काठमाडौँ, २ माघ – पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वाइडबडी विमान खरिदमा भएको अनियमिततालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु मिलेर ढाकछोप गरेको सांकेतिक रुपले बताएका छन्।

नयाँ शक्ति पार्टीले बुधबार ठमेलको होटल यात्रीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले वाइडवडी खरिदमा भएको अनियमितता छानबिन गर्न अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति बनाउन माग गरेका छन्।

भट्टराईले अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति बनाएमा मात्रै विमान खरिदमा भएको अनियमितता सही ढंगले बाहिर आउन सक्ने बताउँदै संसदीय समितिहरुले बनाएको उपसमितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुन नसक्ने धारणा राखेका छन्।

भट्टराईले संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानबिन गरेर प्रतिवेदन बुझाएको बताउँदै संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले पनि छानबिन गरिरहेको उल्लेख गरे। उपसमितिहरुले सीमित दायराभित्र रहेर मात्रै छानबिन गर्ने भएकाले सर्वदलीय अधिकार सम्पन्न समिति बनाएर छानबिन गरे मात्रै भ्रष्टाचारीलाई कारवाही हुनसक्ने बताए।

भट्टराई सरकारले बनाएको न्यायिक आयोगले सत्थतथ्य बाहिर ल्याउन नसक्ने बताए। संसदीय समितिहरुले उपसमिति गठन गरेर छानबिन गरिरहेका बेला सरकारले उपसमितिको प्रतिवेदनलाई छायाँमा पार्नेगरी न्यायिक आयोग बनाउनुको कुनै अर्थ नहुने जिकिर गरे।

ठूला राजनीतिक दलका ठूला नेताहरु नमिलेसम्म ठूलो भ्रष्टाचार हुन नसक्ने दावी गर्दै भट्टराईले भने ‘भ्रष्टाचारी जोगाउन नेताहरुले राष्ट्रिय सहमति गरेको हुनसक्छ, केही समयअघि प्रधानमन्त्री लगायत ठूला दलका नेताहरु बसेर केहि सहमति गरेको भन्ने सुनेको थिएँ, मेरा पुराना मित्र प्रचण्डलाई म राम्ररी चिन्छु, उहाँ फुर्के मान्छे, चितवन पुगेर केही विषयमा राष्ट्रिय सहमति गरेका छौँ भन्नुभएको थियो, के विषयमा राष्ट्रिय सहमति भएको हो भन्ने लागिरहेको थियो, वाइडबडीकै विषयमा राष्ट्रिय सहमति भएको रहेछ!’

अर्थविज्ञ डा. अच्युत वाग्लेले अन्तरक्रियामा सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बनाएको प्रतिवेदनमा त्रुटी रहेको टिप्पणी गरेका छन्।

वाग्लेले भने, ‘भ्रष्टाचार नभएको होइन, भएकै छ, तर लेखा समितिको रिपोर्टका कारण मन्त्रीलाई पत्रकार सम्मेलन गर्ने हिम्मत आयो, एक लाख चोरेको चोरलाई चार लाख चोर्यो भन्यो भने त उसले मरिगए हो भन्दैन। यहाँ पनि त्यस्तै भएको हो।’

अर्थविज्ञ डा. वाग्लेले अख्तियारमा भ्रष्ट तथा सबैले छिछि दुरदुर गरेका व्यक्तिहरुलाई पालैपालो प्रमुख बनाइएकोप्रति व्यङ्ग्य गर्दै भने, ‘भ्रष्टलाई अख्तियार प्रमुख बनाइएकै कारण काम देखाउन १५ सय घुस खाने कर्मचारीलाई कारबाही गरिएको छ, ठूला भ्रष्टाचारका विषयमा अख्तियारले अनुसन्धान तथा कारवाही गर्न सकेको छैन।’

अख्तियारले वाइडबडीमा पनि कुनै निष्कर्ष निकाल्न नसक्ने बताउँदै वाग्लेले जोड दिएर भने, ‘म लेखेर दिन्छु, यो काण्डको कुनै निकाश निस्कँदैन।’

त्यसैगरी, लेखा समितिले बनाएको छानबिन उपसमितिका सदस्य एवं सांसद प्रदीप यादवले वाइडबडी खरिद प्रकरणको भ्रष्टाचार लुकाउन ठूलै प्रयास भइरहेको बताए। यादवले भने, ‘दोषीलाई जोगाउन प्रतिवेदन सच्याउनेदेखि त्यसका पाना नै गायव गर्ने कामहरु भएका छन्।’

कार्यक्रममा सहभागिताका निम्ति सांसद हृदयश त्रिपाठीलाई पनि आमन्त्रण गरिएको थियो। तर, सत्तासीनहरुले उक्त कार्यक्रममा भाग नलिन दवाव दिएपछि उनी कार्यक्रममा उपस्थित नभएको चर्चा कार्यक्रम अवधिभरि व्यापकता पाएको थियो।

कार्यक्रममा पूर्वमन्त्री कल्पना धमलाले वाइडबडी खरिद प्रकरणमा के–कसरी भ्रष्टाचार भयो भन्नेबारेमा एउटा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। कार्यपत्रमा निगमबाट दुई वटा वाइडबडी विमान खरिदको क्रममा ठूलो अनियमितता र भ्रष्टाचार गरिएको ठहर्याइएको छ।

कार्यपत्रमा भनिएको छ, ‘यसबाट नेपाल वायु सेवा निगमलगायत ऋण प्रदान गर्ने कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषलाई डुबाउने प्रपञ्च हुन गएको छ। यति मात्र नभएर यस किसिमको काण्डले नेपालको अन्तर्राष्ट्रिय छवि गिराउने कार्य हुन गएको छ।

संसदको लेखा उपसमितिको प्रतिवेदनलाई लत्याउदै आ–आफ्नो पार्टीका मान्छेलाई जोगाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच साँठगाँठ गरिँदै छ। यो विषयमा गम्भीर छानबिन हुनुपर्ने तथा संलग्न जो कोहीलाई पनि कानूनी कठघरामा ल्याउन जरुरी भएको छ।’

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

२०७६, ९ माघ बिहीबार ०८:४९

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

२०७६, ९ माघ बिहीबार १८:११

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

२०७६, ९ माघ बिहीबार १४:२२

शुक्रबार सार्वजनिक बिदा

शुक्रबार सार्वजनिक बिदा

२०७६, ९ माघ बिहीबार १५:५४

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

२०७६, ९ माघ बिहीबार १७:१५

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

२०७६, ९ माघ बिहीबार १९:३२