काठमाडौँ – छिमेकी मुलुक भारतको प्रतिष्ठित इण्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) २०१९ नेपालमा हुने पक्का भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपालमा उक्त कार्यक्रम आयोजना गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषदको बैठकले नेपाल पर्यटन बोर्डको नेतृत्व र काठमाडौँ महानगरपालिकाकाे सहआयोजकत्वमा उक्त कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेको हो। नेपालमा हुन लागेको यो आइफा अवार्ड २०१९ आइफाको २०औँ संस्करण हो।

आइफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण मिलाउन सरकारले यही असार ८ गते एक समिति गठन गरेको थियो। आज बिहीबार बसेको सोही समितिको पहिलो वैठकले आइफाका प्रतिनिधिसँग बसेर छलफल गरेर ५ दिनभित्र अवार्डको मोडालिटी टुंगो लगाउने निर्णय लिएको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले जानकारी दिए।

सीईओ जोशीले भने, ‘५ दिनभित्र कार्यक्रमको विस्तृत कार्ययोजना बनाएर हामी आयोजकसँग उच्चस्तरीय वार्तामा बस्छौँ।’ उनले भने। उनका अनुसार उक्त अवार्डको अनुमानित लागत १ अर्ब रुपैयाँ रहेको छ। सीईओ जोशीका अनुसार समारोहमा सहभागी हुन ८० देखि १०० जना बलिउड कलाकार नेपाल आउनेछन् भने उनीहरूका सहयोगी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबै गर्दा ६–७ सयको हाराहारीमा विदेशी पाहुना नेपाल आउनेछन्।

स्रोतका अनुसार आइफाका प्रतिनिधिहरू अहिले पनि नेपालमा नै छन् र सरकारी अधिकारीहरूसँग बलिउड टोलीको हवाई यात्रा, होटल बसाई र सुरक्षाबारे छलफल गरिरहेका छन्। उच्चस्तरीय समितिका सदस्य एवं चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अवार्ड हुने लगभग निश्चित भए पनि धेरै कुराहरूको टुंगो लागिनसकेको जानकारी दिए। उनले भने, ‘विविध विषय टुंगो लाग्न बाँकी छ, हामी चार महिनादेखि यसैका लागि गृहकार्य गरिरहेका छौँ। मौखिक रूपमा धेरै कुराहरू टुंगो लागिसके पनि सम्झौतापत्रमा हस्ताक्षर हुन बाँकी छ।’

पर्यटन बोर्डका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार आइफा अवार्ड आयोजनाको खर्च पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका र निजी क्षेत्रले जुटाउनुपर्नेछ। ‘कसको भागमा कति पर्छ भन्नेचाहिँ निक्र्योल भएको छैन,’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका संस्थाले सहयोग गर्ने सरकारको अपेक्षा छ। सरकारले आयोजकसँग उच्चस्तरीय वार्ता गर्न बनाएको कमिटीको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा छन्। कमिटीमा पर्यटन, अर्थ, सूचना तथा सञ्चार प्रविधि र भौतिक मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिरकणका महानिर्देशक, काठमाडौँ महानगरपालिकाका मेयर, नेपाल पर्यटन बोर्डका कार्यकारी अध्यक्ष, नेपाल भ्रमण वर्षका संयोजक, नेपाल पर्यटन बोर्डका सीईओ तथा अन्य निजीक्षेत्रका छाता संगठनका अध्यक्षहरू सहभागी छन्।

उक्त कमिटीले आइफा अवार्डको आयोजना गर्ने स्थान नेपाली सेनाको मुख्यालयअगाडिको फुटबल चौरलाई छनोट गरेको छ। आइफाको एक टोलीले हेरेका स्थानमध्ये सेनाको कम्पाउन्डभित्रको चौरलाई नै मन पराएको बताइएको छ।

आइफा अवार्ड विभिन्न देशमा हुने गरेको छ। पहिलोपटक सन् २००० मा बेलायतमा आयोजना भएको थियो। त्यसपछि क्रमशः दक्षिण अफ्रिका, मलेशिया, दक्षिण अफ्रिका, सिंगापुर, नेदरल्याण्ड्स, यूएई, बेलायत, थाइल्याण्ड, मकाउ, श्रीलंका, क्यानडा, सिंगापुर, मकाउ, अमेरिका, स्पेन र थाइल्याण्डमा आयोजना भइसकेको छ। यी सबै देशमा भएका अवार्ड कार्यक्रमको खर्च आइफाले गरेको थियो। यो अवार्ड नेपालमा गर्न एक वर्ष अगाडिदेखि गृहकार्य थालिएको थियो।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६