दोलखा – दोलखाको मेलुङ गाउँपालिकामा परीक्षणको रुपमा एभोकाडोको खेती शुरु गरिएको छ। मेलुङ गाउँपालिकाले विभिन्न किसान समूहहरुलाई एभोकाडोका विरुवाहरु निःशुल्क उपलब्ध गराएपछि एभोकाडो फलको परीक्षण खेती शुरु गरिएको हो।

धनकुटाको कागतेबाट १५ सय एभोकाडोका विरुवा खरिद गरी सातवटै वडाका किसान समूहहरुलाई वितरण गराइएको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए। उनका अनुसार एकसय पचास रुपैयाँका दरले एभोकाडोका विरुवा खरिद गरिएको हो। धनकुटाबाट २ लाख ५० हजारमा विरुवा खरिद गरी त्यसको ढुवानीसमेत गाउँपालिकाले नैै गरिदिएको उनले बताए। धनकुटाको तथा मेलुङको हावापानी मिल्दोजुल्दो भएकाले मेलुङ गाउँपालिकामा यसको खेती सफल हुने गाउँपालिकाका कृषि प्राविधिक गम्भिर खड्काको विश्वास छ।

एभोकाडोलाई नेपालीमा ‘घ्यू फल’ पनि भनिन्छ। मध्य–अमेरिका र मेक्सिकोमा उत्पत्ति भएको मानिने यो फल उष्ण प्रदेशीय फल हो। वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’ रहेको एभोकाडोको सबैभन्दा बढी उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ। समुन्द्र सतहबाट २५ सय मिटरको उचाइसम्म एभोकाडोको खेती गर्न सकिन्छ। स्वास्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट यो फलमा प्रशस्तै हुने भएकाले एभोकाडो स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ।

विरुवा लगाएको ३ देखि ५ वर्षमा यसले फल दिन शुरू गर्दछ। यसको एकै बोटमा १ हजार केजीसम्म फल उत्पादन हुन्छ। एभोकाडो हुर्किएपछि ५० वर्षसम्म निरन्तर फल दिइरहने विज्ञहरुको भनाइ छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८