भारत – पूर्वोत्तर राज्य आसामको वन्यजन्तु निकायले चारवटा हात्तीलाई ३१ सय किलोमिटर रेलयात्रा गराएर गुजरातमा एउटा धार्मिक समारोहमा सहभागी गराउने योजना स्थगित गरिदिएको छ। पशुअधिकारबारे अभियान चलाएकाहरूले चर्को गर्मीमा हात्तीलाई त्यति लामो यात्रामा पठाउनु जोखिमपूर्ण हुने भन्दै विरोध गरेपछि सो निर्णय भएको हो।

रेलयात्राको मार्गमा पर्ने धेरै स्थानमा अहिले तापक्रम बढेर ४० डिग्री पुगेको छ। त्यस्तो यात्रामा हात्तीको मृत्यु पनि हुन सक्ने तर्क अभियानकर्ताहरूको थियो। ती हात्तीलाई आसामबाट अहमदाबादस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा आयोजना हुने वार्षिक रथयात्राका लागि लैजाने योजना थियो।

ती हात्ती जुलाई ४ मा अहमदाबाद पुग्नुपर्ने थियो। आसामबाट त्यहाँ पुग्न झन्डै चार दिन लाग्छ। आसाम राज्यको वन्यजन्तु निकायकी वरिष्ठ अधिकारी रञ्जना गुप्ताले हात्तीलाई अहमदाबाद पठाउने आफ्नो पुरानो निर्णय ‘मुल्तबीमा राखिएको’ बताइन्।

केही अभियानकर्ताहरूले हात्तीको सुरक्षा र हितबारे विचार गर्न अनुरोध गर्दै गुवाहटी उच्च न्यायालयको हस्तक्षेप पनि खोजेका थिए। आफ्नो गृहराज्यमा आयोजित जगन्नाथ रथयात्रामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने गरेका छन्। तर आयोजकहरूका अनुसार यस वर्ष उनी सहभागी नहुन सक्छन्।

जगन्नाथ मन्दिरको सञ्चालक समितिका एक सदस्यले बताएअनुसार मन्दिरको स्वामित्वमा भएका तीनवटा हात्ती उमेरका कारण गत वर्ष मरेको हुनाले आसामबाट हात्ती झिकाउने निर्णय गरिएको थियो।

प्राचीन कालदेखि नै हात्तीलाई विभिन्न सामरिक, सांस्कृतिक तथा धार्मिक कार्यमा प्रयोग गरिँदै आएको छ। अहिले भारतमा हात्ती संरक्षित जीव हो। (बीबीसी)

लोकप्रिय

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८