काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ। आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो।

निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ। यात्रुदेखि कार्गो एजेन्टका लागिसमेत ग्लोबल बोलपत्र आह्वान गरेको हो। जीएसएको टुङुगो एक महिनाभित्र लाग्ने निगमले जनाएको छ।

जीएसए प्रक्रिया पूरा गरी दशैँअघिनै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए। ‘साउदी उडानका लागि बोलपत्र आह्वान गरिसकेका छौँ, साउदीको सिभिल एभिएसनलाई बोलाएर अडिट गरेपछि आगामी अक्टोबर महीनासम्म उडान शुरु गरिनेछ’, उनले भने। साउदीमा विशेष गरी रोजगारीका लागि जाने नेपाली युवालाई लक्षित गरेर उडान गर्न लागिएको छ।

सकेसम्म दशैँअघि नै रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेको निगमले जनाएको छ। यो गन्तव्यमा निगमले साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्ने योजना छ।

निर्धारित योजनाअनुरुप निगमले भदौ १२ गते (२९ अगष्ट २०१९) देखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ। यसअघि निगमले असार १९ गतेदेखि ओसाका उडान गर्ने योजना बनाए पनि टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकूल रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको थियो।

निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ।

यस्तै, निगमले जापानको मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान गर्ने प्रक्रिया अघि बढाएको छ। निगमका अध्यक्ष मदन खरेलसहितको टोलीले हालै जापान सिभिल एभिएसनका अधिकारीसँग छलफल गरेको थियो। दुई पक्षीय बैठकपछि नारिता उडानका लागि सकारात्मक वातावरण बनेको सहायक प्रवक्ता कोइरालाले बताए।

नारिता उडानका लागि छिट्टै कागजात पठाइनेछ। नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन्। सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए। निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ।

चीनको गोञ्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको निगमका प्रवक्ता कोइरालाले बताए। उनले भने, ‘चीनको सिभिल एभिएसनले निगमको काजजातको सम्बोधन ‘डकुमेन्ट रेस्पोन्स’ गर्दै थप कागजात मागेकाले त्यो पनि पठाइसकेका छौँ अबको २० दिनभित्र उडान अनुमति पाउँछौँ।’ चीन नेपालका लागि उपयुक्त स्रोत बजार मानिन्छ। चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६३३ पर्यटक आएका थिए।

वाइडबडी ए ३३० जहाजबाट लामो गन्तव्यमा उडान भर्ने योजनाअनुरुप निगमले जापान, चीन, साउदीलगायत अन्य गन्तव्य पनि खोजी गर्दैछ। दक्षिण कोरियामा पनि उडानका लागि पहल गरिरहेको जनाएको छ। निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ। निगमसँग अन्तर्रा्ष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन्। (रासस)

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१