पोखरा – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटमा विभेद भएको आरोप लगाउँदै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले महानगरको कार्यालयमा तालाबन्दी गरेका छन्। महानगरले प्रस्तुत गरेको बजेटमा विभेद भएको आरोप लगाउँदै उनीहरुले बुधबारको नगरसभा बैठकमा रेडबुकसमेत च्यातेका थिए।

नगरसभाको अन्तिम समयमा रातो किताब च्यातेर बाहिरिएका उनीहरुले बिहीबार महानगरको मुलगेटमै तालाबन्दी गरेका हुन्। नाराबाजीसहित उनीहरुले महानगरको गेटबाहिर प्रदर्शनसमेत गरेका छन्। महानगरले प्रस्तुत गरेको बजेट समानुपातिक प्रक्रियाबाट वितरण नभएको कांग्रेस जनप्रतिनिधिहरुको आरोप छ।

कांग्रेसले विरोध गरे पनि महानगरको बजेट बुधबार नै बहुमतले पारित भएको छ। १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना कांग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपा तर्फका हुन्।

वडा नं. ४ का वडाध्यक्ष शंकर बास्तोलाले महानगर प्रमुख मनबहादुर जिसीले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई केन्द्रित गरेर बजेट विनियोजन गरेको आरोप लगाए। केही वडाहरुमा मात्रै बजेट केन्द्रित भएको र कांग्रेसले जितेका वडाहरुलाई विभेद गरेको उनले आरोप लगाए। बास्तोलाले यो बजेट सच्याएर ल्याउन मागसमेत गरेका छन्।

११ नम्बरका वडाध्यक्ष मोहन बास्तोला पनि बजेट नसच्चिएसम्म आन्दोलन निरन्तर चलिरहने बताउँछन्। सच्याउन आग्रह गरेको र नसच्याइएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ। उनले अहिलेको बजेटले कांग्रेसलाई ‘बाईपास’ गरेको आरोप लगाए। बजेट जति नेकपाले जितेका वडामा मात्र थुप्रिएको उनको गुनासो छ। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको छ।

मेयर मानबहादुर जिसीले भने बजेटमा कुनै विभेद नभएको दावी गरे। तालाबन्दीपछि महानगरको कामकाज तथा सेवा प्रवाहसमेत प्रभावित भएको छ।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७