काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्काएको छ।

भारतको नयाँदिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा ‘दलाई लामाका प्रतिनिधि रहेको र चीनको खोजी सूचीमा रहेको’ सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए। स्रोतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ पुर्‍याएका थिए।

उनलाई प्रवेश अनुमति दिँदा चिनियाँ पक्षले आपत्ति जनाउने निष्कर्षपछि गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गरेका थिए। तर, फर्काइएका व्यक्ति दलाईका प्रतिनिधि नभएको र त्यही नामका असली प्रतिनिधि भने भारतको धर्मशालामा रहेको स्रोतले दाबी गरेको छ।

उच्च स्रोतका अनुसार पेन्पा नेपाल आएको थाहा पाएलगत्तै चिनियाँ पक्षले उनलाई पक्रेर बुझाउनुपर्ने आशयको ‘सन्देश’ गृहमा पठाएको थियो। अमेरिकी राहदानीबाहक पेन्पालाई पक्राउ गर्दा अमेरिकाले आपत्ति जनाउने र यो कूटनीतिक विवादको विषय बन्ने भएपछि गृह मन्त्रालयले उनलाई फर्काउने नीति अख्तियार गरेको थियो।

अध्यागमन स्रोतका अनुसार पेन्पाले आफू काठमाडौंमा पुराना साथी भेट्न आएको अध्यागमन अधिकारीलाई बताएका थिए । प्रहरी स्रोतले भने काठमाडौंको कपनलगायतका केही स्थानमा फ्रि तिब्बतसम्बन्धी कार्यक्रम हुन लागेको र त्यसमा पेन्पा सहभागी हुन आएको आशंका गरेको छ।

सामान्यतया इन्ट्री रिफ्युज गर्दा प्रवेश नदिनुको कारण खुलाई पत्र दिएर जुन देशबाट आएको हो, सोही देश फर्काउने नियम छ। पेन्पाको घटना संवेदनशील रहेको भन्दै उनलाई आफ्नै देश वा भारत फर्कन विकल्प दिइएको थियो। पेन्पालाई सकेसम्म उनकै देश फर्काउन सरकारी अधिकारीले पहल गरेका थिए । स्रोतले भन्यो, ‘पेन्पाले टिकट नकाटे गृहले टिकट काटेर फर्काउनेसम्मको कुरा भएको थियो।’ पेन्पाले अमेरिका फर्किने गरी सोही दिनको कतार एयरवेजको टिकट काटेपछि यो घटनालाई सामसुम पारिएको थियो।

गृह स्रोतका अनुसार पेन्पालाई चीनले सर्वाधिक खोजी सूचीमा राखेको र उनको नेपाल आगमन चिनियाँ चासोको विषय भएकाले प्रवेश अनुमति नदिएको हो।

पेन्पालाई नेपालमा प्रवेश गर्न नदिइएको विषय उल्लेख गर्दै तिब्बत सन डटकम नामक अनलाइन पोर्टलले दलाईका वास्तविक प्रतिनिधि पेन्पा भारतको धर्मशालामा रहेको जनाएको छ। उक्त अनलाइनमा दलाईका प्रतिनिधि पेन्पाले ‘चीनको दबाबमा आफनै नामका अर्कै व्यक्तिलाई नेपालले फिर्ता पठाएको’ बताएका छन्।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले पेन्पालाई नेपाल प्रवेश गर्न नदिएर फर्काइएको विषयमा जानकारी नभएको बताए । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पनि पेन्पाको विषयमा आफूलाई थाहा नभएको बताए । यो समाचार कान्तिपुर दैनिकले छापेको छ।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार २०:५०

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

२०७६, ३ मंसिर मंगलवार १७:१५

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

पारस र सोमपालसहित ७ नेपाली क्रिकेटर पीएसएलको ड्राफ्टमा

पारस र सोमपालसहित ७ नेपाली क्रिकेटर पीएसएलको ड्राफ्टमा

२०७६, २ मंसिर सोमबार १५:५१