काठमाडौँ – सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलव ७८ अङ्कले घटेर १ हजार २ सय ५८ दशमलव २९ विन्दुमा झरेको छ। यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६३ अङ्कले घटेर २ सय ७० दशमलव ८१ मा पुगेको छ।

नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सोमबार र मङ्गलबारको तुलनामा आज वृद्धि भएको छ। कूल १ सय ६७ कम्पनीको १४ लाख १३ हजार ३ सय ५७ कित्ता शेयर रू ५७ करोड १ लाख २३ हजार ४ सय ८१ मूल्यमा खरीद बिक्री भएको छ।

कारोवार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ। व्यापार २ दशमलव ५३, होटल शून्य दशमलव ६, अन्य शून्य दशमलव ४६ र सामूहिक लगानीकोष शून्य दशमलव २ विन्दुले बढेको छ। यस्तै बैंकिङ ३ दशमलव २३, विकास बैंक शून्य दशमलव ९४, जलविद्युत् ५ दशमलव ७१, वित्त शून्य दशमलव ५६, निर्जीवन बीमा ४ दशमलव ९, उत्पादन ६ दशमलव १२, लघुवित्त ३ दशमलव ८६ र जीवन बीमा ११ दशमलव १८ अङ्कले घटेको छ।

स्टकका अनुसार कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रू १९ करोड ४२ लाख ७३ हजार ४ सय ३०, नेपाल बैंक लिमिटेड रू ४ करोड १९ लाख ७४ हजार ८ सय ६६, प्रभु बैंक रू २ करोड ७१ लाख ५२ हजार ६ सय ७४, आइएमइ जनरल इन्सयोरेन्स लिमिटेडको संस्थापक शेयर रू २ करोड ४१ लाख ५ हजार ६ सय र प्रिमियर इन्स्योरेन्स कम्पनीको रू १ करोड ४४ लाख ४९ हजार ७ सय २४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन्।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९ दशमलव ९५, आइएमइ जनरल इन्स्योरेन्स ६ दशमलव ९५, पाँचथर पावर कम्पनी ६ दशमलव ४७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ४ दशमलव ७५ र अरुण काबेली पावर कम्पनीका शेयरधनीले ४ दशमलव ४० प्रतिशतले कमाएका छन्। त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था ६ दशमलव ३६, आशा लघुवित्त वित्तीय संस्था ४ दशमलव १७, सिद्धार्थ इन्स्योरेन्स ३ दशमलव १३ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २ दशमलव ६६ प्रतिशतले गुमाएका छन्। (रासस)

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९