धनगढी – नेकपाका नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सरकारका काम कारवाहीको समीक्षा गर्ने बेला आएको बताएका छन्। संघीय सरकारको नेतृत्व फेर बदलको चर्चा चलिरहेका बेला नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले सरकारको काम कारवाहीबारे समीक्षा गर्ने बेला भएको बताएका हुन्।

केही दिनयता सुदूरपश्चिममै रहेका नेता रावलले आज बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकार फेरबदलसम्बन्धी सञ्चारकर्मीले राखेका जिज्ञासामा पार्टीले सरकारको मन्त्रालयगत काम कारवाहीको समीक्षा गर्नुपर्ने बताए। उनले भने, ‘हाम्रो पार्टी झण्डै दुई तिहाई बहुमतका साथ प्रतिनिधिसभामा छ, सक्रियताका साथ काम गर्छु भन्नेको संख्या त धेरै ठूलो हुन सक्ला तर अहिले काम गरिरहनुभएका पनि सक्रियताका साथ काम गर्छु भन्ने नै होलान्।’

पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामहरूको मूल्यांकन र समीक्षा गरिएमा तथ्यगत समीक्षा गरी बल्ल सरकार फेरबदल गर्ने नगर्ने कुरा भन्न सकिने उनको भनाइ थियो। त्यो बेला भएन भन्ने जिज्ञासामा रावलले भने, ‘बेला त भयो, अब सरकारले सोचिरहेको होला त्यो विषयमा। तर, सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको उनले प्रष्ट पारे।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रावलले स्वतन्त्र प्रेसमाथि सरकारले अंकुश नलगाउने बताए। उनले भने, ‘सरकार स्वतन्त्र प्रेसमाथि अटल विश्वास गर्छ। भाषा शैलीले पत्रकारमाथि असर पर्छ भने सरकारले हेर्छु भनेकै छ।’ कुनै पनि नीति बनाउँदा सरकारले सम्बन्धित क्षेत्रमा पर्ने असरलगायतका विषयलाई नजरअन्दाज गर्नु नहुने उनको भनाइ छ। उनले जनआवाजका आधारमा सरकारले गुठी विधेयक फिर्ता लिएको बताउँदै सरकार जहिले पनि जनताका पक्षमा काम गर्न तयार रहेको बताए।

नेकपाका जिल्ला कमिटीहरूको शपथग्रहण गराउन जेठ २५ गतेदेखि प्रदेशमा रहेका नेता रावलले अछाम जिल्लाका आठवटा स्थानमा आयोजित जनसभा कार्यक्रमलाई पनि सम्बोधन गरेका छन्। उनले जिल्ला कमिटीमा वरीयताका आधारमा छुटेका व्यक्तिलाई जिल्लाको सिफारिशका आधारमा कमिटीमा ल्याउन सक्ने सहमति भएको बताए।

सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता रावलले कमिटीको शपथग्रहणमा कुनै पनि सदस्यले बहिष्कार नगरेको बताए। तीन जिल्लाका सचिवहरूले शपथग्रहण बहिष्कार नगरेको दाबी गर्दै नेता रावलले प्रदेश र जिल्लाको दोहोरो सदस्यता नलिने बताएपछि उनीहरूको ठाउँमा अर्को व्यक्तिलाई जिम्मेवारी दिइरहेको बताए।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७