काठमाडौँ, २ माघ – नेपाली कांग्रेसले वाइडबडी जहाज खरिदमा भएको अनियमितता र भ्रष्टाचारको खोजी तथ्यको जगमा गर्नुपर्ने बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वाइडबडी प्रकरणलाई तथ्यको जगमा सत्यको खोजी गर्न माग गरेका हुन्।

वाइडबडी जहाज खरिदमा भएको अनियमितता र अर्बौं रकम घोटालाका सम्बन्धमा गम्भीर र गहिरो छानबिनको माग नेपाली कांग्रेसले गर्दै आएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको यो प्रकरणलाई हामीले नजिकबाट अध्ययन गरिरहेका छौं। अनियमिततामा संलग्न कुनै पनि व्यक्तिलाई कुनै मोलाहिजा बेगर कडा कारवाही गरिनु पर्छ पक्षमा हामी छौँ।

हाम्रो प्रष्ट आग्रह छ कुनै पनि ढंगको आर्थिक अनियमितताको समग्र अध्ययनका लागि अख्तियार प्राप्त संसदीय र संवैधानिक संस्थालाई हामी सबैले सघाउनु पर्दछ। नेपाली कांग्रेस यस बारेमा विगतदेखि नै प्रष्ट छ। आजको मितिमा त्यसलाई दाहोर्याउन चाहन्छ र सघाउन तत्पर रहेको व्यहोरा सार्वजनिक गर्दछ।

तथ्यको जगमा सत्यमा पुगौं

१, वाइडबडी खरिद गर्ने प्रारम्भिक प्रक्रियाको विधिवत् शुरुवात नयाँ संविधान जारी भएको लगत्तैको सरकारका पालामा भएको थियो । केपी ओली प्रधानमन्त्री बन्नु भएलगत्तै यो विषयले संस्थागत प्रवेश पाएको थियो। २०७२ असोज २५ मा उहाँ प्रधानमन्त्री बन्नु भयो। असोज २९ गते नेपाल वायुसेवा निगम संचालक समितिले पहिलो निर्णय गरेको थियो, वाइडबडी विमान खरिद गर्ने सम्बन्धमा अध्ययन प्रक्रिया शुरु गर्न। असोज २९ को सो मितिमा प्रधानमन्त्री ओलीकै मातहतमा पर्यटन मन्त्रालय थियो। असोज २५ देखि कात्तिक १९ सम्म उहाँ पर्यटन मन्त्री समेत रहनु भएको थियो। वाइडबडी जहाज खरिद गर्ने निर्णयसँगै ‘वाइडबडी खरिद उपसमिति’ गठन नेपाल वायुसेवा निगम सञ्चालक समितिको २०७३ वैशाख २ को बैठकले गरेको थियो। सो मितिमा प्रधानमन्त्री पदमा ओली नै हुनुहुन्थ्यो।

२, २०७३ साउन १९ मा प्रधानमन्त्री पदबाट ओलीको बिदाईसँगै सोही दिनबाट श्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नु भयो। वाइडबडी जहाज खरिद प्रक्रियाले तत्पश्चात थप गति लिएको देखिन्छ। वाइडबडी जहाज खरिदका लागि वोलपत्र आह्वान गर्ने निर्णय ७ असोज २०७३ मा नेपाल वायु सेवा निगम सञ्चालक समितिले गरिरहदा प्रधानमन्त्री हुनुहुन्थ्यो दाहाल।

२०७३ माघ १७ मा दाहाल नै प्रधानमन्त्री रहनु भएको बेला वाइडबडी जहाज खरिदका लागि बैना वापतको रकम पठाउने निर्णय भएको तथ्य देखिन्छ। वाइडबडी खरिदका लागि आवश्यक ठहर गरिएको चौबीस अर्ब रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सरकारी जमानीमा निगमलाई दिलाउने निर्णय ५ वैशाख ०७४ मा मन्त्रिपरिषद्ले गरेको थियो। त्यतिबेला दाहालनै हुनुहुन्थ्यो प्रधानमन्त्री।

वाइडबडी जहाज खरिदको अध्ययन, बोलपत्र आह्वान, रकमको जमानी, कम्पनीको छनौटदेखि खरिद प्रक्रिया पुरा गरिदा र जहाज आइपुग्दासम्म राजनीतिक र प्रशासनिक नेतृत्वबाट जे सकारात्मक भएको छ त्यसलाई सराहना गरौँला। तर, सार्वजनिक खरिद ऐनको उल्लघंन, विचौलिया कम्पनीसँगको कारोवार, खरिद या भाडामा भन्ने गम्भीर अस्पष्टता, प्रारम्भमा उल्लेखभन्दा कम क्षमताको जहाज आयात तथा अर्बौ कमिसनको चलखेलको जे जस्ता प्रश्न सतहमा आएका छन् त्यसबारे सम्पूर्ण सत्य तथ्य गहिरो अनुसन्धानबाट सार्वजनिक हुन जरुरी छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २१ मा बसेको ‘वाइडबडी खरिदमा भएको घोटाला बारेको वास्तविकता गहिराईपूर्वक छानबिन गरी जनता समक्ष सार्वजनिक गर्न सम्बन्धित निकाय समक्ष’ गरेको माग आजको मितिमा हामी पुन दोहोर्याउन चाहन्छौं।

प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले सभापति शेरबहादुर देउवाले २०७५ पुस ११ गते संसदको विशेष समयमा वाइडबडी प्रकरणको यथाशीघ्र छानवीन गरी दोषीमाथि कारबाही गर्न कडा माग गर्नु भएको सन्दर्भ पनि यो घडी पुनः हामी आम नेपाली समक्ष स्मरण गराउन चाहन्छौं।

यसैबीच, केही पत्रपत्रिकामा सभापति देउवालाई गाँसेर प्रकाशित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। पछिल्लो पटक उहाँ प्रधानमन्त्री बन्नु भएको चार दिनपछि नेपाल वायु सेवा निगमको सञ्चालक समितिको बैठकले मुद्रा सटहीका लागि अनुरोध गर्ने निर्णय गरेको विवरण आएको छ। प्रधानमन्त्री बनेको लगत्तै मन्त्रीपरिषद विस्तार हुन बाँकी नै रहेको समय, १९ भन्दा बढी मन्त्रालय प्रमसँगै रहेको स्थिति थियो। वाइडबडी खरिद प्रकरणमा निगमको त्यो दिनको निर्णय त प्रथम थियो न अन्तिम न त सबैभन्दा महत्वपूर्ण नै थियो।

तरपनि हामी गहिरो छानवीनका लागि थप आग्रह गर्न चाहन्छौं, एउटा प्रधानमन्त्री गइसकेर अर्को प्रधानमन्त्रीले पदबहाली गरिसक्दा नसक्दै एक ढंगको संक्रमणकालका बेला कुनै पनि निर्णय गर्ने हतारो निगम सञ्चालक मितिलाई तत्कालै के आइपरेको थियो?

स्मरण रहोस्, त्यो दिन वाइडबडीका सम्बन्धमा मन्त्रीपरिषदबाट, प्रधानमन्त्रीबाट या मन्त्रीस्तरिय निर्णयबाट कुनै पनि निर्णय भएको थिएन।

अन्त्यमा, वाइडबडी जहाज खरिदमा भएको गम्भीर घोटाला छानबिनको विषयलाई विषयान्तर हुन नदिन आवश्यक सर्तकताका लागि हामी सबैमा अपिल गर्दछौं। सार्वजनिक लेखा समितिको अध्ययन अनुसन्धानलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ र आग्रह गर्दछौँ ‘कुनै पनि ढंगको राजनीतिक आग्रह, प्रभाव र दबाबबाट मुक्त रहेर तथ्यहरुको जगमा सत्यको खोजी गर्न’ हामी विनम्र अनुरोध गर्दछौं।

वाइडबडी घोटालाका दोषीहरुमाथि कार्वाहीका लागि नेपाली कांग्रेसको दबाब निरन्तर जारी रहने व्यहोरा पनि सार्वजनीक रुपले दोहोर्याउन चाहन्छौं।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७