वीरगंज – बारामा एक साता भित्रै दुईवटा बलात्कारको घटना भएको छ। १४ वर्षीया बालिकालाई आफ्नै बाबुले बलात्कार गरेको घटना सेलाउन नपाउँदै अर्को घटना सतहमा आएको छ।

पहिलो र दोस्रो घटना बारा निजगढ नगरपालिका भित्र भएको हो। पहिलो घटनामा आफ्नै घरमा सुतिरहेको अवस्थामा रक्सी खाएर ४२ वर्षीया बुवा तिर्थबहादुर सुनाले आफनै छोरीको बलात्कार गरेका थिए। अहिले एउटै परिवारका बाबुछोरा मिलेर एक १२ वर्षिया बालिकालाई विगत डेढ वर्षदेखि आलोपालो गर्दै बलात्कार गर्दै आएको बारा प्रहरीले बताएको छ।

यो घटनाको क्रममा निजगढ नगरपालिका वडा नं ४ कछडिया टोल बस्ने वर्ष ४० का मिनबहादुर माझी र १९ वर्षिय रिकेश माझीलाई ईलाका प्रहरी कार्यालयले जबरजस्ती करणीको मुद्दामा ५ दिनको म्याद थमाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पीडित परिवारको असार ११ गतेको जाहेरीको अधारमा सोही दिन यी दुबैलाई पक्रउ गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक विजयदास बानियाँले बताए।

पीडित बालिका पक्राउ परेका मिनबहादुरको काकाको छोरी अर्थात बहिनी र रिकेशको फुपु पर्ने प्रहरीले जनाएको छ। पीडित बालिकाको आमा पोइला गइसकेकी र बाबु वैदेशिक रोजगारीमा रहेका छन्।

उनको संरक्षण गर्ने हजुर आमाको पनि निधन भइसकेकोले उनी एकलै घरमा बस्दै आएकी थिइन्। एकलै घरमा सुतिरहेको अवस्थामा कहिले बाबु र त कहिले छोरा मिलेर बलात्कार गर्दै आएको पीडित बालिकाको बयान छ। पछिल्लो पटक असार ८ गते बालिकाको दाई पर्ने मिनबहादुरले र गत जेठ २० गते भतिज पर्ने रिकेशले राति साढे ११ बजेको समयमा जबरजस्ती करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ।

यसअघि आफ्नै छोरीलाई बाबुलाई बलात्कार गरेको आरोपमा पनि बारा प्रहरीले जबरजस्ती मुद्दा चलाई सुनारलाई हिरासतमा राखेको बाराका प्रहरी नायब उपरीक्षक रन्जीतसिंह राठौरले बताएका छन्। यस्ता घटनाले मानवअधिकारकर्मी तथा महिला अधिकारकर्मीहरुलाई दुखी बनाएको प्रतिक्रिया पाइएको छ। अधिकारकर्मीहरुले हदैसम्मको सजायको माग गरेका छन्।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८