सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण भएको १३ महिना बित्यो। पूर्व माओवादी र पूर्व एमाले मिलेर गतवर्ष जेठ २ गते पार्टी एकीकरण भएको थियो। १३ महिना बितिसक्दा पनि पार्टी एकताले पूर्णता भने पाएको छैन। सरकारको कामकारवाही प्रभावकारी नभएको विपक्षी दलको आरोप छ। सरकारले ल्याएका सुरक्षा परिषद् विधेयक, मानवअधिकार विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतका विधेयकको तीव्र आलोचना भइरहेको छ। त्यसैगरी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले कुनै पनि विषयमा पार्टीभित्र छलफल नगरेको आरोप लाग्ने गरेको छ। अहिले नेकपामा वैचारिक कार्यदिशाको विवाद बढेको छ। नेकपाको एकता प्रक्रिया, वैचारिक कार्यदिशा विवादलगायत विषयमा स्थायी कमिटि सदस्य देव गुरुङसँग नेपाली पब्लिक डटकमका लागि रमेश दवाडीले गरेको संक्षिप्त कुराकानी:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले के गर्दैछ?

– के गर्दे छ भन्ने कुरा त सबै सार्वजनिक नै छ। पार्टीको उद्देश्य, पार्टीको नीति, पार्टीको कार्यक्रमअनुसार नै पार्टी चलेको छ।

पार्टी एकता भएको १३ महिना बित्यो। अझै पूर्णता पाएको छैन। जिल्ला इञ्चार्ज र सहइञ्चार्जहरूको टुंगो लागेको छैन। किन ढिलाइ भएको हो?

– टुंग्याएको भए राम्रै हुन्थ्यो। नटुंगिए पनि पार्टी बनिसकेकाले बाँकी कामहरु निरन्तर चलिरहन्छ।

पछिल्लो समय पार्टीको वैचारिक कार्यदिशाको विषयमा विवाद उत्पन्न भएको छ। विवाद बढ्नुको कारण के हो?

– वैचारिक कार्यदिशाका लागि त पार्टीले वैचारिक दस्तावेज बनाएको छ। त्यही राजनीतिक दस्तावेजमा जे छ, त्यही कार्यान्वयन गर्ने हो।

तपाईंकै पार्टीका नेताहरूले किन यो विषय उठाउनुहुन्छ त?

– कसले उठाउनु भएको छ। मैले त बुझ्न पाएको छैन। पार्टीमा उहाँहरू असन्तुष्ट भएरै कुरा उठाउनु भएको हो।

सरकारले विधेयक ल्याउनुअघि पार्टीमा र सरोकारवालाहरूसँग किन छलफल गर्दैन?

– संविधानत विधेयक ल्याउने जिम्मा मन्त्रीपरिषद्को हो। मन्त्रीपरिषद्ले आवश्यक ठानेको विषयहरूमा अनौपचारिक रूपले सल्लाह गर्नुभएकै होला। औपचारिक रूपमा सल्लाह गर्न पाइँदैन। अनौपचारिक रूपमा कुनै नीतिगत विषयहरूमा कसैसँग सल्लाह गर्न चाहे, त्यो विषय सरकारको कार्यशैली विपरित पर्दैन।

विधेयक विरोधको विषयमा के भन्नुहुन्छ ?

– प्रस्ताव आउँदैमा सबै फाइलन भइसकेको हुँदैन। यसमा विरोधै गर्नुपर्छ भन्ने पनि छैन। प्रस्ताव भनेको त थपघट हुन्छ। काँटछाँट हुन्छ। फेरबदल हुन्छ। फिर्ता हुन्छ। अगाडि बढ्छ। सबै चलिरहन्छ। फेरिरहने प्रक्रिया न हो।

मन्त्रीपरिषद् पुनगर्ठनको प्रसंग आएको छ। कहिले हुन्छ पुनगर्ठन?

– यो प्रधानमन्त्रीको क्षेत्राधिकार भित्रको कुरो हो। अरूले भन्ने विषय परेन।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन कहिले हुन्छ?

– कार्य विभाजन धेरैजसो भइसकेको छ। केही काम बाँकी होला। त्यो काम पार्टीले गरिरहेको छ। छिट्टै सकिन्छ भन्ने विश्वास छ।

सरकारप्रति तपाईंको टिप्पणी के छ ?

– सरकारले जे गर्नुपर्थ्यो, त्यो ठिकै गरेको छ। नीति तथा कार्यक्रम अनुसार नै सरकार चलिरहेको छ। बाँकी टिप्पणी गर्न चाहन्नँ।

 

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७