सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले नगरमा एक टोल–एक योग प्रशिक्षक राखिने बताएका छन्। पतञ्जली योग समिति सुर्खेतको प्रथम वार्षिक साधारणसभालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै मेयर सुवेदीले स्वस्थ शरीर तथा सकारात्मक विचारका लागि योगाको माध्यमबाट सर्वसाधारणको स्वास्थ्यप्रति जागरुकता ल्याउन ‘एक टोल–एक प्रशिक्षक’ तयार गरिने बताएका हुन्।

उनले योग तथा ध्यानको माध्यमबाट स्वास्थ्यसँगै आध्यात्मिक भावना समेत जागृत हुने भएकाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा नै ‘एक टोल–एक प्रशिक्षक’ तयार गर्ने कार्यक्रम राखिएको जानकारी दिए। उनका अनुसार ‘एक टोल–एक प्रशिक्षक’ कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्न प्रदेश आयुर्वेद औषधालयसँगै पतञ्जली योग समितिसँग समन्वय गरेर अगाडि बढिनेछ।

प्रदेश आयुर्वेद औषधालयका डाक्टर शंकरप्रसाद रिजालले प्रदेशमा १ हजार ५ सय योगा प्रशिक्षक भए पनि हाल १ सय ५० जना मात्र सक्रिय रहेको बताए। उनले योग तथा जडीबुटीलाई सँगै जोडेर अगाडि बढाउन औषधालयले प्रदेशका १० वटै जिल्लामा ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरिने जनाए।

‘आयुर्वेदमा योगाको स्थान महत्वपूर्ण रहेकाले यसको प्रचार–प्रसारसँगै भौतिक पूर्वाधार निर्माणमा जोड दिने नीति सरकारले लिएको छ,’ उनले भने, ‘प्रदेश सरकारको लगानीमा वीरेन्द्रनगरभित्र एउटा प्रदेशस्तरीय योगा हल निर्माणका लागि यसै वर्षमा सम्भाव्यता अध्ययन गरिनेछ।’ उनले यसै वर्षदेखि प्रदेश आयुर्वेद औषधालयमा कम्तीमा डेढ सय जना अट्ने योगा हल निर्माण गरिने बताए।

कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकाल, पतंञ्जली योग समिति कर्णाली प्रदेशका महामन्त्री जनकबहादुर शाही, प्रदेश सह–महामन्त्री हिरा आचार्य, जिल्ला अध्यक्ष शिवप्रसाद गौतमलगायतले योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै अध्यात्मिक भावना जागृत गर्न सहयोग पुग्ने भएकाले योग सबैका लागि आवश्यक रहेको औँल्याए।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९