागरिकको भावनालाई कदर गर्दै प्रदेश स्तरको जेष्ठ नागरिक ग्राम र अपाङ्ग ग्राम स्थापना गरिने उल्लेख छ। त्यस्तै, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण तथा प्रचार प्रसारका लागि बजेट विनियोजन गरिएको छ।

स्थानीय तहहरूको संयुक्त लगानीमा वारुणयन्त्र सञ्चालन, नमूना बस्ती विकासका लागि उपयुक्त भूउपयोग मापदण्ड निर्माण गरी कार्यान्वयनमा ल्याइने, सीप विकास प्रतिष्ठानको स्थापना गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत बजेट विनियोजन गर्ने व्यवस्था मिलाइने, सैनामैना– ३ मा रहेको लामीरहको जलाशय निर्माण योजनाको डीपीआर तयार गर्न प्रदेश योजनामा समावेश गर्ने व्यवस्था मिलाइने, नगर यातायातका लागि सडक स्तरोन्नति, कच्ची सडकहरूलाई प्राथमिकताका आधारमा क्रमशः कालोपत्रे गर्दै जाने, सालझण्डी ढोरपाटन बसपार्कको स्तरोन्नति, ल्यान्डफिल साइट निर्माणलगायत योजनाका लागि बजेट विनियोजन गरिएको छ।

प्रसूति सेवा र जेष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्स सेवा, ५८ प्रकारका औषधिहरू निःशुल्क वितरण, विशेषज्ञसहितको सुविधासम्पन्न अस्पताल निर्माण, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणलगायत योजनाका लागि पनि बजेटको व्यवस्था गरिएको छ।

देवदह नगरपालिकाले आज बुधबार सम्पन्न पाँचौँ नगरसभामा आगामी आव २०७६/०७७ का लागि ७५ करोड ८७ लाखबराकरको बजेट प्रस्तुत गरेको छ। जसमा सशर्ततर्फ १८ करोड २६ लाख, सामाजिक सुरक्षातर्फ १२ करोड, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम तर्फ १ करोड ५० लाख, अनुदान राजस्व बाँडफाँट समपूरक अनुदान र आन्तरिक राजस्वतर्फ गरी ४४ करोड ११ लाख गरी कुल ७५ करोड ८७ लाख व्यवस्थापन गरिएको छ।

नगरपालिकाले कृषि, पर्यटन, उद्योग र पशुपालनलाई प्राथमिकता दिएको छ। बजेटले कृषितर्फ बीउ, मल, प्रविधि, सिँचाइ, उपकरण व्यावसायिक कृषकहरूलाई अनुदानको व्यवस्था गर्ने, देवदह नगरपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ऐतिहासिक स्थलहरूको उत्खनन, संरक्षण, सम्वद्र्धनलगायतका कार्यक्रमहरूबजेटमा परेका छन्।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाले अझैसम्म बजेट प्रस्तुत गरेको छैन। उक्त नगरपालिकाले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरे पनि हालसम्म बजेट प्रस्तुत नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी गराएका छन्।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

२०७६, २८ कार्तिक बिहीबार २०:२१

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

२०७६, २८ कार्तिक बिहीबार १४:२४

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:१२

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

२०७६, २८ कार्तिक बिहीबार १७:४५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

२०७६, २८ कार्तिक बिहीबार १९:१९

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन सुझाव

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन…

२०७६, २८ कार्तिक बिहीबार १८:३३

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

२०७६, २८ कार्तिक बिहीबार १७:२६

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:२८