बुटवल, २ माघ – नेपाली कांग्रेस रुपन्देहीले पार्टीको आधिकारिक निर्णयबिना नै प्रदेश पाँचको स्थायी राजधानी बुटवल तत्काल घोषणा गर्न माग गर्दै बिहीबार बुटवलमा खबरदारीसभा गर्न लागेको पाइएको छ।

पार्टी संसदीय दलले राजधानीको सन्दर्भमा कुनै निर्णय नगरेको भएपनि जिल्ला कार्यसमितिले खबरदारीसभा गर्न लागेको हो। खबरदारी सभालाई कांग्रेसकै कतिपय नेताहरुले ‘हतार र अपरिपक्व’ भनी टिप्पणी गरेका छन्।

अस्थायी राजधानी घोषणा भएको एक वर्ष पूरा भएको दिन पारेर कांग्रेस रुपन्देहीले बुटवलमा सभा गर्ने तयारीमा कांग्रेस रूपन्देही लागेको हो।

नेपाली कांग्रेस प्रदेश नम्बर पाँचका संसदीय दलका नेता बलदेव शर्मा पोखरेल बुटवल राजधानी हुनुपर्छ भनेर संसदीय दलले निर्णय नगरे पनि पार्टीले सभा सम्मेलन गर्न सक्ने जिकिर गर्छन्। उनी रुपन्देहीबासी हुन्।

बुटवलको खबरदारी सभाबारे बाँके बर्दिया, दाङलगायत प्रदेश पाँचका पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरू बेखवर छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले संसदीय दलको निर्णयबिना रूपन्देही राजधानी बनाउनुपर्ने जनाउँदै सभा–सम्मेलन गर्नु हतार हुने प्रतिक्रिया दिएका छन्।

हमालले भने, ‘प्रदेशको स्थायी राजधानी घोषणा गर्ने सम्पूर्ण अधिकार प्रदेशसभालाई छ। केही सांसदहरू माघी पर्वमा व्यस्त छन्। बुटवल राजधानी बन्नुपर्छ भन्ने भनाइ पूर्ण हुन मुस्किल छ। बुटवल हुने सभालाई कांग्रेसका पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले रूचाएका छैनन्।’

खबरदारीसभाको मुख्य माग ‘प्रदेश नम्बर पाँचको स्थायी राजधानी रूपन्देही कायम हुनुपर्ने र प्रदेश पाँचको नामाकारण गरिनुपर्ने’ कांग्रेसको प्रचार सामग्रीमा उल्लेख छ।

कांग्रेसले राजधानी बाग्दै बुटवलमा खबरदारीसभा गर्ने सुनेपछि मुख्यमन्त्री शंकर पोखरेलले आइतबारको संसद् बैठकमा प्रदेशको राजधानी सडकबाट मागेर पाइँदैन भन्ने प्रतिक्रिया दिएका थिए। असान्दर्भिक मागका बारेका सभा, सम्मेलन र विरोध नगर्न कांग्रेसलाई उनको आग्रह थियो।

प्रदेश नम्बर पाँच सार्वजनिक लेखा समितिका सभापति तथा दाङबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस पार्टी, संघीय संसदीय दल, प्रदेशको कुनै पनि संसदीय दलको बैठकले राजधानीको विषयमा कुनै निर्णय र छलफल नगरेको बताए।

चौधरीले भने, ‘कसैले पनि रूपन्देही राजधानी हुनुपर्छ भनेर भनेको छैन। हाम्रै पहलमा प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयमा सुझाव संकलन गर्न समिति बनाइएको हो। समितिले सुझाव संकलन गर्दै छ। अनुशासनमा बस्न सिक्नुपर्छ।’

प्रदेश नम्बर–५ को स्थायी राजधानी बुटवलमै रहनेजस्तै छ। पूर्वाधारका हिसाबले रूपन्देही नै राजधानी सबै क्षेत्रबाट उपयुक्त छ।

८७ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९ सांसदले प्रतिनिधित्व गर्छन्। स्थायी राजधानी सहमतिमा नटुङ्गिए प्रदेशसभाको दुईतिहाइ बहुमतले टुङ्गो लगाउन सक्छ। त्यो बहुमत नेकपासँग छ। तर कांग्रेस रुपन्देहीले जस लिनका लागि सडकबाट राजधानी माग्न थालेको कतिपयको बुझाइ छ।

कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारले प्रदेश स्थायी राजधानी तोक्न आलटाल गरेकोले जनस्तरबाट खबरदारी गर्ने सभा गर्न लागेको बताएका छन्।

‘प्रदेससभा गठन भएको एक वर्ष पुग्यो,’ रज्जाक भन्छन्, ‘राजधानी तोक्ने महत्वपूर्ण विषयमा सरकारले आलटाल र अन्यत्र सार्ने सडयन्त्र देखिँदै छ। दुईतिहाइको सरकारले यस्तो विषयलाई ओझेलमा पारेको छ। त्यसविरूद्ध सभा गर्न लागेको हौँ।’

सभामा सम्बोधनका लागि कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा रूपन्देहीबाट समानुपातिबाट प्रतिनिधित्व गर्ने बालकृष्ण खाँण, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, चन्द्र भण्डारी र मानबहादुर विक बुटवल आउँदैछन्।

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४