वीरगंज – आगामी आर्थिक वर्ष २०७६/७७ को लागि दुई दिनदेखि चलिरहेको वीरगंज महानगरको ५औँ नगर सभा शान्तपूर्ण रुपमा सम्पन्न भएको छ। मेयर विजय सरावगीले आगामी आर्थिक वर्षका लागि महानगरले चालू आर्थिक वर्षभन्दा ८२ करोड कम बजेट अर्थात् ४ अर्ब ४८ करोडको विनियोजन गर्ने निर्णय भएको बताए।

चालू आर्थिक वर्ष २०७५/७६ को लागि महानगरले ५ अर्ब ३ करोड बजेट छुटयाएको थियो। कर असुली राम्ररी नहुँदा करको दर घटाउनु परेको र एकीकृत सम्पत्ति कर हटाउँदा वर्षेनि महानगरको आन्तरिक श्रोतको रकममा करिब ११ करोड कमी आएको पनि मेयर सरावगीले चर्चा गरे।

मेयर विजयकुमार सरावगी, उपमेयर शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत एवं वडा अध्यक्षहरुले सामूहिक रुपमा पत्रकार सम्मेलन गरी नगरसभा सकिएको घोषणा गरे। कार्यक्रममा नगर सभाका संक्षिप्त निर्णयहरुसमेत सार्वजनिक गरिएको थियो। पत्रकार सम्मेलनमा नगर सभामा सहभागी सबै १ सय ६२ जना नगर परिषद सदस्यहरुलाई धन्यवाद दिइएको थियो।

उनले विभिन्न कारण र प्रणालीलाई अँगाल्दा चालूभन्दा आगामी बजेट कम आएको बताए। उनले आगामी वर्ष यदि एडीबीको अनुदान र बजेट आएन भने महानगरको बजेट करिब २ अर्बमा झर्ने पनि उनले आशंका व्यक्त गरे।

फरक प्रसंगमा मेयर सरावगीले वीरगंज बजार क्षेत्रमा दायाँबायाँ २५ मिटर चौडा बनाउन आवश्यक नरहेको बताए। उनले १५ मिटर भए पुग्ने र सोभन्दा बढी कायम गर्न खोजिए महानगर आफैँ प्रतिकार उत्रने बताए। उनले आगामी वर्षभित्र पछि थपिएका १६ वटा वडाको लागि घर नक्सा पास गर्न कर छुट दिएको, श्रीसिया खोला सफाई, बेल्वामा फन पार्क निर्माण, लालपर्सामा ढुवानी नगर, भारतीय दूतावासनजिकै मल लगायतको योजनामा महानगरले बजेट विनियोजन गरी आगामी जेठसम्म सक्ने बताए।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७