महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ च्याम्पियन बनेको छ। आज बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उक्त टिम प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो।

एपीएफले टस जितेर ब्याटिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो। सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७१ रन बनाएयो। उसका लागि रुवी पौदारले सर्वाधिक २४ र कविता कुँवरले २२ रनको योगदान गरिन् भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

एपीएफका लागि कसिलो बलिङ गर्ने क्रममा करुणा भण्डारी र कप्तान सीता रानामगरले उत्कृष्ट प्रदर्शन गरे। फाइनल प्रतियोगितामा दुवै बलरले समान ३/३ विकेट लिए। त्यस्तै, सोनु खड्का, रेखा रावल र ममता चौधरीले पनि समान १/१ विकेट हात पारे।

७२ रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको एपीएफले १४ ओभरमै लक्ष्य भेट्टायो। उसका लागि ईन्दु बर्माले हिट ब्याटिङ गर्दै १८ बलमा चार चौकासहित २२ रनको उत्कृष्ट पारी खेलिन्। त्यस्तै, ओपनर ब्याट्स म्यान टिम कप्तान सीता रानामगर १८ र ज्योति पाण्डेले १७ रन तथा सरिता मगर दुई तथा ममता चौधरी र सोनु खड्काले समान ३/३ रनको योगदान गरे।

सुदूरपश्चिमका लागि टिम कप्तान जानकी भट्टले दुई विकेट लिए पनि जितका लागि पर्याप्त भएन। फाइनल खेलको प्लेयर अफ द म्याच एपीफकी कप्तान सीता रानामगर भइन्। उनले टुर्नामेन्टको सिरिजसमेत जितेकी छिन्। प्रतियोगिताभरिमा कप्तान रानामगरले ७१ रन बनाउनुका साथै छ विकेट लिएकी छिन्।

त्यस्तै, प्रतियोगितामा बेस्ट बलर प्रदेश नम्बर ३ की खुशी डंगोल र बेस्ट ब्याट्सम्यान कविता कुँवर भए। प्रतियोगिताभरिमा डंगोलले ६ विकेट हात पारेकी थिइन् भने ब्याट्सम्यान कुवँरले ७२ रनको योगदान गरिन्।

उपाधि विजेता एपीएफले ५ लाख नगद तथा ट्रफी हात पारेको छ भने सुदूरपश्चिमले ३ लाख नगद तथा ट्रफ्रीमा चित्त बुझाउन बाध्य भयो।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७